Wise Words
आत्मसंवाद भाग -५ (नेपाली अनुवाद )
रोशन
**शिष्य: **नमस्कार गुरुजी, धेरैबेर सोचे पछि मलाई लाग्यो कि मेरो दर्शन कुनै ध्यानमा हुनेछ, जुन शरीर वा मन होइन, त्यो कुनै ठूलो चमत्कार जस्तो अनुभव हुनेछ। **गुरु:** अवश्य पनि तपाईं प्रयास गर्न सक्नुहुन्छ, तर त्यो अनुभव कसलाई हुनेछ? **शिष्य:** मलाई। **गुरु:** र त्यो अनुभव भएपछि तपाईं कहाँ हुनुहुनेछ? **शिष्य:** यहीँ, अरू कहाँ? **गुरु:** त्यसो भए त्यो पनि त एक आउने-जाने अनुभव मात्र भयो हैन ? तर यो दैनिक अनुभवहरूभन्दा भिन्न छ, त्यसैले यो विचित्र वा चमत्कारी लाग्नेछ। त्यो अनुभवभन्दा पहिले पनि तपाईं हुनुहुन्थ्यो, र पछि पनि तपाइँ हुनुहुन्छ। त, जुन यो अनुभव भयो, त्यो केही अरू नै हो। तर शङ्का हटाउनका लागि यस्तो कुनै अनुभव लिन नसकिने होइउन , त्यसमा लामो साधना र धेरै वर्ष लाग्न सक्छ। **शिष्य: **नाइँ, मलाई शङ्का छैन। मेरो मान्यता गलत थियो, त्यो पनि आउने-जाने अनुभव नै हुनेछ, मेरो तत्त्व होइन। **गुरु: **हो, तत्त्व त यही हो, जो अहिले छ। अनुभवहरू विचित्र हुन सक्छन्, तर तत्त्व होइनन्। तत्त्व अति सरल र साधारण छ। **शिष्य:** तर त्यो के हो? **गुरु: **हामीले अहिलेसम्म जति पनि अनुभवहरूको जाँच गर्यौं, सबै आउछन जान्छन्, परिवर्तन हुन्छन्, त्यसैले ती सबै तत्त्व होइनन्। यस्तो के छ, जो यी परिवर्तनशील अनुभवहरूमा एकनास रहन्छ? ध्यान दिनुहोस्, यी सबै अनुभवहरूलाई आउदै जादै गरेको देख्ने त सधैं रहन्छ, त्यही तत्त्व हुनेछ। यदि त्यो पनि गयो भने, अनुभव कसलाई हुनेछ? **शिष्य: **तर त्यो कसरी देखिन्छ? **गुरु: **कसले देख्छ? यदि देखियो भने, त्यो पनि कुनै आउने-जाने अनुभव हुनेछ।हैन ? **शिष्य:** हो, यो कुरा सत्य हो। **गुरु: **म वा मेरो तत्त्व कुनै अनुभव होइन, यही हरेक अनुभवको परिवर्तनमा बाँकी रहन्छ। के कसैलाई त हर प्रकारका अनुभवहरू भइरहेका छन् नी होइन ? **शिष्य: **हो, भइरहेका छन्, यसमा कुनै शङ्का छैन। **गुरु: **जसलाई अनुभवहरू भइरहेका छन्, त्यसलाई साक्षी भनिन्छ। यसलाई अनुभवकर्ता वा दृष्टा पनि भन्न सकिन्छ। म सबै अनुभवहरूको साक्षी हुँ। आश्चर्यको कुरा, यी सबै अनुभवहरू, वस्तु, शरीर, मन, एक्लै पाइँदैनन्, तिनको साक्षी पनि हुन्छ। **शिष्य:** र अझ ठूलो आश्चर्यको कुरा, साक्षी कुनै वस्तु, शरीर, मन होइन, तैपनि छ। अझ त्यो म हुँ। **गुरु:** हो, साक्षीलाई देखेर होइन, भएर जानिन्छ। के तपाईं यहाँ अहिले हुनुहुन्छ? **शिष्य:** हो, यसमा कुनै शङ्का छैन। **गुरु:** यदि सबै अनुभवहरू, मान्यताहरू हटाइदियौं भने पनि तपाईं हुनुहुन्छ। अब के बाँकी रहन्छ? **शिष्य:** केवल म। तर एउटा कुरा, यो साक्षी धेरै अचम्मको छ, कुनै लुकेको रहस्यजस्तो। र यसलाई जान्न पनि कठिन छ। **गुरु:** साक्षी कुनै चीज वा वस्तु होइन, न यो लुकेको छ। यो सधैं छ, हर समय, हर ठाउँ। के कुनै यस्तो अनुभव वा घटना छ,जसको साक्षी नहोस्? सायद यसलाई जान्न कठिन लाग्छ, किनभने तपाईं यसलाई विभिन्न अनुभवहरूमा खोज्दै हुनुहुन्थ्यो। अनुभव गर्ने साक्षीलाई खोज्नुपर्दैन, यो सधैं उपस्थित छ। **शिष्य:** हजुर, यही भएको हो। यहाँसम्म कि मैले कहिल्यै सोचिनँ कि म के हुँ। खोज्न त परको कुरा। यदि तपाईंलाई नभेटेको भए, मलाई मेरो तत्त्वको ज्ञान कहिल्यै हुने थिएन। म अलिकति त बुझें, तर मलाई आफ्नो बारेमा थप जान्न मन छ। यो साक्षी कस्तो छ? कहाँबाट आयो? र यो शरीरमा कसरी आयो? **गुरु: **जान्ने कला मैले तपाईंलाई सिकाइसकेको छु। केही सम्झना छ? **शिष्य:** हजुर पुरै याद छ। अनुभव र तर्क। तर मेरो त अनुभव हुँदैन, र त्यो देखिँदैन भने तर्क कसरी लगाउने? । **गुरु: **धेरै सजिलो छ। अनुभव र तर्कले जान्नुहोस्, तपाईंको मान्यताहरू सही छन् कि छैनन्? जवाफहरू प्राप्त हुनेछन्। **शिष्य: **कुन मान्यताहरू? **गुरु:** यही कि साक्षी यस्तो हुनेछ, त्यस्तो हुनेछ, वा कतैबाट आयो, वा शरीरमा छ। यी सबै त मान्यताहरू नै त हुन्। **शिष्य:** मान्यता कसरी? यी त केवल प्रश्नहरू हुन्। **गुरु:** यदि मान्यताहरू हुन्थेनन भने त प्रश्नहरू पनि हुने थिएनन्। तर केहि छैन, यो सबै जान्न सम्भव छ। याद राख्नुहोस्, साक्षी कुनै अनुभव होइन, कुनै वस्तु, विचार, वा कल्पना होइन। अब आफ्नो अनुभवबाट बताउनुहोस्, यो कस्तो छ? यसको रूप, रङ, पदार्थ, उचाइ, वा तौल के छ? **शिष्य:** न रूप, रङ देखिन्छ, न कुनै पदार्थले बनेको देखिन्छ। वस्तु होइन, तब के उचाइ, लम्बाइ र, तौल। **गुरु:** हो, ठीक भन्नुभयो । यो तपाईंको आफ्नै अनुभव भयो। यदि साक्षीको पदार्थ, रूप, रङ हुन्थ्यो भने के हुन्थ्यो? के त्यो तपाईं हुनुहुन्थ्यो? के त्यो तत्त्व हुन्थ्यो? **शिष्य:** होइन, तब त्यो कुनै वस्तु हुन्थ्यो, अनुभव हुन्थ्यो, घट्ने-बढ्ने, टुट्ने-बन्ने, परिवर्तन हुने। र त्यो तत्त्व हुने थिएन। **गुरु: **धेरै राम्रो जवाफ। यो तपाईंको तर्क भयो। जवाफ प्राप्त भयो? **शिष्य:** हो, गुरुजी, यो त सजिलो थियो। **गुरु: **यस्तै गरी तपाईं देख्न सक्नुहुन्छ, साक्षी शरीरमा हुँदैन, कतै हुँदैन। यो वस्तु होइन, जुन कतै राख्न सकियोस्। यो कुनै प्रक्रिया पनि होइन, जुन कतै चलोस्। यो सबै अनुभवहरू हुन्, अनुभवकर्ता होइन। नाम, रूप होलान ,तर तत्त्व होइन। **शिष्य:** तपाईंले ठीक भन्नुभयो, यो पनि मेरो मान्यता नै थियो। **गुरु:** तपाईं यति भन्न सक्नुहुन्छ कि म निराकार हुँ, अरूप हुँ, र कुनै वस्तु, शरीर, वा मानसिक अनुभव होइन। त्यसैले पराभौतिक र परामानसिक हुँ। **शिष्य: **यस्ता ठूलाठूला शब्दहरू मैले टिपोट गर्छु। मैले यो सबै कतै पढेको थिएँ, तर आज बुझें। **गुरु: **अब कुनै रहस्य बाँकी रहने छैन। अब तपाईं सबै जान्न सक्नुहुन्छ। के तपाईं यो मान्नु हुन्छ की तपाईं कतैबाट आउनुभएको हो ? **शिष्य:** हजुर, सबै चीजहरू कही न कही बाट त आउँछन्, वा बन्छन्, र नष्ट हुन्छन्। **गुरु:** तर तपाईं कुनै चीज होइन, वस्तु होइन। यो याद छ नी, होइन? **शिष्य:** हो, तर मेरो तत्त्व कतैबाट त आएको होला नी । जब म जन्में, तब तत्त्व बनेको होला। अब त मलाई केही याद छैन, म एक शिशु थिएँ। **गुरु: **जुन सानो थियो, जुन जन्मियो, त्यो शरीर हो। हो, शरीरहरू आउँछन्, जान्छन्। तर तपाईं शरीर होइन। शरीरसँग साक्षीको सम्बन्ध त्यहि हो, जो हरेक अनुभवसँग हुन्छ । साक्षीलाई शरीरको जन्म, विकास, र मृत्यु को अनुभव हुन्छ। यदि साक्षी पनि जन्मिएको हो भने त्, त्यसको पनि अनुभव हुनुपथ्र्यो। र तब त्यो पनि आउने-जाने, कुनै शरीर वा वस्तु हुन्थ्यो। तर त्यो तत्त्व भनिने थिएन। **शिष्य:** त, के म, अर्थात् साक्षी, कहिल्यै जन्मिएको होइन? **गुरु:** होइन, जन्मको धारणा वस्तु वा शरीरमा लागू गर्न सकिन्छ, तर तत्त्वमा होइन। उदाहरणको लागि एउटा घैंटोलाई लिनुहोस्। माटो त्यसको तत्त्व हो। र जब माटोबाट घैंटो बन्यो, के तपाईं भन्नुहुन्छ कि घैंटोसँगै माटोको पनि जन्म भयो? **शिष्य: **होइन, माटो पहिलेदेखि थियो, केवल रूप बद्लियो। माटो होइन, घैंटो बन्यो। **गुरु:** हो त्यसैगरी, तपाईंको शरीरको रूप बन्यो, तपाईंको तत्त्वको होइन। तत्त्व, अर्थात् साक्षीको बन्ने, जन्मने, वा कतैबाट आउने धारणा तार्किक होइन। त्यो तत्त्व हो, आउँदैन, जान्न पनि। यति मात्र भन्न सकिन्छ, यो छ, र शरीरहरूको रूप लिन्छ। **शिष्य:** गुरुजी, त्यसोभए साक्षी न बढ्छ, न बूढो हुन्छ, र मर्दैन पनि? **गुरु: **होइन, यी धारणाहरू साक्षीमा लागू हुन सक्दैनन्, अनभव वा शरीरमा लागू हुन्छन्। तपाईं बुझ्न सक्नुहुन्छ, जसको न जन्म हुन्छ, न रूप वा आकार छ, न कुनै पदार्थको बनेको छ, त्यसको मृत्युको कुरा गर्नु अर्थहीन हो। त्यसैले हामी भन्न सक्छौं, साक्षी अजन्मा, अजर, र अमर छ। यो केवल हुनु मात्र हो। **शिष्य:** के सबैको तत्त्व यस्तै हो? **गुरु: **हो, यदि त्यसको अनुभव भयो, वा रूप, रङ भयो, वा जन्म-मरण भयो भने, त्यो तत्त्व होइन। सबैको तत्त्व साक्षी नै हो। यो कुरालाई तपाईं आफ्नो अनुभवबाट जान्न सक्नुहुन्छ। अरूको तत्त्व जान्न यो हप्ता तपाईं यही गर्नुहोस्, सबैको तत्त्व खोज्नुहोस्। **शिष्य:** हस, गुरुजी, अवश्य। अनि, मेरो र तपाईंको साक्षी पनि त एकै जस्तो भयो होइन? **गुरु** न केवल एकै जस्तो, यो एक नै हो, किनभने यो निर्गुण छ।र सबै गुणहरू मेल खान्छन्। यो वस्तु होइन, त्यसैले यसको सीमा पनि हुन सक्दैन। भन्न सकिन्छ, साक्षी असीम छ। र किनभने म र तपाईं कुनै पनि दृष्टिकोणबाट अलग हुन सक्दैनौं, यो एक नै हो। यो एक हुनु नै प्रेम हो। साक्षी स्वयं प्रेमस्वरूप हो। यसलाई हामी आध्यात्मिक प्रेम भन्न सक्छौं, जो प्रेमको सर्वोच्च रूप हो। **शिष्य:** कति राम्रो कुरा! यो ज्ञान कति मधुर, र कति दिव्य छ! तर म र तपाईं प्रेम हौं, यो त मलाई पहिलेदेखि थाहा थियो। **(यो आलेख तरुण प्रधानज्यूद्वारा 'बोधी वार्ता' हेतु प्रकाशित दृश्य सामग्री को नेपाली रूपान्तरण मात्र हो; यसको मुख्य अभीष्ट ज्ञानको विस्तार र संरक्षण गर्नु हो। यसमा रहेका कुनै पनि त्रुटिहरूका लागि हामी क्षमाप्रार्थी छौं र साथै मूल्यवान् सुझावहरूको अपेक्षा गर्दछौं। यस ज्ञानवर्धक सामग्रीलाई थप प्रसारको उद्देश्यका लागि दृश्य सामग्री वा पुनर्लेखन गर्न पूर्ण स्वतन्त्रता प्रदान गरिएको छ।) **
Share This Article
Like This Article
© Gyanmarg 2024
V 1.2
Privacy Policy
Cookie Policy
Powered by Semantic UI
Disclaimer
Terms & Conditions