Wise Words
त्रिज्ञान नेपालि
रोशन
त्रिज्ञान नेपालि **यो आलेख तरुण प्रधानज्यूद्वारा 'बोधी वार्ता' हेतु प्रकाशित दृश्य सामग्री को नेपाली रूपान्तरण मात्र हो; यसको मुख्य अभीष्ट ज्ञानको विस्तार र संरक्षण गर्नु हो। यसमा रहेका कुनै पनि त्रुटिहरूका लागि हामी क्षमाप्रार्थी छौं र साथै मूल्यवान् सुझावहरूको अपेक्षा गर्दछौं। यस ज्ञानवर्धक सामग्रीलाई थप प्रसारको उद्देश्यका लागि दृश्य सामग्री वा पुनर्लेखन गर्न पूर्ण स्वतन्त्रता प्रदान गरिएको छ।** नमस्ते, त्रि-ज्ञानमा तपाईंलाइ स्वागत छ। यो कार्यक्रम ज्ञान मार्गको एक सानो परिचय हो। तसर्थ, ज्ञान मार्गबाट सुरु गरौँ। दुई-तीन वाक्यमा म तपाईंलाई बताइदिहाल्छु की ज्ञान मार्ग के हो। यो एक आध्यात्मिक मार्ग हो, यसको उद्देश्य अज्ञानको नाश गर्नु हो। अज्ञान के हो? जुन हाम्रा मान्यताहरू छन्, जुन अन्धविश्वास छन्, जुन बिना कुनै प्रमाण स्वीकार गरिएको छ, जुन सत्य हो भनी मानिएको छ, अरूले भनेको कुरालाई स्वीकार गरिएको छ यी सबै अज्ञानमा पर्छन्। र, यसको विनाश कसरी गर्नेछौँ? तपाईंको आफ्नै अनुभव र तपाईंकै बुद्धिबाट। यसलाई हामी अपरोक्ष अनुभव र तर्क भन्छौँ। यी दुई माध्यम हरु बाट अज्ञानको नाश हुन्छ, जसलाइ ज्ञान प्राप्त हुनु भनछौ । त्यसकारण यहा कुनै किताब पढिनेछैन, कुनै गुरुको वचन म तपाईंलाई भन्नेछैन। तपाईंलाई केवल देखाइने छ कि तपाईंको अगाडि के छ। त्यसपछि तपाईंले नै निर्णय गर्नुपर्छ ठीक थियो कि गलत, सत्य थियो कि थिएन, यो मेरो मार्ग हो कि होइन, सही हो कि होइन। सबै निर्णय तपाईंले नै गर्नुपर्छ, आरामले सुनेर। त्यसो भए यसका फाइदाहरू के छन् त ? ज्ञान मार्गमा हिँड्दा, जस्तो मैले भनेँ, अज्ञानको नाश हुन्छ। साथै, शान्ति, सुख, आनन्द, बुद्धिको वृद्धि, मुक्ति, स्वतन्त्रता आदि-आदि धेरै कुराहरू प्राप्त हुन्छन्। अज्ञानको नाशबाट जे-जति फाइदा हुन सक्छ, त्यो सबै प्राप्त हुन्छ। किनभने, तपाईंले देख्नुभएको होला, अधिकांश मानिसहरू अज्ञानकै कारण विभिन्न दुखमा छन्। ज्ञान मार्गमा तीन प्रकारका ज्ञान हुन्छन् आत्म-ज्ञान, मायाको ज्ञान र ब्रह्म-ज्ञान। आज हामी यी तीनै ज्ञान लिने प्रयास गर्नेछौँ। यसको अर्थ यो होइन कि यो मार्ग यहि समाप्त हुन्छ, यो केवल एक परिचय मात्र हो। यसले तपाईंलाई यो मेरो मार्ग हो कि होइन भनेर निर्णय लिनका लागि सघाउछ र सबै भन्दा आवश्यक मूल ज्ञान तपाईंलाई हुनेछ त्यसो भए सुरु गरौ आत्म ज्ञानबाट आत्म ज्ञानको मतलब हो मेरो आफ्नो ज्ञान, म के हुँ म को हुँ वा मेरा गुणहरू के हुन् मेरा विशेषताहरू के छन् र यो सबैभन्दा ठूलो ज्ञान पनि यही हो सबैभन्दा मुख्य यही हो र सबैभन्दा आवश्यक पनि यही हो त्यो ज्ञान कसरी हुनेछ ? तपाईंकै आफ्नै अनुभवबाट र तपाईंकै बुद्धिबाट। जब आत्मज्ञान वा म को हुँ भन्ने कुरा आउछ तब धेरै मानिसहरू सोच्छन् की मलाई थाहा छ म के हुँ यसमा बताउने र सोच्ने जस्तो कुरा केहि छैन तर किनकि यो त अध्यात्म हो यहाँ हाम्रा सबै मान्यताहरू टुट्छन्। तपाईं आफैं नै जान्नुहुनेछ कि म के हुँ। आत्म ज्ञानको मतलब हुन्छ आफ्नो तत्व जान्नु अब तपाईंलाइ लाग्न सक्छ की अब अलिक कठिन हुन थाल्यो मेरो नाम ठेगाना के हो म कहाँ बस्छु यो आत्म ज्ञान होइन,मेरो तत्व जान्नु नै आत्मज्ञान हो। अब तपाईं लाग्नेछ यो तत्व के हो ? तत्व त्यो हो जो सबैभन्दा आवश्यक छ जो हटाउन सकिँदैन तपाईंमा वा तपाईंलाई जे पनि चीजहरूले बनाउँछन् त्यसमध्ये सबैभन्दा आवश्यक सबैभन्दा अनिवार्य जो छ त्यसलाई तत्व भनिन्छ। यहि तत्व जान्नु आत्मज्ञान हो यसैलाई हामि अंग्रेजीमा एसेंस भन्छौं । जस्तो एउटा काठ को टेबल को उदाहरण दिन सकिन्छ मानौं तपाईंको घरमा काठबाट बनेको टेबल छ अब त्यो टेबलको आकार बदल्न सकिन्छ त्यो टेबलको उचाइ बदल्न सकिन्छ त्यसको रंग बदल्न सकिन्छ त्यसमा नयाँ पेन्ट लगाउन सकिन्छ केहि चीजहरू बदल्न, घटाउन सकिन्छ, जस्तो घर्रा निकाल्न सकिन्छ त्यसका पाङ्ग्रा निकाल्न सकिन्छ वा जोड्न पनि सकिन्छ त्यसमा केही अरू चीजहरू ह्यान्डल भाँचियो नयाँ जोड्न सकियो तैपनि त्यो रहनेछ त काठको टेबल नै तर मानौं कुनै कारणले त्यसको काठ नै गायब भयो भने वा काठ देखिएन भने ? यसै त सम्भव छैन तेस्तो हुन तर यस्तो मान्न सकिन्छ बुझ्नका वा उदाहारण का लागि कि काठ नै नरहोस् भने त्यहाँ के रहनेछ र तपाईं सोच्न सक्नुहुन्छ कि केही पनि रहनेछैन हैन ? अब त्यसमा जे पनि बदल्ने चीजहरू थिए ती पनि हराउछन साथमा सम्पूर्ण टेबल नै हराउछ। यसको अर्थ यो हो कि त्यो काठ नै तत्व हो सबैभन्दा आवश्यक जो बदल्न सकिँदैन टेबलमा त्यो काठ नै हो त्यसमा भलै धेरै अरू चीजहरू पनि छन् रूप रंग त्यसको आकार,तौल त्यो सब बदल्न सकिन्छ तर काठको टेबल वा वस्तु त्यहि रहनेछ र तपाईंको काम आउनेछ तर त्यसमध्ये काठ हटाउन सकिँदैन किनकि त्यो तत्व हो त्यो एसेंस हो। भने यस्तै तपाईंको तत्व के हो तपाईंको सबैभन्दा आवश्यक भाग के हो किनकि तपाइँ त धेरै चीजहरू मिलेर बन्नुभएको छ यी मध्ये सबैभन्दा आवश्यक के हो? यो नै हामि जान्ने प्रयास गर्नेछौ अब त्यो कसरी जान्नेछौं भने जसरी हामीले काठको टेबलको तत्व जान्यौं जो आवश्यक छैन त्यो निकालेर वा त्यो हटाएर त्यसै गरी जान्न सकिन्छ जुन हटाउन सकिँदैन त्यहिनै तत्व रहनेछ जो बच्नेछ त्यहि मेरो तत्व हो त्यहि म हुँ। जसरि काठको टेबललाई तपाईं भन्न सक्नुहुन्छ कि मुख्य रूपमा यो काठ हो मात्र यसले रूप लियो टेबलको तर यसको तत्व यसको सामग्री भनेको काठ हो भने यसैगरी जब तपाईं आफ्नो तत्व जान्नुहुन्छ तब भन्नुहुनेछ यहीं नै म हुँ। त्यसो भए अब सुरुवात गरौ हटाउने प्रक्रिया बाट, कसरी र के हटाउने त ? सबैभन्दा पहिले वस्तुहरू यदि तपाईंको वरिपरि वस्तुहरू राखिएका छन् भने सायद नै कसैले भन्नेछ कि त्यो वस्तु म हुँ। मानौं तपाईंको नजिकमा फोन राखिएको छ वा कुर्सी,अलमारी, ओछ्यान राखिएको छ भने तपाईं कहिल्यै भन्नुहुन्न कि त्यो म हुँ र यसको कारण के हो ? किनकी त्यो देखिन्छ अगाडि मबाट अलग छ र म यहाँ छु त्यो चीज त्यहाँ छ। दोस्रो कुरा यदि त्यो चीज नष्ट भयो वा हरायो वा बदलियो भने तपाईं कहिल्यै भन्नुहुन्न कि म हराए, म नष्ट भएँ म बदलीए वा म आए र गएँ कहिल्यै भन्नुहुन्न यो त अती सामान्य कुरा भयो यसमा धेरै बुद्धि पनि लाग्दैन र तपाईं सोचिरहनु भएको हुन सक्छ की आत्मज्ञानमा यो कुनै बताउन आवश्यक कुरा थिएन तर यहीँबाट सुरुवात हुन्छ यहीँबाट तपाइँ ले तालमेल मिलाउन सक्नुहुन्छ किनकि अगाडि गएर धेरै कठिन हुनेछ बताउन कि म के होइन ध्यान दिनुहोस् वस्तुहरूको मामिलामा यो धेरै सजिलो हुन्छ बताउन म यो होइन भनेर। भने अब यहाँ तपाईं आफ्नै अनुभवबाट आफ्नै बुद्धिबाट दुई नियमहरू बनाउन सक्नुहुन्छ कि जो मबाट अलग देखियो त्यो म होइन, जसको अनुभव भयो त्यो म होइन, दोस्रो नियम जो बदलियो मेरो अगाडि त्यो म होइन हुँ किनकि त्यो वस्तु हुनुभन्दा पहिले म थिएँ त्यो वस्तु बदलिने समयमा पनि म थिएँ र त्यो वस्तु गइसके पछि पनि म छु भने यी दुई नियमहरू ध्यान राख्नुहोस् कि जसको अनुभव भयो त्यो म होइन अर्थात् मेरो तत्व होइन त्यो हुन सक्छ त्यो मेरो वस्तु हो मेरो कार मेरो घर तर म होइन र जो बदलियो त्यो म होइन अब यहाँ यी दुवै नियमहरूको पनि परीक्षा हुनेछ हामी दुई चार उदाहरण लिन्छौं जस्तै शरीर, शरीरको अनुभव हुन्छ शरीर देखिन्छ र शरीर बदलिन्छ अब यदि तपाईंका दुई नियमहरू यहा लगाउनु भयो भने तपाईं भन्न सक्नुहुन्छ कि शरीर म होइन हुँ तर धेरै मानिसहरू भन्नेछन् नाइँ यो बिना त केहि पनि छैन, हो यो मेरो एक भाग हो शरीर मेरो हो यस्तो भन्न सकिन्छ तर तत्व होइन किनकि यो बदलिरहेको छ जब यो जन्मियो सानो थियो जन्मिनुभन्दा पहिले कोशिकाहरू थिए त्यहाँ बस अरु केही थिएन र फेरि बिस्तारै ठुलो हुदै गयो ५ वर्षको भयो फेरि बदलियो १० वर्षको भयो यसरि बदलिदै आजको तपाईं हुनुहुन्छ र यो पनि बदलिरहेको छ तपाईंकै आँखा अगाडि भने अब तपाईं ध्यान दिएर हेर्नुहोस् र अब अलिक सटीकता सहित बोल्नु पर्दा तपाईं यही भन्नुहुन्छ कि मेरो शरीर बदलिरहेको छ मेरो शरीरको अनुभव भइरहेको छ, किन ? यदि तपाईं त्यो शरीर हुनुहुन्थ्यो भने त तपाईं अब हुनुहुन्न्थ्यो किनकि त्यो पुरानो शरीर त बदलिसकेको छ, या पुरानो शरीर त सबै गइनै सक्यो त तपाइँ पनि कतै गैसक्नु भयो वा हुनुहुन्न ? किनकि पुरानो त केहि छैन, यदि पुरानो शरीर तपाइँ हुनून्थ्यो भने अब त अरु नै कोही हुनुभयो तपाइँ। तर कोही पनि कहिल्यै यस्तो भन्दैनन, सबै यही भन्छन कि म उही हुँ मेरो शरीर बदलिरहेको छ, एक चीज छ जो स्थिर छ म मा जो बदलिरहेका शरीरहरू बिच पनि बदलिरहेको छैन अब हामीलाई त्यै खोज्नु छ, त्यो के हो ? सायद तपाइँ को तत्व त्यहि हो। ध्यान दिनुहोस् शरीर म हुँ वा होइन भनेर जाच्ने अर्को एउटा तरीका नी छ , शरीर लाइ भागहरू मा बाड्नुस कि के हात म हुँ? के म खुट्टा हुँ? के नाक हुँ? के कान हुँ? के कपाल हुँ? र तपाईं देख्न सक्नुहुन्छ कि यी सबै भाग हुदा पनि र नहुदा पनि तपाईं हुनुहुन्छ र पूर्ण हुनुहुन्छ अब तपाईं भन्न सक्नुहुन्छ शरीरको यो भाग गयो वा छैन तर म भने छु। सधै छु। यसैगरी तपाईं शरीरलाई हटाउन सक्नुहुन्छ कि यो तत्व होइन तर जरूरी छ किनकि शरीरबिना त यो भन्ने वाला पनि छैन कोही भन्ने वाला छैन कि के छ अब यो शरीर छ जुन ऐनामा देखिन्छ तर अर्को एक शरीर पनि छ जो केवल तपाईंलाई अनुभव हुन्छ जुन भौतिक शरीर छ त्यो त अरूले पनि देख्छन तर अर्को शरीर छ जो केवल तपाईं मात्र देख्नुहुन्छ वा तपाइँ मात्र अनुभव गर्नुहुन्छ जस्तै दुखाइ हुन्छ शरीरमा तपाईंनै लाई हुन्छ भॊक लाग्छ प्यास लाग्छ नींद थकान छ शारीरिक हों तर केवल तपाईंलाई मात्र अनुभव हुन्छ भने के त्यो म हुँ ? अब फेरि तपाईं दुई नियम लगाउनुस् दुखाइ लाई नै हेर्नुस हामी भन्छौं नी शरीरमा दुखाइ को अनुभूति छ, संवेदना छ वा फीलिंग छ, जब दुखाइ थिएन तब पनि तपाईं हुनुहुन्थ्यो जब दुख्न सुरु भयो वा दुखिरहेको छ तब पनि तपाईं हुनुहुन्छ जब दुखाइ ठीक भयो वा बन्द भयो तब पनि तपाईं हुनुहुन्छ भने तपाईं कहिल्यै भन्नुहुन्न की म त्यो दुखाइ हुँ र त्यो दुखाइ गयो भने म पनि गएँ यस्तो त भन्नुहुन्न ? किनकि त्यो शरीरमा हुने अनुभव मात्र हो म होइन। भनेपछी यदि दुखाइ म होइन भने तेस्ता खालका कुनै पनि संवेदनाहरु म होइन कनै पनि शारीरिक अनुभव म होइन भलै त्यो अरूलाई नभएर केवल मलाई नै भइरहेको होस् , भने पछी त्यो पनि मेरो तत्व होइन। भने पछी म हुन को लागि त त्यो हुनु जरूरी छैन विना दुखाइ पनि मेरो अस्तित्व त छ त्यो दुखाइ जान सक्छ एकछिन मा आखिर सबै नै चाहन्छन् पिडा, थकान जाओस् । जसको अनुभव भइरहेका छन् यिनीहरु शरीर का क्रिया हरु हुन् म होइन। यसरि शरीर नै पूरा हटाउन सकिन्छ अब तपाईंले पूरा जगत पनि हटाउनुभयो किनकि जगतमा केवल वस्तुहरू हुन्छन् र वस्तु पनि म होइन यसरी शरीर र जगत हटाउन सकिन्छ। र यो पनि नियम ध्यान राख्नुहोस् कि यदि एक भाग म होइन भने अर्को कुनैपनि भाग म होइन। जस्तो शरीरको एक संवेदना म होइनभने कुनै पनि संवेदनामा म होइन यो तपाईं खाली समयमा बसेर विचार गर्न सक्नुहुन्छ यसको प्रमाण लिन सक्नुहुन्छ कि यस्तो त होइन यिनले यो चीज भन्न छोडेका थिए कतै त्यहि त होइन म ? र सधैं नै पाउनुहुनेछ की त्यो आउने जाने अनुभव हो जो मेरो सामुन्ने मा बदलिन्छ। अब आउँ भावनाहरूमा भावनाको मतलब हो इमोशन जस्तो डर लाग्नु क्रोध आउनु सुख हुनु दुःख हुनु प्रेम हुनु घृणा हुनु आदि अब तपाईं हेर्न सक्नुहुन्छ कि जो यो भावनाहरू छन् यो पनि आउँछन जान्छन अनि यसको बिना पनि म रहन्छु र यसको अनुभव पनि हुन्छ हरेक भावनाको अनुभव हुन्छ तर त्यो टिक्दैन मतलब त्यो तत्व होइन त्यो म हुन को लागि आवश्यक होइन। हो यसै प्रकार दुई नियम यसमा पनि लाग्छन् कि भावनाहरूको अनुभव हुन्छ र बदलिरहन्छ। परिवर्तनशील हो भने म होइन मतलब मेरो तत्व होइन हो , छोटकरी मा हामी म भन्नेछौं किनकि पटक पटक तत्व बोल्नु अलिक लामो हुन्छ। म भन्न सजिलो हुन्छ। यसै प्रकार विचार हेर्नुहोस् तपाईंका विचारहरू सधैं आउँछन् जान्छन तर एउटा पनि टिक्दैनन एक सेकेन्डमा हजारौ विचार आएर जान्छन् भने कुन चाहि विचार म हुँ ? कुनै पनि होइन कुन चाही भावना म हुँ ? कुनै पनि म होइन सबै हटेर जान्छन् र विचारहरूको पनि अनुभव हुन्छ त्यो पनि देखिन्छन्, केवल तपाईंलाई हुन्छन तर यसको अनुभव हुन्छ मात्र एक अनुभव हो । यसै प्रकार इच्छाहरू छन् विभिन्न-तरहका इच्छाहरू आउँछन् जान्छन् केही पूरा हुन्छन् केही हुदैनन् भने कुनै पनि इच्छा म होइन किनकि तिनीहरूको अनुभव हुन्छ र त्यो बदलिन्छ यो अब एक फर्मूला जस्तो भैसक्यो तपाईंको अगाडी कि म के होइन तपाईं तुरुन्त बताउन सक्नुहुन्छ। अब एउटा कुरा अझै बाँकी छ, स्मृति अर्थात् सम्झना। तपाईंले देख्न सक्नुहुन्छ, यो पनि परिवर्तन हुन्छ र यसको पनि अनुभव गरिन्छ। हिजो के गर्नुभएको थियो भन्ने कुरा सम्झन सक्नुहुन्छ। तर अस्ति वा एक वर्षअघिको यसै दिन के गर्नुभएको थियो भन्ने बिर्सिन सकिन्छ, यसको अर्थ स्मृति फेरिइसकेको छ। अहिले त्रिज्ञान कार्यक्रम जुन स्मृतिमा जाँदैछ, त्यहा अहिले पनि परिवर्तन हुँदैछ, पहिले जुन थियो, अहिले त्यो स्मृति छैन। हाम्रो सूत्र भन्छ की म स्मृति होइन। यदि तपाईंको केही स्मृति हटाइयो भने तपाईं भन्नुहुन्छ, मलाई त्यो घटना कहिले भयो भन्ने याद छैन, तर तपाईं आफूलाई हराएको भन्नुहुन्न। तपाईं भन्नुहुन्छ, मलाई याद छैन मैले एक वर्षअघि के खाएको थिएँ, के लगाएको थिएँ, तर तपाईं आफु त हुनुहुन्छ। यसको अर्थ स्मृति स्थायी वा आवश्यक तत्व होइन। तपाईंको नाम पनि स्मृतिमा छ यदि त्यो हटाइयो भने तपाईं भन्नुहुन्छ, मलाई नाम याद छैन, बरु भन्नुहोला मेरो नाम के हो भनिदिनुस्। तर तपाईं आफू गुमाएको भन्नुहुन्न, यसैपनि नाम त अरू कसैले राखिदिएको थियो नाम साँचो स्वरूप त होइन। त्यसैगरी तपाईंको पढाइ लेखाइको पनि स्मृतिमा आधारित छ।त्यो पनि जादैछ, आधा त गइसक्यो। तर तपाईं यसो भन्नुहुन्न, म पढाइ बिर्सिएँ, त्यसैले म पनि आधा हराएँ। तपाईं भन्नुहुन्छ, बिर्सिएँ, फेरि पढ्न सक्छु। ठुलो कुरा त होइन र आवश्यक छैन। यसैगरी तपाईंको पेशा पनि स्मृतिमा नै हुन्छ। तपाईंले अहिले सम्म जे-जति सिक्नुभएको छ, त्यसैको आधारमा तपाईंले आफ्नो जीवन चलाइरहनुभएको छ। त्यो पनि परिवर्तनशील छ, त्यो पनि बिर्सन सकिने कुरा हो। स्मृति हट्यो भने त्यो पेशा पनि तपाईं होइन। जस्तो कि केही मानिस भन्छन् म व्यापारी हुँ, म डाक्टर हुँ, म इन्जिनियर हुँ, म वकिल हुँ, म नेता हुँ, म यो हु म त्यो हु । यी सबै कुरा के हुन् ?, स्मृतिमा जम्मा भएका कुरा हुन्। तर म स्मृति होइन। त्यसैगरी तपाईंका सबै सम्बन्धहरू, नातागोता पनि स्मृतिमा रहेका हुन्छन्। यदि ती सम्बन्धसँग सम्बन्धित स्मृति अलिकति हटाइयो भने तपाईंले आफ्ना आमाबुबा को हुन्, दाजुभाइ दिदीबहिनी को हुन्, साथी को हुन्, शत्रु को हुन् केही चिन्न सक्नुहुन्न। सबै अपरिचित लाग्न थाल्छ। तर के तपाईं भन्नुहुन्छ म पनि छैन? तपाईं भन्नुहुन्छ यस्तो होइन। म बिर्सिएँ, मलाई याद छैन, सायद पछि सम्झिन सकूँला। तर म त छु। तपाईं भन्नुहुन्छ म त्यो हुँ, जसले बिर्सिएको छु। यसबाट देखिन्छ कि नातागोता वा सम्बन्धहरूबाट पनि तपाईंको वास्तविक पहिचान हुँदैन। ती पनि परिवर्तनशील हुन्छन्। ती पनि स्थायी तत्व होइनन्। म न छोरा हुँ, न छोरी हुँ, न बुबा हुँ, न श्रीमती हुँ, न श्रीमान् हुँ केही पनि होइन। ती सबै मेरो तत्व होइनन्। ती त अनुभवहरू हुन्, जो आउछन जान्छन्, र स्मृतिमा संचित भएका छन्। त्यसैगरी स्त्री वा पुरुष हुनु पनि स्मृति र शरीरसँग सम्बन्धित कुरा हो। तपाईंले देख्न सक्नुहुन्छ स्त्री र पुरुष भन्ने शरीरको प्रकार मात्र हो। शरीर त हामीले पहिले नै हटाइ सकेका छौं त्यो स्थायी तत्व होइन। स्मृतिमा पनि स्त्रीपुरुषका संस्कारहरू भरिएका छन् जस्तै, स्त्रीले यस्तो गर्नुपर्छ, यस्तो बोल्नुपर्छ, यस्ता लुगा लगाउनुपर्छ, पुरुषले यस्तो गर्नुपर्छ, यस्तो व्यवहार गर्नुपर्छ। यी सबै पनि स्मृतिमा रहेका कुरा हुन्। स्मृति पनि हामी छुट्याइसकेका छौं। यसरी भावनाहरूमा पनि थोरै भिन्नता हुन्छ स्त्रीपुरुषबीच, विचारहरूमा पनि फरक हुन्छ। तर त्यो पनि हामी छुट्याइसकेका छौं। यसैले मेरो साँचो तत्व न त स्त्री हो, न त पुरुष। अझै एउटा कुरा बाँकी रह्यो सपना, जसै तपाईं राति सपना देख्नुहुन्छ। सपनामा तपाईंलाई आफ्नै छवि देखिन्छ, हुन सक्छ त्यहाँ पनि शरीर हुन्छ। त्यहाँ सम्भवतः भावना पनि हुन्छन्, त्यहाँ पनि दुःखपिडा हुन्छ। त्यहाँ पनि तपाईंको कुनै नाम, काम र नाता होलान। तर के त्यो म हुँ? र मानिसहरू सोच्न सक्छन्, यहाँ त केही भेटिएन, सायद त्यहाँ भेटीएला की । तर जब तपाईं सपनाबाट ब्यूँझनुहुन्छ, तब तपाईं देख्नुहुन्छ कि त्यो सबै म थिइन। त्यो पनि आउने जाने अनुभव थियो। त्यो पनि मानसिक अनुभव नै थियो, जस्तै अहिले यहा भइरहेको छ, त्यस्तै त्यहा पनि भइरहेको थियो तर सपनामा मैले ती सबैलाई सत्य मानेको थिएँ "त्यही म हुँ" भनेर। भने पछी जब तपाईंको मन को अवस्था परिवर्तन हुन्छ अनि त्यो फेरिएको अवस्था पनि तपाईं होइन। कुनै पनि मानसिक अवस्था आओस्, त्यो म होइन। म त्यो होइन जो जागा छ। म त्यो होइन जो निद्रा मा छ।म त्यो होइन जो सपनामा छ। अब ध्यान दिनुहोस् हामीलाई तीन प्रकारका अनुभव भइरहेका छन् जगतको अर्थात् वस्तुहरूको, शरीरको, र मनको। हामीले यी तीनै कुरा लाइ हेरी सकेका छौं। सायद कुनै पनि छुटेको छैन। तपाईं भन्न सक्नुहुन्छ तपाईंले कल्पना वा इम्याजीनेशन लाई छोड्दिनु भयो, तर त्यो सबै मानसिक अनुभव नै हो विविध प्रकारका अनुभवहरु हुन्, जो मेरो सामु आउछन जान्छन, मभन्दा अलग छन्।तीनका अनुभव हुन्छन्, परिवर्तन पनि हुन्छन्। तर म त रहन्छु। हामीले सबै अनुभवहरू निकाल्यौ,हटायौं, तर के तपाईं पनि हराउनु भयो त ? जब कुनै पनि अनुभव म होइन, तर पनि म त अझै छु, त्यसको अर्थ के हुन्छ? यसको अर्थ म कुनै पनि अनुभव होइन, तर ती सबै अनुभवहरूका बीचमा जो स्थायी थियो, जो सधैं एकरूप रहन्छ, म त्यही हुँ। अब तपाईं अलिकति सोच्न थाल्नुभयो होला सुरुमा त सजिलै लागिरहेको थियो, "म कुर्सी वा टेबुल होइन" भन्ने कुरा। तर यहाँ त सबै कुरा हटिसकेको छ। हेर्नुहोस्, अन्त्यमा त्यही मात्र बाँकी रहन्छ, जसले यी सबै अनुभव गरिरहेको छ। ध्यान दिनुहोस् यी सबै परिवर्तनशील अनुभवहरूमा एउटा कुरा यस्तो छ, जुन बाँकी रहन्छ त्यो हो, जसले यी सबै अनुभव गरिरहेको छ। त्यो परिवर्तनशील अनुभवहरूमाझ जो स्थायी छ म त्यही हुँ। कसरि ? अब सोच्नुहोस्, यदि त्यसलाई नै हटाइयो जसले अनुभव गरिरहेको छ,(त्यसको नाम हामि राख्छौ एकछिन मा ) यदि त्यो निकालिदिइयो भने तपाईं देख्नुहुनेछ, अब केही पनि बाँकी रहँदैन। चाहे त्यो अनुभव परिवर्तनशील होस् वा अपरिवर्तनशील, भौतिक होस् वा मानसिक केही पनि बाँकी रहँदैन। जस्तै काठको टेबलबाट यदि काठ निकालियो भने केही बाँकी रहँदैन न त रङ, न त रूप,। त्यसैगरी, यदि "अनुभव गर्ने" तत्वलाई नै हटाइयो भने, केही पनि बाँकी रहँदैन। त्यही तत्व हो जसलाई हटाउन सकिँदैन। जीवनका सबै अनुभवहरूबाट, शरीरबाट, मनबाट जुन कुरा कहिल्यै हट्दैन त्यसलाई हामी "साक्षी" भन्छौं। साक्षी किन? किनभने त्यो सबै अनुभवहरूको साक्षी हो। अब यसो भन्न सकिन्छ म सबै अनुभवहरूको साक्षी हुँ। अनुभव भन्नाले जुन पनि देखिइरहेको संसार छ, देखिइरहेको शरीर ,मन छ तिनीहरूको अनुभव भइरहेको छ। र म ती सबैका साक्षी हुँ।यो साक्षी नै मेरो तत्व हो। यही साक्षी सबैभन्दा आवश्यक छ। यदि यसलाई हटाइयो भने केही पनि बाँकी रहँदैन। त्यो भन्दा बाँकी सबै कुरा हट्न सक्छन्। हामीले त हटाएर हेरेकै छौँ, र यो कुरा घरमै बसी बसी गर्न सकिन्छ। यसलाई भनिन्छ नेती-नेती विधि । के छ त्यस्तो जुन हटाउन सकिन्छ, त्यो हटाऊ। त्यसपछि जुन कुरा हटाउन सकिँदैन, त्यो नै तत्व होला । त्यसैले, पहिलो कुरा हामीले आफ्नो बारेमा थाहा पायौं की म कुनै पनि अनुभव होइन। यो एकदमै ध्यान दिनुपर्ने कुरा हो म कुनै अनुभव होइन। दोस्रो कुरा हाम्रो नियम भन्छ कि जुन कुरा परिवर्तन हुन्छ, त्यो पनि म होइन। जुन कुरा आउँछजान्छ, जसको ठाउँमा केही अर्को आउन सक्छ, त्यो पनि म होइन। त्यो पनि तत्व होइन। त्यसैले म परिवर्तन हुँदैन। यदि केही परिवर्तन भयो भने, त्यो म होइन। यस विषयमा पनि तपाईं आरामसँग बसेर सोच्न सक्नुहुन्छ। यी दुई कुरा तपाईंले तत्वका बारेमा, साक्षीका बारेमा जान्नुभयो जो की म हु १. म कुनै अनुभव होइन। २. म परिवर्तन हुँदैन। म एक स्थिर हुँ जुन सबै अनुभवहरूमा एक धागो जस्तै जसले सबै अनुभवहरूलाई गाँसिरहेको हुन्छ माला जस्तै त्यो म हुँ। साक्षी नै मेरो नाम हो। अब तपाईं आफ्नो नाम बिर्सनुहोस् त्यो त कसैले तपाईंलाई राखिदिएको हो। अब यस साक्षीका अरू गुणहरू पनि हेरौं अहिलेसम्म यती कुरा थाहा भयो। तर अब प्रश्न उठ्छ म कहाँबाट आएको हो? कहाँ जान्छ ? के गर्छु? काम के हो? अब यस साक्षीलाई अझ राम्रोसँग बुझौं त्यसपछि आत्मज्ञान पुरा हुन्छ। तपाईंले अहिलेसम्म थाहा पाउनुभयो कि "म के होइन।" अब जान्नुस् "म के हुँ।" अब सुरु गरौं की म कस्तो देखिन्छ कि देखिँदैन।यसको रङ्गरूप के हो? आकार के हो? तौल कति हो? ठूलो छ कि सानो? कालो कि सेतो? र तपाईं आफ्नो नियम प्रयोग गर्न सक्नुहुन्छ दुई नियम: यदि देखिन्छ भने म होइन। अनुभव हो यदि कुनै आकार, तौल वा पदार्थ छ भने,त त्यो परिवर्तन पनि हुन सक्छ फुट्न सक्छ, टुट्न सक्छ त्यसो भयो भने त्यो म होइन। त्यो त अनुभव हो। अब तपाईं अपरोक्ष अनुभव (स्वयंको प्रत्यक्ष अनुभूति) पनि प्रयोग गर्न सक्नुहुन्छ हेर्न प्रयास गर्नुहोस् की मेरो रङ्ग के हो? मेरो रूप के हो? मभित्र कुन पदार्थ छ? र तपाईं देख्नुहुनेछ यहाँ केही पनि छैन। बस, यति मात्र भन्न सकिन्छ "म छु।" त्यसभन्दा बढी केही भन्न खोज्नुभयो भने त्यो अनुभव भइहाल्छ। तपाईं भन्न सक्नुहुन्छ "हाड, मासु, रगत छ" तर त्यो त शरीर हो। स्मृतिहरू छन्, धेरै कुरा सम्झन्छु" त्यो त स्मृति हो। "मलाई दुःख लाग्छ" त्यो त भावना हो। "म सोच्दछु" त्यो विचार हो। "मसँग धेरै ज्ञान छ" त्यो पनि विचार हो। यी सबै कुरा त हामी पहिले नै निकालिसकेका छौं। त्यसैले म निराकार हुँ। म मा कुनै पदार्थ छैन। म पराभौतिक हुँ अर्थात् म शरीरभन्दा पनि पर छु। म परामानसिक हु म मन भन्दा पनि पर छु । अर्थात मानसिक र भौतिक भन्दा पर निराकार। निराकार यो निकै ध्यान दिनुपर्ने कुरा हो, किनभने यही कुराका आधारमा हामी अघि बढ्नेछौं। यो तपाईंको आफ्नै अनुभव हो हेर्नुहोस्, यो कुनै किताबमा पढिएको कुरा होइन। कहीं सुनेको वा कसैले सुनाएको श्लोक पनि मा पढीरहेको छैन। तर यदि तपाईं शास्त्रहरू हेर्नुभयो भने त्यहाँ पनि यही कुरा भेटनुहुनेछ, ठ्याक्कै यही कुरा। तर ज्ञानमार्गमा हामी आफैंले अनुभव गर्न चाहन्छौं यही अपरोक्ष अनुभव को मार्ग हो। अब यो साक्षी कहाँबाट आयो? मेरो जन्म कहिले भयो भन्ने प्रश्न उठ्छ। र तपाईं देख्न सक्नुहुन्छ शरीरको जन्म त पक्कै भएको थियो। शायद त्यसका केही पुराना फोटो पनि तपाईं संग छन्। त्यसको जन्म प्रमाणपत्र पनि होला। जन्म मिति तपाईंलाई थाहा छ। हरेक वर्ष "मेरो जन्मदिन" भनेर मनाउनुहुन्छ होला तर त्यो तपाईंको होइन, शरीरको जन्मदिन हो। शरीर त आउने जाने, मासुको एक पिण्ड मात्र हो, त्यसको अनुभव भइरहेको छ। तपाईं त्यसको अनुभव लिइरहनुभएको छ। हो, यो कुरा साचो हो कि शरीर आवश्यक छ अत्यन्तै आवश्यक। जीवन मा त्यसबिना त हामी बोल्न सक्दैनौं, सुन्न सक्दैनौं, शरीर त एउटा उपकरण हो, मेरो एउटा मेसिन हो तर म त त्यसको मात्र साक्षी हुँ। शरीरको जन्म भएको हो मेरो होइन। विचारहरू पनि पछि आए होलान्, स्मृतिहरू पनि पछि शुरू भए होलान् तर म तिनको पनि पहिले देखिकै साक्षी थिए । अब यो तपाईंको आफ्नै अनुभव बनिसक्यो। यति भन्न सक्नुहुन्छ साक्षी को बारेमा केही थाहा छैन, शरीरको बारेमा त थाहा छ किनभने अरूले बताएका छन्, सम्झाएका छन् कि तिम्रो जन्म भएको हो सानो थियौ, पछि ठुलो भयौ । फेरि मानिस ले भनेर मात्र कहा हुन्छ र आफु जस्तै शरीर जन्मेर बढ्दै ठुलो भएको पनि देख्नु भएको छ त्यसो भएर त्यो भन्न सकिन्छ। तर साक्षीको बारेमा केही भन्न सकिन्न कहिलेदेखि सुरु भयो, कहिलेदेखि छ थाहा छैन। त्यसैले त्यस्ता कुरा जान्नका लागि हामी तर्क प्रयोग गर्छौं। जुन कुरा अनुभवबाट जान्न सकिँदैन त्यो कुरा बुद्धिले, तर्कबाट बुझ्न सकिन्छ। अब जन्म कसरी हुन्छ त त्? जस्तै माटोबाट घैँटो बन्छ तब हामी भन्छौँ, घैँटोको जन्म भयो। ध्यान दिनुहोस् यहाँ एउटा पदार्थ छ: माटो। त्यो पदार्थ बदलिन्छ र घैँटोको रूप लिन्छ। पदार्थ,परिवर्तन ,अनि रूप यही कुरा लाइ हामि जन्म भन्छौ । ठीक त्यसैगरी, बीउ रोप्दा त्यो बीउबाट बिरुवा निस्कन्छ, हामी भन्छौँ, बिरुवाको जन्म भयो। तर त्यो बिरुवा पनि बीउकै पदार्थ हो केवल रूप फेरिएको हो। आसपास बाट हावा पानी, आदि लिएर त्यो अरू बन्छ तर पदार्थ त उही हो। बिउकै पदार्थ,परिवर्तन ,अनि रूप यसरी नै, जब बच्चाको जन्म हुन्छ त्यो पनि आमाको शरीरको पदार्थ हो, जो परिवर्तन भएर बच्चाको रूपमा आउँछ। त्यो जन्मिन्छ, हुर्कन्छ, आकार लिन्छ। हामी भन्छौँ, बच्चा जन्मियो। यो मैले छोटकरीमा भनेको हुँ तर तपाईं घरमै बसेर यसमा अझ गहिरो रूपमा विचार गर्न सक्नुहुन्छ। जन्म भन्नको लागि तीन कुरा आवश्यक छन् पदार्थ हुनु आवश्यक छ,पदार्थमा परिवर्तन हुनु आवश्यक छ,रूप वा आकार लिनु आवश्यक छ। अब ध्यान दिनुहोस् साक्षी मा यी तीनवटै कुरा छैनन् न त्यो कुनै पदार्थ हो, न त्यो बदलिन्छ, न त्यो कुनै आकार लिन्छ। त्यसैले, साक्षीलाई जन्मको परिभाषा लागू हुन सक्दैन। यसको बारेमा यस्तो भन्न सकिँदैन की "यसको जन्म भयो।" त्यसैले भनिन्छ म जन्मभन्दा पर छु। म अजन्मा हुँ। काव्यीक भाषा मा भनिन्छ किनकि यदि सिधै म अजन्मा हुँ भनेर भनियो भने, त्यो कसैलाई सजिलै बुझिँदैन। त्यसैले यसलाई बिस्तारै स्टेप बाइ स्टेप बुझाउनु पर्ने हुन्छ। यो विषयमा थप विचार गर्नुहोस् कतै यस्तो त होइन कि कतै बाट प्रकट भयो हावाबाट, म मतलब साक्षी कुनै दिन प्रकट भयो मतलब परिवर्तन भयो केही नहुनु बाट केही हुनु मा तर यसमा त परिवर्तन हुन सक्दैन फेरि त त्यो अनुभव हुनेछ कुनै। अनुभव प्रकट मतलब म होइन अब तपाईं जान्नुहुनेछ अगाडि गएर केही बेरमा कि यस्तो किन हो ? कि यसको जन्म हुन सम्भव छैन । अब तपाईं ध्यान दिएर हेर्नुहोस् कि यसमा परिवर्तन छैन यसको मतलब यो बूढो पनि हुन सक्दैन बूढोको मतलब हो टुटफुट हुनु रोग हुनु क्षय हुनु वा कुनै प्रकारको खाराबी हुनु नष्ट हुनु, यो हुन सक्दैन किनकि यो पनि शरीरमा नै हुनेछ वा मनमा पनि हुन्छ, मन पनि बुढो हुन्छ उसका विचार परिवर्तन हुन्छन् उसको व्यवहार,भावनाहरू परिवर्तन हुन्छन् त हामी भन्छौं त्यो व्यक्ति बूढो भइरहेको छ तर यहाँ केही छैन यो परिवर्तन पनि हुँदैन यसैले हामी भन्छौं यसलाई न रोग हुन्छ न बुढापा हुन्छ अजर हुँ जर को अर्थ हुन्छ बुढापा वा क्षय, त्यसैले हामी भन्छौं म अक्षय हुँ अजर हु तत्व साक्षीको कुरा भइरहेको छ यहा अब शरीरलाई पनि बिर्सनु छ शरीर म होइन मनलाई पनि बिर्सनु छ स्मृतिलाई पनि त्यो सब म होइन यो जो म हुँ त्यो अजर छ अक्षय छ अक्षर छ त्यसैले जसको जन्म पनि हुँदैन जो बूढो पनि हुँदैन रोग पनि हुँदैन हुन्छ के त्यो मर्न सक्छ ? अब बुद्धि भन्छ होइन यो त सम्भव छैन किनकि मृत्यु त शरीरको हुन्छ उसको साथ मन पनि गायब हुन्छ यसको मृत्यु हुँदैन यसैले म अमर हुँ साक्षी अमर छ मृत्यु पनि एक प्रकारको परिवर्तन हो आकारको नष्ट हुनु माटोमा मिल्नु टुक्रा टुक्रा हुनु समाप्त हुनु त्यो मृत्यु हो र किनकि ममा परिवर्तन छैन न आकार छ न पदार्थ छ यसैले मृत्युको प्रश्न नै आउँदैन। त्यसले जे हामी जन्मको लागि भन्छौं त्यही मृत्युको लागि पनि भन्छौं यो मृत्युको धारणा पनि लागू हुँदैन मृत्युको पर जो छ त्यो म हुँ। बाँकी चीज आउँछ जान्छ त्यो जन्म मृत्यु समान छ जस्तो विचार जन्म लिन्छ फेरि विचार मर्छ किनकि गयो हराउँछ भावना जन्म लिन्छ मर्छ इच्छा जन्म लिन्छ मर्छ यसै प्रकार शरीर जन्म लिन्छ मर्छन् वस्तुहरू बन्छन् टुट्छन् मर्छन् म होइन साक्षी होइन साक्षी यो सब होइन तपाईंले बिस्तारै बिस्तारै साक्षीको बारेमा धेरै कुरा जान्नुभयो। जसको जन्म हुँदैन, उसको पुनर्जन्म पनि हुँदैन। जन्म नभएपछि मृत्यु पनि हुँदैन, र फेरि जन्म हुने त प्रश्न नै आउँदैन। त्यसैले, म अर्थात साक्षी जन्म-मृत्युको चक्रभन्दा पर छ, न जन्म हुन्छ, न मृत्यु, न पुनर्जन्म, न पुनर्मृत्यु। अर्थात्, म मुक्त छु। परम्परागत रूपमा यसलाई मुक्ति भनिन्छ। जो जन्म-मृत्युको चक्रभन्दा टाढा छ, ऊ मुक्त छ, उसले मोक्ष प्राप्त गरेको छ। अब ध्यान दिनुहोस्, यो शरीर कहिल्यै मुक्त हुँदैन। यसको त केवल मृत्यु हुन्छ, यसको जन्म हुन्छ। तर साक्षी यसबाट पर छ, यो मुक्त छ, जन्म-मृत्युको चक्रभन्दा बाहिर छ। यसलाई जन्म-मृत्युका अनुभवहरू हुन्छन्, तर यसको जन्म हुँदैन वा मृत्यु हुँदैन। म पहिलेदेखि नै मुक्त छु। यसमा कुनै बन्धन छैन। यसलाई कुनै जेलमा बन्द गर्न सकिँदैन, शरीरलाई गर्न सकिन्छ। तर यसलाई कुनै पिंजडामा राख्न सकिँदैन, कुनै डोरीले बाँध्न सकिँदैन, मार्न सकिँदैन, जलाउन सकिँदैन, काट्न सकिँदैन। यो पदार्थ होइन, भौतिक होइन, मानसिक पनि होइन। मनमा पनि बन्धनहरू हुन सक्छन्, कसैको बुद्धि कमजोर हुन सक्छ, कसैका भावनाहरूले उसलाई बाँधेर राख्न सक्छन्, डर लाग्न सक्छ। तर यहाँ त केही पनि छैन, यहाँ कुनै पनि बन्धन छैन। म बन्धनमुक्त छु, स्वतन्त्र छु। अब यसमा अझै हेरौ के छ, के यसमा सुख छ के दुख छ के कुनै इच्छा छ के कुनै चिन्ता छ र तपाईं देख्नुहुनेछ की यो सब त मनमा छ वा शरीरमा छ मनोशरीर त सब हुन्छ रहन्छ तर साक्षीमा केही छैन यसको मतलब म शान्त छु किनकि केही भयो मतलब एक प्रकारको परिवर्तन भयो ममा यदि केही भयो घटना त परिवर्तन भन्न सकिन्छ तर म कुनै परिवर्तन होइन हुँ म तत्व हुँ जसलाई परिवर्तन देखिन्छन् म तिनको साक्षी हुँ त्यसैले यसमा केही हुन सक्दैन यसैले सबैभन्दा बढी शान्ति यही छ साक्षी मा म मा र के यसलाई केहि गुनासो छ कि यो भएन त्यो भएन भनेर ? उसलाई कुनै गुनासो पनि छैन साक्षी केवल हेर्छ यसैले हामी भन्छौं आनन्दमा छ आनन्दको मतलब यो होइन कि नाचिरहेछ हासीरहेछ, आज केहि भइरहेको छ र खुशी छ यस्तो केही होइन शान्ति नै आनन्द हो उसको उसलाई हर चीजमा आनन्द नै आउँछ जे सुकै होस् गुनासो छैन यहा यो हुनु हुँदैन त्यो हुनु हुँदैन यस्तो केही पनि छैन यसलाई हामी भन्छौं आनन्द सन्तुष्टि शान्ति र यो कहिले जान सक्दैन किन ? किनकि परिवर्तन हुँदैन यसमा, यसको स्वभाव नै आनन्द हो यसको स्वभाव नै शान्ति हो यसको स्वभाव नै मुक्ति, स्वतन्त्रता हो। अब एक चीज हेरौ कि यो सारा प्रश्न तपाईं कोहि अरु लाइ सोध्नुस जसको बुद्धि तिक्ष्ण छ वा राम्रो चलिरहेको छ धेरै मान्यता पनि छैन, सोध्दै जानुस के वस्तु छ ? शरीर छ ? यस्तै यस्तै गर्दै तपाईं उसलाई पनि लैजानुहुनेछ आत्म ज्ञानको तीर भने कुनै पनि व्यक्ति यही भन्नेछ कि हो मेरो तत्व साक्षी नै हो र फेरि तपाईं सोध्नुहुनेछ कि यसको जन्म कहिले भयो ? मृत्यु हुन्छ हुदैन शान्ति छ वा छैन ? सब उत्तर त्यही आउनेछन् यदि ऊ बुझ्यो भने उत्तर त्यही आउनेछन् यसैगरी सबको तत्व त्यही आउनेछ जसले पनि जान्यो आफ्नो तत्वलाई त्यसले यही भन्नेछ की यही तत्व नै साक्षी हो मेरो तपाईंको पनि मेरो पनि तत्व साक्षी नै हो भने पछी के फरक भयो त दुईमा ? फरक मात्र शरीरहरू वा त्यसका प्रकार मा हो मनमा, विचारहरूमा छ स्मृतिहरूमा फरक छ तर तिनी सब म होइन हुँ तिनीहरु तत्व होइन, म मा र तपाइँ मा केहि फरक छैन के त्यसो भए यहां एउटा साक्षी छ तपाइँ मा अर्को मिल्दो जुल्दो वा प्रतिलिपी साक्षी छ त ? तर यसको अनुभव हुन सक्दैन तर यति जान्न सकिन्छ की त्यो र यो एकै हो किनकि भेद बताउन को लागि त केहि त फरक हुन पर्यो नी हैन ? गणना हुनुपर्यो कमसे कम तर यहा त गणना नि हुन सक्दैन तब हामि भन्छौ एकै हो र यसलाई अब तर्क बाट पनि जान्न सकिन्छ, ज्ञानमार्ग मा हामि तर्क दिन्छौ की यदि दुइ बस्तु को गुण मिल्छन भने र तिनी हरु बीच मा कुनै सिमा छैन भने त्यो एकै हो जस्तो कागज त्यसको अगाडि को भाग र पछाडी को भाग दुवै सेतो छ र दुवैको बीचमा सीमा छैन भने दुवै एक हो वा फेरि तपाईं पोखरी को उदाहरण लिनुहोस् कि पोखरी को दायाँ हिस्सा बायाँ हिस्सा दुबैतिर पानी छ र बीचमा कुनै सीमा छैन अनि त्यसो भएसी हामी यो भन्दैनौं कि दुईटा पानी छ हामी भन्छौं पानीको गुण मिलिरहेका छन् दायाँ बायाँ दुबैतर पानी छ अनि बीचमा कुनै पर्खाल वा सिमा छैन भने हामी भन्छौं एउटै पोखरी वा पानी हो यसै प्रकार ले साक्षीलाई हेर्ने प्रयास गर्नुहोस् यहा जो साक्षी छ र त्यहाँ जो साक्षी छ उसका सारा गुण मिल्छन् किनकि निर्गुण हो कुनै गुण छ नै छैन उसमा अनि सीमा छैन किनकि त्यो पनि वस्तु हैन त्यसतो कुनै अनुभव होइन सिमा भएको जो कतै बाट सुरु भएर कतै सिमा समाप्त हुन्छ ,साक्षी देश काल बाट पर छ देश काल मतलब स्पेश स्पेस एंड टाइम त्यो बाट पर छ हामी लाइ अनुभव हुने कुनै धारणा साक्षी मा लाग्दैन त्यसैले साक्षी एकै हो दुईटा साक्षी भन्ने हुदैन जस्ती त्यहा तपाइँ ले आकाश देखेरहनु भएको होला यहा मैले पनि आकाश देखिरहेको छु त्यसका गुण एकै छन् र तपाइँ त्यहा बाट र म यहा बाट हेर्दै भेट्न खोज्यौ भने की कहा तपाइँ को आकाश सकिएर मेरो आकाश शुरु हुन्छ भन्दै के सिमा भेटीएला ? कहिलै पनि भेटिने छैन यसको अर्थ के आउछ ? जुन आकाश को ज्ञान हामीलाई भइरहेको छ ती दुवै एकै नै हुन् होइन त ? केवल फरक फरक ठाउ बाट अनुभव हुदा दुइ आकाश हुदैन यसैगरी जो हामीलाई साक्षीको ज्ञान भइरहेको छ सबैलाई एक नै साक्षीको ज्ञान भइरहेको छ केवल दुई ठाउँ ज्ञान भइरहेको हुनाले ती दुई हुँदैनन यो कुरा मा अझै राम्रो संग मनन गर्नुहोस् कही कतै केही छुट्यो की यो पनि एक नियम हो तर्कको नियम कि दुई व्यक्तिहरूलाई दुई ठाउँ ज्ञान भइरहेको छ एक वस्तुको भने त्यो वस्तु दुई भनिनेछैन त्यो एक नै भनिनेछ त् यसैलाई हामी भन्छौं प्रेम हुनु, प्रेम कुनै भावना होइन, म स्वयं हुँ प्रेम। एक हुनु नै प्रेम भनिन्छ अध्यात्म मा, अध्यात्म मा यहि परिभाषा हो प्रेम को एक हुनु सबै नै म हुँ सबै मा म नै छु सबैको तत्व म नै हुँ बडो अजीब लाग्छ बोल्नमा तर यहि हों सत्य। तपाइँ लाइ म एक फेर सरसर्ती सारांश बताइदिञ्छु की तपाइँ के हो तपाइँ को तत्व के हो भनेर जगत शरीर वस्तु मन यो सब म होइन न म कुनै अनुभव हु म मा कुनै परिवर्तन पनि छैन नित्य छु नित्य मतलब जो सधै छ बदलिदैन, निराकार, अरूप रूप छैन पराभौतिक परामानसिक हुँ अजन्मा अजर अमर यहि साक्षी हो र बन्धन छैन मुक्त जन्म मृत्युको चक्रबाट मुक्त, शान्त आनन्द,प्रेम सबैमा म नै व्याप्त छु यहि हो आत्मज्ञान। केहि जटिल छैन। अब अगाडि बढौ की हामीले धेरै चीजहरू हटाएका थियौं जगत म होइन हुँ वस्तुहरू म होइन हुँ शरीर म होइन भनेर तर अब यो प्रश्न आउँछ की यो के हो त ? फेरि किन छ ? यसलाई हामी भन्छौं माया, असत्य, झूठ हो अझ यति सम्म भन्छौ की यो छदै छैन। तर यति सम्म कसरी भन्न सक्छौं ? हुन त म तपाईंलाई भन्न सक्छु कि हेर्नुस फलानो किताबमा लेखिएको छ वा शास्त्र मा यहि माया लेखिएको छ झूठ हो बस भ्रम हो तर यो प्रमाण मान्न सकिन्न बस लेखिएको छ भनेर मान्नु त अंधविश्वास भयो अनि धेरै मानिस त मान्ने पनि छैनन् यस्तो हुन सक्दैन झूठ होइन भन्नेछन, मेरै आँखाले देखिरहेको छु। त्यसैले हामि थोरै वा केहि प्रमाण लिने प्रयास गर्नेछौ म तपाईंकै अनुभवबाट बताउँछु कि किन हामि माया वा असत्य भन्छौं भनेर। अब यहा तीन उदाहरणहरूबाट तपाईंलाई बताइनेछ कि सत्य के लाई भन्छौं हामी र झूठ के लाई भन्छौं साचो के हो झूठ के हो तीन परिस्थिति र सन्दर्भ हरु बाट तपाईंलाई बताइने प्रयास हुनेछ खास मा धेरै सजिलो छ तर आम मानिस केहि सोच बिचार नै नगरी सत्य के हो वा के होइन भन्ने स्वीकार्छन जसले जे बतायो उसैको पछी लाग्छन, यो मान्छे ठिक छ अब उसले जे भन्यो मान वा कसैले विज्ञापन गर्यो यो वस्तु राम्रो हो भनेर अब त्यहि किन्यो यसरी निणर्य गर्छन तर तपाइँ को लागि जरुरी चिज वा सत्य को बारे मा निणर्य लिनु पर्दा त अवश्य पनि तपाइँ आफ्नो बुद्धि को उचित प्रयोग त गर्नुहुनेछ नै , यसरी हामि तीन प्रकारका उदाहरण लिनेछौं सबैभन्दा पहिले कुरा गरौँ दैनिक जीवनबाट, कि तपाईं दैनिक जीवनमा कसरी थाहा पाउनुहुन्छ कि के कुरा साँचो हो र के झुटो हो। दोस्रो कुरा महत्त्वपूर्ण व्यक्ति वा ठूला मान्छेहरू कसरी निर्णय लिन्छन्? तेस्रो ज्ञानमार्गमा वा दर्शन (Philosophy) मा सत्यबारे निर्णय कसरी लिइन्छ? यी कुरा बुझ्न गाह्रो छैन। म तपाईंलाई छोटकरीमा बुझाउँछु। तर बाँकी कुरा तपाईं आफैँले ध्यानपूर्वक मनन र विचार गर्नु आवश्यक छ। मान्नुहोस् तपाईं दैनिक जीवनमा कसैसँग पहिलो पटक भेट्नुहुन्छ। उनि भन्छन्, मेरो नाम प्रशान्त हो। पहिलो पटक भेट भएकाले तपाईं विश्वास गर्नुहुन्छ, होला नाम प्रशान्त । कुनै प्रमाण सोध्नुहुन्न, सामान्य मान्नुहुन्छ। अर्को दिन फेरि भेट्दा उनि भन्छन, मेरो नाम सुशान्त हो। अब तपाईं सोच्नुहुन्छ शायद मैले हिजो गलत सुने मिल्दोजुल्दो नाम भएर होला । तेस्रो दिन फेरि भेट्दा उही व्यक्ती भन्छन्, मेरो नाम प्रकाश हो। अब तपाईंलाई शंका लाग्न थाल्छ के आज बताएकै नाम साचो होला त ? फेरि अर्को दिन अर्को नाम अब कुनै पनि बुद्धिमानी व्यक्तिलाइ लाग्छ यो त असत्य हो। यसले दिएको नामहरू सही छैनन्। यदि तपाईं प्रमाण माग्नुहुन्छ ID कार्ड, लाइसेन्स, पासपोर्ट आदि, र ती सबैमा फरक फरक नाम र फोटो छन् थोरै पनि बुद्धी तपाइँ को चलिरहेको छ भने तपाईं सोचुनुहुन्छ यी सबै कुरा झुटा छन्। किन? किनभने एउटा पनि नाम अर्को सँग मेल खाँदैन जुन कुरा बारम्बार बदलिन्छ त्यो सत्य हुन सक्दैन। त्यस्तै अब विपरीत परिस्थिति सोच्नुहोस् एउटा व्यक्ति आउँछ र भन्छ मेरो नाम प्रशान्त हो।अर्को दिन पनि त्यही, एक हप्ता पछि पनि त्यही, एक वर्ष, दस वर्ष बितेपछि पनि त्यही नाम। र उसका सबै प्रमाणपत्रहरूमा ID, लाइसेन्स, पासपोर्ट मा सधैँ एउटै नाम प्रशान्त लेखिएको छ। उहाँको घरमा गएर हेर्दा पनि त्यही नाम। अब तपाईं भन्नुहुन्छ हो, अब म पक्का भन्न सक्छु उसको साँचो नाम प्रशान्त नै हो। किनभने तपाइँ संग प्रमाण छ की यो नाम कहिल्यै बदलेन, सधैँ एउटै रह्यो। र जुन कुरा कहिल्यै बदलिन्न त्यही सत्य हो। ध्यान दिनुहोस् यो त दैनिक जीवनको धेरै सजिलो उदाहरण हो, जसबाट हामी सिक्न सक्छौं कि कसरी सत्यको निर्णय गर्न सकिन्छ। पहिलो मा बारम्बार आफ्नो नाम परिवर्तन गरिरहन्छ तब तपाईंले त्यसलाई सत्य ठान्न सक्नुहुन्न, किनभने त्यो बदलिँदो कुरा हो। तर यदि उसले सधैँ एउटै नाम बतायो, सबै प्रमाणपत्रहरूमा पनि उही नाम देखियो, तपाईंले पक्का गर्नुहुन्छ त्यही साँचो नाम हो। त्यसै गरी, अब अर्को उदाहरण हेरौं किनमेलको। तपाईं एउटा सामान किन्न जानुहुन्छ पहिलो दिनको मूल्य ६०, अर्को दिनको मूल्य २० , तेस्रो दिन मूल्य 100,चौथो दिन भन्छन् फ्रीमा लैजाउ। पाँचौँ दिन मूल्य 10। अब तपाईं भन्नुहुन्छ "मुर्ख बनाइरहेछन कि क्या हो?" किनभने यो मूल्य बारम्बार बदलिन्छ, त्यसैले तपाईं विश्वास गर्नुहुन्न। तर अर्को तर्फ, तपाईंले एउटै सामान जहाँ पनि 50 मा पाउनुभयो अरुलाई सोध्दा पनि "मैले पनि 50 मा किनेको",भन्छन अनलाइन हेर्दा पनि झण्डै उस्तै छ अब तपाईंले भन्न सक्नु हुन्छ की हो, यसको साँचो मूल्य यही हो। किन? किनभने यो मूल्य स्थिर छ, खासै परिवर्तन भएको छैन। अब मानिसको स्वभावको कुरा गरौं एउटा मान्छे एक दिन मिठास देखाउँछ,अर्को दिन झगडा गर्छ, तेस्रो दिन धोका दिन खोज्छ, चौथो दिन तपाईंलाइ माया गरे जस्तो गर्छ , पाँचौँ दिन बिन्ती गर्दै पैसा माग्छ। अब यस्तो व्यक्तिलाई तपाईं साँचो मित्र भन्न सक्नुहुन्छ? कदापि सक्नुहुन्न । किनभने उसमा स्थिरता छैन। तर तपाईं कसैलाई चिन्नुहुञ्छ उ सधैँ केहि विशेष प्रकार को व्यवहार देखाउछ के गर्दा रिसाउँछ, के गर्दा खुशी हुन्छन, कस्तो कुरामा संवेदनशील छ यी सबै कुरा स्थिर छन्। त्यस अवस्थामा तपाईं भन्नुहुन्छ: "हो, म यो मानिसको साँचो स्वभाव चिन्छु। म यसमा विश्वास गर्छु।" यो सबै कुरा र उदाहरण को निचोड के हो त ? जुन कुरा बदलिँदैन, जुन कुरा स्थिर हुन्छ त्यही हो सत्य। जुन कुरा बारम्बार बदलिन्छ त्यो सत्य हुन सक्दैन। दैनिक जीवनमा केही महत्वपूर्ण कामहरू हुन्छन्, जस्तै तपाईं कुनै महँगो सामान किन्दै हुनुहुन्छ, वा जमिन किन्दै हुनुहुन्छ। मानौं तपाईंले कुनै प्रोपर्टी किन्दै हुनुहुन्छ र बेच्ने व्यक्तिले भन्छ कि यसको क्षेत्रफल ५००० वर्ग फिट छ। अब तपाईं सिधै किन्नुहुन्न, तपाईं भन्नुहुन्छ, "लाल पुर्जा देखाऊ, प्रमाण देखाऊ कि साँच्चै कति क्षेत्रफल छ र तिमीको नाममा छ कि छैन?" उसले कागज देखाउँछ, तर त्यहाँ ३००० वर्ग फिट लेखिएको हुन्छ। यस्तो देखेसी कुनै पनि व्यक्तिले त्यो जमिन किन्दैन। तर पनि तपाईं सोच्नुहुन्छ, "ल, आफै नापेर हेर्छु।" तपाईं आफै टेप लिएर नाप्नुहुन्छ, तर नापेर हेर्दा २००० वर्ग फिट मात्र निस्किन्छ। अब त पक्कै पनि कसैले किन्ने छैन। एउटा ठूलो रकम खर्च गर्नु अघि तपाईं कम्तिमा यति त चेक गर्नुहुन्छ। किनभने यत्रो फरक पर्यो, क्षेत्रफल बदलिएको छ। जहाँजहाँ तपाईं जानकारी लिन जानुहुन्छ, त्यहाँ-त्यहाँ फरक देखिन्छ। पक्कै अब त्यसमा विश्वास रहेन। अब मानौं त्यो व्यक्तिले भन्यो ५००० वर्ग फिट, लालपुर्जा पनि ५००० लेखिएको छ, सरकारी कागजमा पनि त्यही, तपाईं आफै नाप्नुभयो, त्यहाँ पनि ५००० फिट नै नापियो। अब तपाईं नाम हेर्नुहुन्छ, वकिललाई देखाउनुहुन्छ, सबै कुरा मिलेको छ। तब तपाईं किन्नुहुन्छ। किन? किनभने अब विश्वास लाग्यो कि यो कुरा सत्य हो। ध्यान दिनुहोस् यहाँ केही पनि बदलिएको छैन। हामी हाम्रो दैनिक जीवनमा यस्तै प्रकारले निर्णय लिन्छौं। जुन कुरा बदलिन्छ, त्यसमाथि विश्वास हुँदैन। भलै उसले सही वा गलत भन्न नसकोस्, तर विश्वास लाग्दैन। अब हेरौं कि महत्वपूर्ण व्यक्तिहरू जस्तै वैज्ञानिकहरू कसरी निर्णय लिन्छन्। किनकि वैज्ञानिक निकै महत्वपुर्ण व्यक्ती हुन् उनिहरु कै आधार मा दुनिया चलिरहेको छ। मानौं, एक वैज्ञानिकले कुनै प्रयोग गर्दैछन। तर हरेक पटक प्रयोगको नतिजा फरक-फरक आउँछ, कहिले यस्तो, कहिले उस्तो। उपकरणले अलग देखाउँछ, अनि फर्मुला अनुसार मिल्दैन। अनि वैज्ञानिक भन्छन, "तपाईंहरू पनि प्रयास गरेर हेर्नुहोस्।" अब संसारभरका वैज्ञानिकहरू त्यो प्रयोग दोहोर्याउँछन्, तर सबैको नतिजा फरक-फरक आउँछ। अब यस्तो अवस्थामा ती वैज्ञानिक कहिल्यै भन्दैन,की "यो सत्य हो।" उनि भन्छन, "यो नियम होइन, किनकि बदलिरहेको छ।" तर अर्को कुरा मा विचार गरौ मानौं वैज्ञानिकले प्रयोग गर्छन, र हरेक पटक नतिजा एउटै आउँछ। त्यो फर्मुलामा पनि मिल्छ, गणितले पनि पुष्टि गर्छ। संसारभरका वैज्ञानिकहरू गर्छन्, सबैको नतिजा एउटै आउँछ, ५० वर्षदेखि सबैले गरिरहेका छन्, अझै पनि उही नतिजा आउँछ। अब के भन्छन् ? अब उनीहरू भन्छन् यो सत्य हो। यिनीहरू ठूलो वैज्ञानिक, पढेका, विद्वान् व्यक्ति हुन्, तर अब तपाइँ यहा एउटै नियम देख्न सक्नुहुन्छ की निर्णय गर्ने आधार भनेको एउटै हो बदलिएन भने त्यो सत्य हो । त्यो अनुभव बदलिँदैन भने, अनि त्यसलाई नियम भनिन्छ यो प्रकृतिको नियम हो, भौतिक नियम हो।" अब त्यसलाई विद्यालयमा पढाइन्छ, त्यसमा डिग्री दिइन्छ, यति सम्म कि त्यसमाथि हाम्रो विज्ञान निर्भर हुन्छ। तर जुन दिन त्यो नतिजा बदलिन्छ अब त्यो नियम होइन, अब त्यो झूठ हुन्छ। अब अर्को नियम ले प्रतिष्थापन गर्छ यस्तै गरेर एकजना डाक्टरको कुरा गरौ। मानौं, एउटा औषधिले केही मानिसलाई निको पार्छ, तर केहीलाई गर्दैन, अनि केहीलाई त उल्टै साइड इफेक्ट हुन्छ। तब डाक्टर के भन्छ? "यो औषधि साँचो उपचार विधि होइन, सबैलाई दिइनु हुँदैन, नत्र त बिरामीको मृत्यु पनि हुन सक्छ।" अब अर्को पक्ष हेरौं कुनै औषधिले धेरैजसो मानिसलाई ठीक पार्दछ। सबै मानिसको शरीर एकै प्रकारको हुँदैन, एक-दुईलाई असर नगर्ला, तर अधिकांशलाई निको पार्दछ। अब डाक्टर भन्छ "हो, यो औषधि साँचो उपचार हो।" अनि उसले सबै लाइ त्यो लेखेर दिन्छ यो औषधि खानुस, ठीक हुन्छ। ध्यान दिनुहोस्, डाक्टरको हातमा तपाईंको जीवन-मरण छ, तर उसले पनि निर्णय यही आधारमा लिन्छ जुन कुरा बदलिँदैन, त्यो सत्य हो। त्यसैले यहाँ पनि सत्य मापन गर्ने एउटै मापदण्ड देखिन्छ "जो बदल्दैन, त्यो सत्य हो।" यस्तै गरी न्यायाधीश को अवस्था मा हेरौ । यदि कसैलाई हत्या गरेको आरोप लागेको छ भने, जज सोध्छन् गवाह (साक्षी) कहाँ छन्? अब यदि सबै प्रतक्ष्यदर्शी फरकफरक कुरा गर्छन् भने जज भन्छन् यो प्रमाणित भएन, पक्का प्रमाण छैन कि उसैले हत्या गरेको हो। किनभने कहानी मिल्दैनन्, बदलिइरहेछ। भलै ती गवाहहरूले आफ्नै आँखाले देखेका हुन् तर यदि सबैको कुरा मिल्दैन भने, त्यो मानिदैन। तर यदि सबै गवाहहरू भन्छन् हो, उसैले हत्या गर्यो, मैले आफ्नै आँखाले देखेको हुँ, र सबैको कुरा मिल्दछ भने अब जज त्यसलाई जेलमा पठाउँछन् वा फाँसी सजाय दिन्छन्। यहा ध्यान दिनुस् यो एकदमै महत्त्वपूर्ण निर्णय हो, तर यहाँ पनि निर्णय गर्नको आधार एउटै छ सबै को कुरा मिल्यो, बदलिएको छैन, त्यसैले सत्य हो। यदि औंलाको छाप पनि उसैको हो, क्यामेरामा पनि उही देखिन्छ भने जज भन्छन्, यो पूर्ण सत्य हो कि उसैले हत्या गरेको हो। त्यसैले, चाहे सामान्य जीवन होस् वा अत्यन्तै जिम्मेवारीको निर्णय, सत्य जान्ने मानदण्ड एउटै हुन्छ जुन कुरा बदलिँदैन, त्यो नै सत्य हो। तपाईं यसबारे सोच्न सक्नुहुन्छ, र जुनसुकै परिस्थितिमा हेर्नुभयो भने पनि, सत्यको यही नियम लागु हुन्छ। सत्य न त भावना (इमोशन) बाट थाहा हुन्छ, न त कसैले भन्यो भनेर, न त कतै लेखिएको छ भनेर, न त टिभीमा देखियो भनेर यी सबै कुरा पूर्ण रूपमा सत्य होइनन्। जे कुरा बदलिन्छ, त्यो झूठ हो। भने अब दर्शन वा (फिलॉसफी) र ज्ञान मार्गमा सत्य कसरी जान्ने? त्यहाँ पनि एउटै तरिका लागु हुन्छ जुन कुरा बदलिन्छ, त्यो झूठ हो। अब अर्को उदाहरण: मानौं तपाईं कुमाले को पसलमा जानुहुन्छ। त्यहाँ तपाईंले देख्नुहुन्छ माटोको घैटो, माटोको दियो, माटोको मूर्तिहरू, माटोका भाँडाकुँडा छन्। अब तपाईंलाई सोधिन्छ यीमध्ये कुन हो माटोको साँचो रूप? यदि तपाईं सामान्य मान्छे हुनुहुन्थ्यो भने भन्न सक्नुहुन्न। तर अब तपाईंलाई केही ज्ञान भइसकेको छ, त्यसैले तपाईं भन्न सक्नुहुन्छ "माटोको कुनै एक साँचो रूप छैन, माटोले रूप बदल्न सक्छ, जस्तो बनायो त्यस्तै देखिन्छ।" र जब रूप बदलिन्छ, तब त्यसको नाम पनि बदलिन्छ कहिले घड़ा, कहिले दियो, कहिले मूर्ति। निष्कर्ष जे बदलिन्छ, त्यो साँचो होइन। साँचो त त्यो हो, जुन कहिल्यै बदलिँदैन। त्यसैले छोटकरीमा तपाईं यसरी भन्न सक्नुहुन्छ नाम र रूप झूटो हो, मिथ्या हो। किनभने सबैमा एउटै चीज छ माटो।सबै घैटो, दियो, मूर्ति... जेसुकै बनेको होस्, सबैमा एउटै माटो छ। माटो तत्व हो माटो नै सत्य हो, किनकि माटो कहिल्यै बदलिँदैन। जे कुरा बदलिँदैन, त्यही नै सत्य हो। अब तपाईं कुमाले को मा गएर भन्नुहुन्छ "मलाई माटो मन पर्दैन, मलाई घैटो मात्रै देऊ।के त्यसले घैटो दिन सक्छ?" त्यसले के भन्छ? "होइन, घैटो माटोबिनाको हुँदैन। माटो त पक्कै पनि साथमा आउँछ चाहे प्लास्टिक होस्, स्टील होस् वा माटो केही न केही त हुन्छ नै।तपाइँ लाइ तत्व नै मिल्नेछ "घैटो आफैंमा अस्तित्वमा छैन। त्यो त केवल नाम र रूप हो। इन्द्रियहरूले जे देखछन त्यसलाई हामी "घैटो" नाम दिनछौ । अब यदि त्यही घैटोलाई सुनको रङमा पोत्दियो भने हामी भन्छौं, "यो त सुनको घैटो हो!" तर वास्तवमा त्यो माटो हो। यस अर्थमा इन्द्रियहरू (आँखा, कान आदि) विश्वासयोग्य छैनन्। ध्यान दिनुस दर्शन मा पनि यहि नै हो जे बदलिन्छ, त्यो सत्य होइन। रुप जे भए पनि, त्यो साँचो होइन। यसैगरी तपाईं तलाउ वा, समुद्रमा जानुहुन्छ, लहरहरू उठिरहेका हुन्छन्। के तपाईं भन्नुहुन्छ "आज लहरै लहर बाल्टिमा भरेर ल्याउँछु, त्यसैबाट नुहाउँछु?" सम्भव छ? लहर त केवल रूप हो तत्व त पानी नै हो। लहर कति प्रकारका हुन सक्छन्? असंख्य। तर ती सबै अस्थायी हुन्। पानी मात्र सत्य हो। त्यसैले हामी भन्छौं इन्द्रियहरूले नाम र रूप देखाएको त्यो सत्य होइन।जे कहिल्यै बदलिँदैन, त्यो नै सत्य हो। अब तपाइँ राम्रो संग विचार मनन गर्नुहोस् जगत (संसार), शरीर, मन यी सबै बदलिन्छन्। केही पनि यस्तो छैन जुन बदलिँदैन। त्यसैले यी सबै झूटा छन्, मिथ्या हुन्। इन्द्रियहरू बाट देखिने नै नामरूपहरू हुन्। विचार र भावना पनि नामरूपमा गनिन्छन्, किनकि त्यो पनि इन्द्रियहरू बाटै अनुभव गरिन्छ आउने, जाने, बदलिने। र जुन बदलिन्छ, त्यो झूटो हो। यो कुरा कोही अरूले भनेको मान्ने होइन, तपाईं आफैंले अनुभव तपाइँ को आफ्नै प्रयोग बाट बुझ्न सक्नुहुन्छ। तपाईंको आफ्नै अनुभव र बुद्धिबाट। अब तपाईं प्रयास गर्नुहोस् घरमै बसेर सोच्नुस् "कुन अनुभव यस्तो छ जुन कहिल्यै बदलिँदैन?" जवाफ 'साक्षी'। साक्षी भनेको तपाईं आफैं।जो देखिन्छ जो जान्न सकिन्छ त्यो असत्य हो र जसलाई जान्न सकिदैन जसले जान्दैछ जो अनुभव गर्दैछ अनुभवकर्ता त्यो नै सत्य हो। ठिक उल्टो जो आम मानिस सोच्छन त्येसको ठिक उल्टो छ आम मानिस त वस्तु शरीर मन स्मृती लाइ नै सत्य मान्छन। उनीहरुलाई थाहा पनि छैन कि उनीहरु के हुन्, र यदि तपाईंले भन्नुभयो की तपाईं त्यो जुन देखिँदैन, तब तुरुन्तै जवाफ आउछ कसलाई गफ हान्दै छौ? मनघडन्त कुरा नगर हामीलाई बेवकूफ नबानाउ । तर सत्य त ठीक त्यसको उल्टो हो। यो कुरामा सोचेर हेर्नुस्। जस्तो की मैले भनेँ प्रश्नहरू धेरै आउँछन्, तर यदि तपाईं सही बाटो समाउनुहुन्छ भने यी सबै प्रश्नहरू विस्तारै समाधान हुँदै जान्छन्। मैले तपाईंलाई अहिले सम्म कति प्रमाणहरू दिएँ, त्योभन्दा धेरै सयौं प्रमाणहरू तपाईं आफैंले पाउनुहुनेछ। अब केही मानिस भन्लान की "त्यसो भए त मेरो खाना पनि असत्य भयो!" "यदि म गुडिरहेको बस अगाडि उभिएँ भने पनि म मर्दिनँ कि?" किनकी "बस वस्तु हो, तर यो सोच ठीक होइन, यसमा विचार गर्नुस् खाना खाने शरीर पनि असत्य हो। बस अगाडि उभिएको शरीर पनि असत्य हो। अब कसैले गाली दियो दुखी नहोला की गालि असत्य हो तर तर त्यो व्यक्ति, जसलाई दुख भयो उ पनि असत्य हो। त्यो पनि माया हो, झूठो हो। तपाईं केवल दृष्टा हो। यी सबै कुरा हेर्ने तटस्थ तपाईं नै सत्य हो । एक कुरा बुझ्नुस् की इन्द्रियहरूले (जस्तै जिब्रो, आँखाले) देखाउने वा बुझाउने कुरा सत्य हुँदैन। यो कुरा म धेरै गहिराइमा जाँदिनँ, किनकि ज्ञान दीक्षा कार्यक्रम मा यो कुरा धेरै विस्तारमा प्रमाणसहित बताइञ्छ । यती धेरै प्रमाण र उदाहरण छन् कि तपाईं लाइ दिक्क लाग्न्सक्छ ।तर यहाँ एक सानो उदाहरण दिन्छु मान लिउँ तपाईंले चिया पिउनुभयो, चिया तपाईंलाई मीठो लाग्यो। किनकि चिया बनाउँदा चिनी हालिएको थियो। तर एक दिन तपाईंले चिया पिउनु अघि लालमोहन खानुभयो।अब चिया पिउँदा तपाईंले भन्नुहुन्छ "चिया त आज बिल्कुलै फिक्का छ!" "शायद आज चिनी नहालेको हो की ।" तर होइन, बनाउने मान्छे ले भन्नेछन तपाईंले लड्डु खाइसक्नु भयो, त्यसैले तपाईंको जिब्रोले चिया फिक्का भन्यो।" त्यसैले यसको बुझाइमा भर पर्न सकिन्न। अब सोच्नुस् सधै चिया मीठो लाग्थ्यो, तर आज किन फिक्का लाग्यो? जुन जिब्रो चिया लाइ सधै गुलियो भन्थ्यो आज किन फिक्का भन्दैछ जस्तै तपाईलाई ज्वरो आएको छ, बिरामी हुनु भएको छ, अब त्यो जिब्रोले कुनै पनि चिजमा स्वाद छैन भन्छ, सबै चिज तीतो लाग्छ। यो यस्तै कुरा हो जस्तो कसैले आफ्नो नाम फेरिरहेको छ, कुनै चिजको मूल्य फेरिई रहेको वा वैज्ञानिकको प्रयोगको नतिजा अलग अलग आइरहेको छ, त्यसै गरी जिब्रो ले पनि फरक कुरा भन्न थाल्छ। ध्यान दिनुहोस् की जीब्रो जे भन्छ, त्यही अनुभव हुन्छ। सिधै गुलियोको अनुभव हुदैन। जिब्रोले जे भन्यो, त्यही हामी अनुभव गर्छौं। अब जिब्रो फरक फरक भन्छ। त्यसैले भन्न सकिन्छ फेरिएको कुरा झूट हो। अब त्यी गुलियो हो या फिक्का ? हाम्रो अनुभव इन्द्रिय को भर मा छ। यही कुरा अरू सबै इन्द्रियमा पनि लागू हुन्छ। अहिले तपाईको अगाडि जुन वस्तु राखिएको छ, त्यो वस्तु तपाई आफैले देखिरहनु भएको होइन, तपाई त्यो देखिरहनु भएको छ जुन इन्द्रियहरूले बताइरहेका छन्। यस कुरामा पनि राम्रो संग बसेर सोच्नुहोस् मलाई वस्तुहरू देखिँदैनन्, म इन्द्रियबाट आएको संकेत देख्छु। म त केवल इन्द्रियबाट प्राप्त संकेतको अनुभव गरिरहेको छु त्यसभन्दा बाहिर अरू कुनै अनुभव छैन। चाहे त्यो भौतिक होस्, मानसिक होस्, या भित्रि कुनै अनुभूति होस् अरू केही छैन। जसरी तपाई मनको गहिराइमा जानुहुन्छ, अनुभवहरू बदलिन थाल्छन्। जस्तै, यदि तपाईं मांसाहारी हुनुहुन्छ भने, काटिएको जनावर देख्दा तपाईको मुखमा पानी आउँछ तपाईलाई लाग्ला, "यो त मेरो खाना हो।" तर यदि तपाईं शाकाहारी हुनुहुन्छ भने, तपाई त्यो हेर्नै सक्नुहुन्न। अब सोच्नुस त्यो काटिएको जनावर स्वादिलो हो या होइन? अथवा त्यो गन्हाउँछ? तपाईं स्पष्ट भन्न सक्नुहुन्न। ध्यान दिनुहोस् त्यो सबै झूठ हो। त्यो मानिसको सोच, बानी, प्रशिक्षण हो। जसले सानैदेखि मासु खाएको हो, त्यसैले उसलाई स्वादिलो लाग्छ। त्यस्तै एउटा गीत तपाईलाई मन पर्न सक्छ, तर अर्को व्यक्ति लाइ लाग्न सक्छ यो के चिच्याएको, कराएको छ बन्द गर! तपाईलाई त्यो मधुर संगीत लाग्छ, भने अर्को लाग्न सक्छ बेकार को हल्ला रोना धोना ।" अब त्यो मिठो छ कि हल्ला हो के भन्न सकिन्छ? यहाँ मतभेद भयो। त्यो संगीत पनि केही होइन, त्यो तपाईंको मनले तपाईंलाई भनिदिएको हो, इन्द्रियहरूले त्यसलाई पुष्टि गरिदिएका हुन्, अनि तपाईंले त्यसलाई सत्य मान्नुभयो। त्यस्तै, एउटा रंग तपाईलाई मन पर्न सक्छ, अर्कोलाई लाग्छ नराम्रो। एउटा लुगा तपाईलाई मन पर्छ, अर्कोलाई मन पर्दैन। एउटा चित्रकला हेरेर तपाईं भन्नुहुन्छ "कति राम्रो कला!" अर्को भन्छ "यो त रङ को सत्यानाश। यसलाई कला भन्नु?" ध्यान दिनुहोस् जति तपाईं मनभित्र जानुहुन्छ, जति सूक्ष्मतर्फ जानुहुन्छ, त्यति नै सत्य फेरिन थाल्छ। तर जति तपाईं भौतिकताको नजिक जानुहुन्छ, त्यति नै सबै कुरा सत्य लाग्न थाल्छ। तपाईंले अब यसबारे सोच्नुपर्छ जे पनि अनुभव भइरहेका छन् परिवर्तित छन् फेरिन्छन्, तिनीहरूमा मतभेद हुन्छ।यी सबैमा केही पनि सत्य छैन। तर हेर्नुस, यी सबै कुरालाई हेर्ने जो "साक्षी" छ त्यो मात्र सत्य हो। यही हो मायाको ज्ञान। तर म बुझ्छु ,यसमा धेरै प्रश्न उठ्नेछन् उठ्नु पनि पर्छ । जो यो प्रारम्भिक त्रिज्ञान गर्छ, र बुद्धिमान छ, भने प्रश्न आउछ। तर ज्ञानमार्गमा सबै उत्तरहरू पाइन्छन्। हो, यदि उत्तर नपाइएमा, सन्तुष्टी नमिले मा वा मार्ग सही नलागेमा छोड्नु पर्छ अरू कुनै मार्ग बाट आफ्ना प्रश्न को समाधान वा आध्यात्म को मार्ग तय गर्नुपर्छ । किनभने अध्यात्म मा जबरजस्ती भन्ने हुँदैन। अध्यात्ममा प्रत्येक व्यक्तिले आफ्नो इच्छाअनुसार विश्वास वा मार्ग तय गर्न सक्छ । तर यहाँ प्रमाण यति स्पष्ट रूपमा दिइन्छन् कि हामीले बुझ्न सक्छौं सत्य के हो र के होइन। हामीले यती बुझिसकेका छौं की असत्य के हो, माया के हो। तर यसलाई माया किन भनिन्छ? किनभने त्यो देखिन्छ तर वास्तवमा हुँदैन। त्यसैले उसको नाम माया हो। जुन कुरा वास्तवमा छैन, तर देखिन्छ त्यही माया हो। प्रतित हुन्छ वा आभाष हुन्छ तर भ्रम हो। तपाईं संसारको जुनसुकै कुनामा जानुहोस्, वा जुनसुकै समयमा जानुहोस् प्राचीन कालदेखि आजसम्म तपाईंलाई एउटै कुरा देखिन्छः अलगअलग प्रकारका अनुभवहरू देखिन्छन्, अनि ती अनुभवहरूलाई हेर्ने "साक्षी" पनि देखिन्छ। त्यसैले हामी भन्छौं यस सम्पूर्ण अस्तित्वमा, सम्पूर्ण सृष्टिमा, यो सम्पूर्णता मा केवल दुई कुरा छन् अनुभवहरू र ती अनुभवहरूको साक्षी। त्यसबाहेक अरू केही छैन। अनुभव पनि तीन प्रकारका हुन्छन् संसार जसलाई हामि जगत भन्छौ, शरीर र मन। अहिलेको यो क्षणमा यिनै तीन अनुभवहरू छन्, यही सम्पूर्णता हो, यही सबै कुरा हो। तर केही मानिसहरूले यो कुरा स्वीकार नगर्न सक्छन। भन्छन्, "तपाईंले यो कुरा छुटाउनु भयो, त्यो शास्त्र त यो कुरा पनि लेखिएको छ।" होला, ठीकै हो, तर जुन दिन तपाईं त्यो कुरा प्रत्यक्ष अनुभव गर्नुहुन्छ, त्यही दिन त्यो कुरा तपाईंको अगाडि आउँछ। त्यो तपाईंको अनुभव हुनेछ। फेरि कसैले भन्ला, "तपाईंले यो कुरा छुटाउनु भयो जसलाई अनुभव हुदैछ " हो त्यो नै साक्षी हो। त्यसैले यी दुबै अनुभव र साक्षी बाहेक अस्तित्वमा अरु केही छैन।सामान्य भाषा मा भन्दा एउटा देखिने र अर्को देख्ने बाहेक केहि छैन। अस्तित्व भन्नुको अर्थ के हो? सबै कुरा, सम्पूर्णता । सारा अनुभवहरूलाई एकसाथ जोड्नुहोस् भूतकाल, वर्तमान, भविष्य, सुख-दुःख, राम्रो-नराम्रो, नैतिक-अनैतिक, यो लोक, परलोक, यस्तो लोक, उस्तो लोक, नदी, पहाड, कीरा, पुतली, मानिस, देवता शास्त्र मा चर अचर भन्छ नी सबैलाई एकसाथ राख्नुहोस्। यी सबैमा या त कुनै न कुनै प्रकारको अनुभव हुनेछ, या त्यो चीज भन्नेछ "मलाई अनुभव भइरहेको छ", अर्थात् त्यो साक्षी हुनेछ। यसरी हेर्दा अस्तित्वमा केवल दुई कुरा छन् अनुभव र साक्षी। अब तपाईंले देख्नुभयो ती अनुभवहरू त झूठ हुन्, किनभने ती सधैं बदलिरहेका छन्। तर साक्षी सत्य हो त्यो तत्त्व हो, जो कहिल्यै बदल्दैन। त्यसैले सम्पूर्णता यी दुई मिलेर बनेको छ अनुभव (बदलिने भाग) र साक्षी (स्थायी भाग)। र त्यो सम्पूर्णताको मूल तत्त्व पनि साक्षी नै हो। "साक्षी" भन्नाले म स्वयं। मलाई नै साक्षी भनिएको हो। तर चाहनुहुन्छ भने "म" भन्ने शब्द हटाउन पनि सक्नुहुन्छ, केहीलाई त्यो शब्द मन नपर्न सक्छ। तर तत्त्वतः साक्षी नै सत्य हो। किनभने सम्पूर्ण अस्तित्व यही हो एउटा भाग जो सधैं बदलिन्छ (अनुभव), र अर्को जो स्थिर छ, स्थायी छ (साक्षी)। यो ठीक त्यस्तै हो जस्तो एउटा सिक्कामा दुई पाटा हुन्छन्, तर सिक्का त एउटै हो। यसरी नै अस्तित्वमा दुई पाटा छन् अनुभव र साक्षी तर सम्पूर्ण अस्तित्व त एउटै हो। अब हामी अर्को उदाहरण लिन्छौं जस्तै माटो र घैटो । त्यस समय माटोले घैटोको रूप लिएको हुन्छ। तर त्यो माटो नै कहिले ईटा बन्न सक्छ, कहिले मूर्ति बन्न सक्छ, अनेक किसिमका रूपहरू लिन सक्छ। यदि माटो भिजेको छ भने झन् सजिलैसँग रूप फेरिन्छ। त्यो रूपहरू बदलिन्छन्, नामहरू बदलिन्छन् तर तत्व उही माटो हो। घैटो र माटो वास्तवमा दुई छुट्टाछुट्टै चीज होइनन्। तपाईं घैटोलाई माटोबाट अलग गर्न सक्नुहुन्न, न त माटोलाई घैटोबाट अलग गर्न सकिन्छ किनभने दुबै एकै हुन्। यही तरिकाले, अनुभव र साक्षी पनि एकै हुन्। जस्तो माटो र घैटो अलग छैनन्, त्यसै गरी अनुभव र साक्षी पनि वास्तवमा अलग छैनन्। संपूर्ण अस्तित्वको मूल तत्व पनि साक्षी नै हो। अरु केही पनि छैन यहा। इन्द्रियहरूले जुन अनुभवहरू दिन्छन्, ती सबै परिवर्तनशील छन्, र त्यसैले मिथ्या हुन्। अन्त्यमा जुन कुरा अस्तित्व मा भन सकिन्छ साँचो हो, जुन स्थायी छ, जुन बदलिँदैन त्यो साक्षी हो। जस्तो हाम्रो पुरानै उदाहरण लिनुस् काठको टेबल । टेबलको रूप, बनावट, प्रयोग सबै परिवर्तन हुन सक्छ, तर त्यो त काठको टेबल हो।" काठ त परिवर्तन हुँदैन। त्यसै गरी, अस्तित्वमा जतिसुकै नामरूप बदलिए पनि,"यसको तत्व त साक्षी नै हो।" तपाइँ भन्न सक्नुहुन्छ त्यो साक्षी नै "म" हुँ। त्यसैले सम्पूर्ण अस्तित्व नै म हो। सम्पूर्णता नै म हुँ। यो कुरा विश्वास गर्न गाह्रो पर्छ, तर जब तपाईं यस विषयमा गहिरो विचार गर्नुहुन्छ, चरण बद्ध गर्दै बुझ्दै जानुहुन्छ भने मात्र थाहा हुन्छ। अचानक कुनै दिन कसैले तपाईंलाई भनिदियो "सबै तपाईं नै हुनुहुन्छ," तब तपाईं सायद मान्नुहुन्न। त्यसैले गुरुले विस्तारमा बुझाउनुपर्छ तब मात्र बुझिन्छ। यो विषयमा तपाईं जति विचार गर्दै जानुहुन्छ, झन् स्पष्ट हुँदै जान्छ। शंका समाधान गर्ने काम गुरुले गर्छ किताबहरूले होइन।किताब ले प्रेरणा दिन सक्छन अझ धेरै प्रश्न उब्जाउन सहयोग गर्न सक्छन जुन राम्रो पनि हो र अर्को तरिका पनि छ बुझ्न को लागि कि सबै कुरा एउटै किन हो? र त्यो म नै किन हुँ? यहाँ पनि अनुभवबाट थाहा पाइँदैन। किनभने मान्छे हो, अनि मान्छेलाई सबै कुरा अनुभव गराउन सम्भव छैन। तर हाम्रो बुद्धिको प्रयोग गरेर केहि कुरा जान्न सकिन्छ। अहिलेको समयमा, यो कुरा जान्नु आवश्यक छ अहिले साधक को रुपमा वा मनुष्य रुप मा जती जान्न सम्भव छ त्यो जरुरी छ बाँकी कुरा त पछि प्रगति हुँदै जाँदा थाहा हुन्छ नै। ज्ञान मार्गमा एउटा नियम अनुसार भन्न सकिन्छ यदि दुई वस्तुहरू सधैं एकैसाथ पाइन्छन्, एक बिना अर्को कहिल्यै देखिँदैन, र दुबै बीच न त समयको दूरी हुन्छ, न त स्थानको भने त्यो दुवै एउटै हुन्। हामी यही तर्कको आधारमा भन्छौं अनुभव र साक्षी वास्तवमा अलग होइनन्, एउटै हुन्। जस्तो मैले उदाहरण दिएको कागजको कुरा गरौं। कागजको एउटा पाटो छ, अनि अर्को पाटो पनि छ। तर ती दुई अलग होइनन्, एउटै कागजका दुई पाटो मात्र हुन्। किनभने ती दुईबीच कुनै दूरी छैन। तपाईँले पेज नम्बर १ र पछाडी को पेज नम्बर २ छुट्याएर अलग राख्न सक्नुहुन्न दुबै एउटै छन्। त्यस्तै, सिक्काको पनि दुई पाटो हुन्छ अगाडि र पछाडि। ती बीचमा पनि कुनै दूरी छैन। एक बिना अर्को पाइँदैन। यसैगरी, माटो र घैटो पनि छुट्टाछुट्टै होइनन्। मानौं, माटोले त्यो समय घैटोको रूप लिएको छ भने त्यसमा पनि माटो र घैटो बीच कुनै दूरी छैन। तपाईं कहिल्यै यस्तो देख्नुहुन्न कि पहिले घैटो देखियो, अनि केहि घण्टापछि माटो देखियो। त्यस्तो हुदैन , सँगसँगै देखिन्छ। त्यस्तै, तपाईं यो पनि कहिल्यै देख्नुहुन्न कि पहिले माटो देखियो अनि पछि घैटो देखियो। यी दुबै सधै एकसाथ नै छन्। अब तपाईं भर्खर नै आफैं परीक्षण गर्न सक्नुहुन्छ तपाईं र तपाईंले देखिरहनुभएको दृश्यबीच कति दूरी छ? तपाईं छुट्टै हुनुहुन्छ कि उ दृश्य छुट्टै छ? के एउटा कुरा अर्काबिना देखिन्छ? के ती दुई एकअर्काबाट अलग छन्? अब यहा धेरैजसो मानिसहरू शरीरबाट टेप लगाएर दूरी नाप्ने वा त्यसैगरी सोच्न थाल्छन् शरीरबाट त्यो वस्तुसम्म कति दुरी छ भनेर। तर ध्यान दिनुस् शरीर पनि वस्तु नै हो। एउटा कुर्सी र टेबलबीच, दुई पर्खालबीच, शरीर र ढोकाबीच दूरी हुन सक्छ तर ती सबै वस्तुहरू हुन्। तर मैले तपाईंलाई सोधेको "तपाईं" त्यो साक्षी हो, दृष्टा हो, आत्मा हो शरीर होइन। अब त्यो साक्षी र दृश्य (जसलाई तपाईंले देखिरहनु भएको छ) बीच दूरी नाप्न सकिँदैन। किनभने दृश्य त इन्द्रियबाट आएको भ्रम हो, मिथ्या हो। त्यसैले अब तपाईंले घरमै बसेर यो विचार गर्न सक्नुहुन्छ साक्षी जहाँ छ, त्यहीं साक्ष्य (दृश्य) पनि छ। दृष्टा जहाँ छ, त्यहीं दृश्य पनि देखिन्छ। अनुभव जहाँ हुन्छ, अनुभव गर्ने अनुभवकर्ता पनि त्यहीं हुन्छ। यसले देखाउँछ साक्षी र दृश्य पनि अलग होइनन्। ती एउटैमा समाहित छन्।यस कुरामा ध्यान दिनुस। शरीरलाई बिर्सिनुस, मनलाई पनि यो पनि वस्तु नै हो । कुनै मानसिक कुरा हु ? होइन, त्यो पनि होइन। यी सबै कुरा म होइनन्। म साक्षी हुँ यी सबै कुरा त मेरो सामुन्ने प्रकट भएका छन्, तर टाढा छैनन्। यस्तो होइन की त्यो १० मिटर, १ मिटर वा १ इन्च पर छ यी बीचमा कुनै पनि दूरी छैन। के अनुभव साक्षी बिना हुन सक्छ? सक्दैन। तपाईंको जीवनमा कहिल्यै यस्तो हुँदैन कि केवल अनुभव मात्रै भइरहन्छ, तर अनुभव गर्ने छैन साक्षीबिना अनुभव सम्भव छैन। त्यस्तै, कहिल्यै यस्तो पनि हुँदैन कि साक्षी त छ, तर केही देखिएको छैन वा केहि अनुभव छैन ।सधैं कुनै न कुनै अनुभव भइरहेको हुन्छ। त्यसैले अनुभव र साक्षी सधैं सँगसँगै हुन्छन्। ती बीच न त समयको दूरी हुन्छ, न ठाउँको। त्यसैले ती एउटै हुन् दृश्य र दृष्टा एउटै हुन्। अनुभव र साक्षी एउटै हुन्। जसरी पानी र लहर छुट्टाछुट्टै छैनन्। लहर पानीको स्वरूप हो, पानीले नै लहर बनाएको हो। त्यसैगरी माटोले घैटो को रुप लिन्छ , सुनले गहना बनाउँछ। यस्ता धेरै रूपहरू देखिए पनि, सबैको वास्तविकता एउटै हुन्छ जस्तै गहनाको मूल तत्त्व सुन हो। त्यसैगरी, मैले नै सबै रूप लिएको हुँ। साक्षीले नै सबै रूपहरू लिएको हो। किनभने साक्षी र रूप छुट्टाछुट्टै होइनन् तिनीहरू एउटै हुन्। तर ती रूपहरू सबै झूटा हुन् मिथ्या हुन्। मेरो सत्य रूप साक्षी हो त्यो अरूप हो, रूपहीन हो, शून्य हो। र यसै शून्यले सबै रूपहरू लिएको हो, किनभने अरू केही हुन सक्दैन। त्यसकारण हामी भन्छौं सबै कुरा सपना जस्तै हो। हामी नै सपना हौं, र सपना हेर्ने पनि हामी नै हौं। अन्ततः सपना र सपना हेर्ने दुवै एउटै हुन्। म नै सपना हुँ, म नै सपना देख्ने पनि हुँ। अस्तित्व म नै हुँ। अस्तित्वभित्र जुन कुरा देखिन्छ, जुन अनुभव हुन्छ र जसले अनुभव गर्छ त्यो सबै म नै हुँ। यस अस्तित्वलाई संस्कृतमा ब्रह्म भनिन्छ। र यो बुझाइ नै ब्रह्मज्ञान हो। अब तपाईं बुझ्न सक्नुहुन्छ किन एउटै मात्र साक्षी छ ? किन दृष्टा एउटै छ ? किन अस्तित्व एक मात्रै हो र दसबीस अस्तित्वहरू छैनन् ।र अनुभव कसलाई भइरहेको छ ? सम्पूर्ण अस्तित्वलाई। मानिसले अनुभव गर्छ भन्ने होइन मानिस स्वयं नै अनुभव हो। त्यसैले दुई होइन, केवल एकै छ। यसलाई अद्वैत भनिन्छ। यस दर्शनलाई अद्वैत दर्शन वा अद्वैत वेदान्त भनिन्छ। र यो ज्ञान मार्गको सार हो अद्वैत वेदान्त अब जान्नका लागि बाँकी के रह्यो त ? तपाईंले सबै कुरा जानी नै सक्नु भयो। यसैलाई नै संपूर्णता भनिन्छ। ध्यान दिनुहोस् यस संपूर्णता कै नाम हो "अस्तित्व"। जब सबै कुरा बुझिन्छ , तब थाहा हुन्छ "म स्वयं तत्व हुँ", "म साक्षी हुँ"। जसले आफैलाई चिन्न सफल भयो, उसले नै सबै कुरा चिन्न सफल भयो। म कुनै अनुभव होइन, जुन आउँछ र जान्छ। म सानो साक्षी पनि होइन, जुन कहिले देखिन्छ कहिले हराउँछ। अह होइन म नै सबै हुँ पूर्णता हुँ, पूर्ण अस्तित्व हुँ अहिले मनुष्य स्वरूपमा देखिइरहेको छु। अहिले जुन यो कुरा सुन्दैछ, त्यो साक्षी हो। तर जसको माध्यमबाट यो सुनिँदैछ त्यो मानव शरीर एउटा यन्त्र हो। त्यो यन्त्र के सुन्दैछ, के बोल्दैछ, के देख्दैछ ती सबै झूट हुन्, भ्रम हुन्। यत्तिनै जान्न सकिन्छ। यही नै ज्ञान हो। यो बुझाइ नै ब्रह्मज्ञान हो। त्यसैले तपाईंले आत्म-ज्ञान पाउनुभयो, माया-ज्ञान पाउनुभयो, र ब्रह्मज्ञान पनि पाउनुभयो। हो तर यदि अझै तपाईंसंग केही प्रश्न वा शंका छन् भने, "ज्ञान-दीक्षा" कार्यक्रमबाट जान्न सक्नुहुन्छ। अझै जिज्ञासा भएमा "सत्सङ्ग" मा आउन सक्नुहुन्छ। म पनि प्रयास गर्नेछु तपाईंलाई बुझाउने। म बताउन सकिन भने पनि, चिन्ता नगर्नुहोस् हजारौं वर्षदेखि ठूला-ठूला गुरु ऋषि मुनिहरूले पनि यही प्रयास गर्दै आएका छन्। अन्ततः सबै यही बुझाइमा आइपुगेका छन्। कोइ न कोइ हुनेछ तपाइँ लाइ बताउने। यदि तपाईं ज्ञान मार्ग अपनाउनुहुन्छ भने, ध्यान दिनुहोस् यो मार्ग यही पुगेर समाप्त हुन्छ। ब्रह्मज्ञान भन्दा अघि जान्नु केही छैन। त्यसो भए "अब म के बनूँ ?" तपाईं नै ब्रह्म हुनुहुन्छ। अब तपाईं केही बन्न सक्नुहुन्न। यसभन्दा ठूलो केही हुँदैन। नाइँ यो मनुष्य हु, म केही प्रगति गर्छु" तर त्यो सब झूट हो। त्यो मानिस भन्ने कुरा पनि भ्रम मात्र हो। त्यो अन्ततः माटोमै जान्छ। त्यसैले न साधना छ, न प्रगति, न केही विशेष । "तर म राम्रो मानिस बन्न चाहन्छु" अवश्य, तपाईं प्रयास गर्नुहोस्। तर थाहा पाउनुहोस् त्यो एउटा सपना हो। हो, त्यो सपना सुन्दर, राम्रो बनाउन सक्नुहुन्छ, तर त्यो सत्य हुने छैन। सत्य त पहिलेदेखि नै छ जुन पूर्ण छ, जुन अटल छ। त्यसलाई हामि ले बनाइँदैन, बदलिँदैन किनकि त्यो पहिले नै पूर्ण रूपमा बनिसकेको छ। "म यो योनी (जन्म) मा जान चाहन्छु" होइन, तपाईं आफैं नै सबै हुनुहुन्छ। कहा जानुहुन्छ जन्म लिन ? यहीँ ज्ञानको अन्त्य हुन्छ वेद अन्त यही हो। तपाईंको त्रिज्ञान को पनि यही अन्त्य हुन्छ । कार्यक्रममा भाग लिनुभएकोमा सबै लाइ धेरै-धेरै धन्यवाद। नमस्कार।
Share This Article
Like This Article
© Gyanmarg 2024
V 1.2
Privacy Policy
Cookie Policy
Powered by Semantic UI
Disclaimer
Terms & Conditions