Wise Words
त्रिज्ञान : नेपाली प्रश्नोत्तर भाग १
रोशन
त्रिज्ञान : नेपाली प्रश्नोत्तर भाग १ **(यो आलेख तरुण प्रधानज्यूद्वारा 'बोधी वार्ता' हेतु प्रकाशित दृश्य सामग्री को नेपाली रूपान्तरण मात्र हो; यसको मुख्य अभीष्ट ज्ञानको विस्तार र संरक्षण गर्नु हो। यसमा रहेका कुनै पनि त्रुटिहरूका लागि हामी क्षमाप्रार्थी छौं र साथै मूल्यवान् सुझावहरूको अपेक्षा गर्दछौं। यस ज्ञानवर्धक सामग्रीलाई थप प्रसारको उद्देश्यका लागि दृश्य सामग्री वा पुनर्लेखन गर्न पूर्ण स्वतन्त्रता प्रदान गरिएको छ।)** बोधि वार्तामा तपाईंहरू सबै लाइ स्वागत छ। दर्शकलाई म मेरो नमस्कार अर्पण गर्दछु। मलाई आशा छ कि त्रिज्ञानको भिडियो सबैलाई मन पर्यो , सबैका लागि लाभदायक रह्यो । यो एक अद्भुत घटना हो जुन यस संसारमा, पहिले कहिल्यै भएको थिएन, र यो गुरुजनहरूको कृपाबाट सम्भव भएको हो। मेरो सौभाग्य हो कि म यसको माध्यम बन्न सकें। र यो कार्य अहिले पनि जारी छ र अगाडि पनि जारी रहनेछ। त्रिज्ञान प्राप्त गरेपछि, वा त्रिज्ञानको क्रममा, साधकहरूको मनमा धेरै प्रश्नहरू आउँछन्, धेरै शङ्काहरू जन्मिन्छन्। र आज म तीमध्ये केही प्रश्नहरूको उत्तर दिने प्रयास गर्दैछु। शायद एउटा भिडियोले पुग्दैन होला, त्यसैले यस्ता दुई-चार भिडियोहरू अझै हुनेछन्। यो एक सानो प्रयास हो तर अत्यन्तै महत्वपूर्ण छ। ध्यान दिनुहोस् कि म सबै कुरा जान्दिनँ। सबै प्रमाण, सबै तर्कहरू म जान्दिनँ। म त्यत्ति मात्र जान्दछु जतिले मलाई सन्तुष्टी मिल्यो, जतिले यो बुद्धि शान्त भयो। धेरैजसो साधकहरू यस्ता छन् जसलाई यसमा सन्तुष्टि नहुन सक्छ, तर यो चिन्ताको विषय होइन। हाम्रो देशमा धेरै महापण्डितहरू छन्, महाज्ञानीहरू छन्, अत्यन्तै महान् गुरुहरू छन्। यदि मैले उत्तर दिन सकिनँ भने, तिनीहरूले अवश्य दिनेछन्। अर्को एउटा कुरा ध्यान दिनुहोस् की यदि तपाईंलाई उत्तर प्राप्त भएन भने यसको अर्थ दर्शन गलत छ भन्ने होइन, या यो मार्ग गलत छ भन्ने पनि होइन। यसको अर्थ के हो भने तपाईंले पर्याप्त प्रयत्न गर्नु भएन होला, सायद एकपटक प्रयास गर्नुभयो, एउटा भिडियो हेर्नुभयो, दुईवटा भिडियो हेर्नुभयो, र तपाईंको शंका समाधान भएन, अनि हार मान्नुभयो। त्यसैले प्रयास जारी राख्नुहोस्, मार्गमा निरन्तर लागिरहनुहोस्। मबाट जति सकियो, मैले सहयोग गरेको छु, सबै साधकहरूको सेवा गर्ने प्रयास गरेको छु। र यो प्रश्नउत्तर पनि मेरो सानो प्रयास हो, जसलाई मैले सबै साधकहरूको सेवामा समर्पित गरेको छु। आशा छ, यसबाट तपाईंलाई लाभ हुनेछ, धेरैजनाका प्रश्नहरू शान्त हुनेछन्। र यो उनी शिक्षकहरूका लागि पनि उपयोगी हुनेछ जो त्रिज्ञानको शिक्षा दिइरहनु भएको छ। र यो भविष्यका लागि पनि एक अभिलेख हुनेछ जो म नहुँदा पनि सबैको काममा आउनेछ। मेरो दृष्टिमा यो सब यति महत्वपूर्ण छ कि म यसलाई जनजनसम्म पुर्याउने हरेक सम्भव प्रयास गरिरहेको छु। तपाईंले केही लेखेर राख्न आवश्यक छैन। यी प्रश्नउत्तरका मुख्य बुँदाहरू प्रकाशित हुनेछन्, जसरी त्रिज्ञान पनि लिखित रूपमा हाम्रो वेबसाइटमा प्रकाशित गरिएको छ। र यदि दर्शकहरूले कुनै प्रश्नहरू राख्न चाहनुहुन्छ भने, मलाई सन्देश पठाउन सक्नुहुन्छ। यदि मलाई त्यसको उत्तर थाहा भयो भने, म निश्चय त्यस विषयमा भिडियो बनाउने प्रयास गर्नेछु। आज हामी आत्मज्ञानसँग सम्बन्धित केही प्रश्नहरू लिनेछौं, र यहाँ हामीले एउटा सामान्य साधकको बुझाइमा सजिलै हुनेगरी भाषाको प्रयोग गरेका छौं। हामीले त्रिज्ञानमा पनि धेरै गाह्रो भाषा प्रयोग गरेका छैनौं, किनकी कुनै वरिष्ठ वा अनुभवी साधक ले त त्रिज्ञान गर्न चाहँदैन, उनीहरूलाई त पहिल्यै सबै ज्ञान हुन्छ। नयाँ-नयाँ व्यक्ति मात्र त्रिज्ञानमा आउनेछन्, र उनीहरूका लागि कठिन संस्कृत आदि शब्दहरूको प्रयोग त्यति उपयुक्त हुँदैन। यहाँ साक्षी, अनुभवकर्ता, दृष्टा वा म म स्वयं यी सबैलाई पर्यायवाची मानिएको छ, एउटै कुरा मानिएको छ। जहाँसम्म सकियो, मैले संस्कृत वा कठिन नेपालि शब्दहरूको प्रयोग गरेको छैन, त्यसैले बुझ्न सजिलै हुनेछ। र मैले कुनै जटिल तर्कहरू पनि प्रयोग गरेको छैन, जस्तो की शास्त्रहरूमा पाइन्छन्, तिनीहरूको प्रयोग मैले जानी जानी नै नगरेको हु। जसलाई चासो छ, रुचि छ, उहाहरूले पछि गएर अध्ययन गर्न सक्नुहुन्छ। र जहाँजहाँ सम्भव भयो, मैले उपमा वा उदाहरणहरू मार्फत बुझाउने प्रयास गरेको छु। त्यसलाई प्रमाण त मान्न सकिँदैन, तर तपाईँ जुन चरणमा हुनुहुन्छ, जुन तहमा हुनुहुन्छ, त्यहाँका सामान्य साधकहरूको लागि यो उपमा, उदाहरण, चित्रण आदि धेरै नै व्यवहारिक छ उपयोगी छ । र जो पण्डित बन्न चाहनुहुन्छ, पक्कै पनि शास्त्रहरूको अध्ययन गर्नुहोस्। र म त पण्डित होइन। यदि तपाईंले मसँग सोध्नुभयो भने, म भन्न असमर्थ छु । यो रह्यो त्रिज्ञान प्रश्नोत्तरको भूमिका। पहिलो प्रश्न जुन प्रायः सोधिन्छ आत्मज्ञानपछि, त्यो हो म शरीर होइन तर म शरीर बिना पनि छु, यसको प्रमाण कसरी पाइन्छ? ठिक छ, नेतिनेति विधिबाट तपाईंले देखाइदिनु त भयो कि म यो होइन, त्यो होइन। तपाईंका दुई नियम पनि बुझ्न आयो। तर अब यो पनि बताइदिनुहोस् कि यदि शरीर पूर्ण रूपमा हटाइयो भने पनि म छु भन्ने प्रमाण के हुनेछ? एक कुरा ध्यान दिनुहोस् यदि तपाईंले त्रिज्ञानको भिडियो हेर्नुभएको छैन, वा त्रिज्ञान कार्यक्रम गर्नु भएको छैन भने, यहाँ के भनिएको छ त्यो सायद तपाईंलाई बुझ्न गाह्रो पर्न सक्छ। त्यसैले, कृपया पहिला त्यो भिडियो हेर्नुहोस्। यहाँ सोधिएको प्रश्न निकै तार्किक छ तपाईंले भन्नुभयो म वस्तु होइन, र वस्तुहरू हटेपछि पनि म छु। यो कुरा त प्रमाणित हुन्छर सजिलै बुझिन्छ। तर अब यो प्रमाण लिन कसरी सम्भव हुन्छ कि शरीर पूरै हटेपछि पनि म छु ? किनभने यदि शरीर नै हटाइयो भने, म त मरेर जान्छु। अब बताउनुस की शरीर बिना, म कहाँ छु? वा म छु कि छैन? ध्यान दिनुहोस् कि तपाईं शरीर बिना नै हुनुहुन्छ। जसै हामी भन्छौं नी "म शरीर होइन", त्यसको अर्थ यो पनि हुन्छ कि शरीर मेरो पनि होइन। शरीरसँग मेरो कुनै सम्बन्ध छैन, म शरीरभित्र पनि छैन र शरीरबाहिर पनि । शरीर परिवर्तनशील अनुभूति मात्र हो, र म त्यो अनुभूतिको साक्षी हुँ। यहाँ सम्बन्ध केवल दृश्य र दृष्टाको हो निर्भरताको होइन। अर्थात् म शरीरमा निर्भर छैन, म त पहिले देखि नै शरीर बिना नै छु। किनभने शरीर सधैं परिवर्तन हुँदै जान्छ, तर म भने स्थिर छु, अटल छु। यसरी, मेरो आत्मनिर्भरता, मेरो स्वतन्त्रता प्रमाणित हुन्छ। तर यहाँ एक अनौठो कुरा के छ भने म बिना शरीर छैन। यदि म साक्षी हुँदैनथें भने, शरीर हुनुनहुनु नै अर्थहीन हुन्थ्यो। असली प्रश्न त उल्टो हुनुपर्थ्यो की शरीर म बिना पनि छ? यसको के प्रमाण छ? यो धेरै तार्किक प्रश्न हो बरु। शरीर बिना म छु भन्ने प्रमाण त सजिलै पाइन्छ किनकि म शरीरमा निर्भर छैन भन्ने कुरा थाहा पाइसकिएको छ। तर शरीर म बिना पनि छ भन्ने कुनै प्रमाण भेटिँदैन। किनभने त्यसको साक्षी को हुनेछ? म ? त्यसैले शरीर म बिना छैन। शायद प्रश्न गर्ने व्यक्ति यो भन्न खोज्दैछ की "यो सिद्ध गर कि शरीर पूर्ण रूपमा हटेपछि पनि म बचेर रहन्छु।" अब, जसले ब्रह्मज्ञान प्राप्त गरिसकेका छन्, उनीहरूलाई त थाहा नै हुन्छ अनन्त शरीरहरू आउँछन्, जान्छन्, तर म भने सधैं रहन्छु। तर सम्भवतः यो प्रश्न अहिले आत्मज्ञानको चरणमै उठेको हो। अहिले सोध्ने व्यक्ति अझै आत्मज्ञानकै मार्गमा हुनुहुन्छ। त्यसैले यहाँ उत्तर हामी अद्वैतको स्तरबाट होइन, आत्मज्ञानकै स्तरबाट दिन सक्छौं। किनभने सम्भवतः अझै ब्रह्मज्ञान भएको छैन। यदि ब्रह्मज्ञान भइसकेको हुन्थ्यो भने यस्तो प्रश्न उठ्दैनथ्यो। अहिले यहाँ सोधिएको प्रश्न हो यदि शरीरलाई पूर्ण रूपमा हटाइयो भने म छु कि छैन, यो कसरी थाहा पाउँछु? तर ध्यान दिनुहोस् यदि शरीर पूर्ण रूपमा हटाइयो भने, तब जान्ने वाला पनि हुने छैन । त्यसैले न त म छु भन्ने प्रमाण मिल्छ, न त म छैन भन्ने प्रमाण मिल्छ। किनभने शरीर बिना बुद्धि हुँदैन, बुद्धि बिना ज्ञान हुँदैन, र ज्ञानको लागि मनोशरीर रूपी उपकरण आवश्यक पर्छ।कुनै पनि प्रकारको ज्ञान को लागि यदि यो सम्पूर्ण उपकरण हटाइयो भने, कुनै पनि प्रकारको ज्ञान हुँदैन आत्मज्ञान त टाढाको कुरा भयो। तर, यति बुझ्नुपर्छ यो उपकरण मेरो होइन, र म हुनुको लागि यो उपकरण आवश्यक छैन। जब यो उपकरण रहनेछैन, तब मलाई म छु भन्ने ज्ञान रहनेछैन,तर म त रहनेछु नै। त्यसैले यहाँ मेरो ज्ञान र मेरो हुनु बीचको भेद बुझ्न अति आवश्यक छ। ज्ञान कसलाई हुन्छ? साक्षीलाई त ज्ञान हुँदैन। ज्ञान भनेको स्मृतिमा बनेको एक संरचना हो। जब अनुभव स्मृतिमा छापिन्छ, त्यही ज्ञान बन्न जान्छ। त्यसका लागि चाहिन्छ स्मृति, बुद्धि, शरीर, इन्द्रिय यी सबै आवश्यक छन्। किनभने, सुन्ने वाला को? त्यो अनुभूति स्मृतिमा छाप्ने को? त्यसलाई विचार गर्ने, चिन्तन गर्ने, मनन गर्ने को? त्यो सत्य वा असत्य छुट्याउने विवेक कसले गर्ने? यी सबै कार्यहरूका लागि उपकरण (body-mind mechanism) चाहिन्छ। बिना यस उपकरण, ज्ञान सम्भव हुँदैन। तर, महत्वपूर्ण कुरा के हो भने यही मात्र उपकरण आवश्यक छैन, कुनै पनि उपयुक्त उपकरण भए पुग्छ। किनकी ज्ञानको लागि उपकरण चाहिन्छ तर म हुनुको लागि होइन। यहाँ एक उदाहरण दिन सकिन्छ चित्र र पर्दा सम्बन्धी। एउटा व्यक्तिले यो प्रश्न गरिरहेको छ कि, यदि चित्र छैन भने पनि पर्दा रहन्छ कि रहँदैन? यसको के प्रमाण छ? मानौं त्यो पर्दा हो र त्यसमा विभिन्न चित्रहरू प्रकट छन्। अब म मानौ म चित्र हु सोधिरहेको छु कि यदि म लगायत सबै चित्रहरू हटाइयो भने, त्यो पर्दा रहनेछ कि रहनेछैन? अब कुरा के हो भने यदि सबै चित्र समाप्त भए भने, चित्रले पर्दा छ कि छैन भनेर थाहा पाउने कुरा नै हुँदैन। चित्र त आफैं समाप्त भइसकेको हुन्छ, जसले पर्दालाई देखोस् वा प्रमाणित गरोस् । पर्दा त सधैं रहन्छ, तर त्यसको बोध तब मात्रै हुन्छ जब अर्को चित्र फेरि त्यो पर्दामा प्रकट हुन्छ। त्यस बेला त्यो चित्र भन्छ "अ, म त पर्दामा प्रकट भएँ!" तर जब शरीर नै हुने छैन भने प्रमाण माग्ने पनि कोही हुने छैन। र यदि कुनै प्रमाण प्रस्तुत गरियो भने पनि, त्यो प्रमाण बुझ्ने, ग्रहण गर्ने, स्वीकार गर्ने कोही हुने छैन। यस प्रश्नको पछाडि एउटा गलत मान्यता छ की शरीर, मन, बुद्धि बिना पनि आत्मज्ञान सम्भव हुन्छ। तर यो मान्यता गलत हो। "म" सम्भव छु, तर मेरो ज्ञान सम्भव छैन। ज्ञानको लागि त धेरै कुरा आवश्यक पर्छ केवल शरीर मात्रै होइन। यदि बुद्धि हटाइयो भने पनि ज्ञान हुँदैन, इन्द्रियहरू हटाइयो भने पनि ज्ञान हुँदैन, यदि चित्तको अवस्था फेरियो भने पनि ज्ञान हुँदैन। र अझ,यदि गुरुले नबुझाए भने पनि ज्ञान हुँदैन। यसरी ज्ञानका लागि धेरै आवश्यकताहरू छन्। तर म हुनुको लागि केसैको पनि आवश्यकता छैन। अर्को प्रश्न छ नेति-नेति विधी बाट सबै कुरा हटाउन सकिन्छ, तर दिमाग लाई हटाउन सकिँदैन। किनभने दिमाग मै गतिविधि चलिरहेको हुन्छ र त्यही म हुँ। यदि त्यो गतिविधि नै बन्द भयो वा रहेन भने म पनि छैन। त्यसैले यदि दिमाग हटाइयो भने म पनि हराउँछु। यस अर्थमा के म दिमागको गतिविधि मात्रै हुँ ? ध्यान दिनुहोस् दिमागलाई संस्कृतमा मस्तिष्क नै भनिन्छ, र अङ्ग्रेजीमा ब्रेन । र धेरै मानिसहरू बुझिसक्नु भएको होला कि यो एउटा पश्चिमी अन्धविश्वास हो कि साक्षी वा अनुभवकर्ता मस्तिष्कको उत्पादन हो। एक भौतिकवादी व्यक्ति त यही भन्छ । के त्यसो भए यसलाई हटाउन सकिँदैन त ? तपाईंलाई यस्ता धेरै उदाहरणहरू मिल्नेछन् जहाँ मस्तिष्क नभए पनि सबकुछ छ जीवन छ, अनुभव छन्, अनुभवकर्ता छ, साक्षी छ। यो पृथ्वी मा यस्ता करोडौ यस्ता जीव छन् म कुनै मजाक गरिरहेको छैन यो सत्य हो। जस्तो रुख, झारपात, जिवाणु भाइरस, एककोशिय जीव र अन्य थुप्रै समुद्री जीवहरुमा यस प्रकारको कुनै पनि अङ्ग छैन। तर पनि जीवन सहज सुचारु रूपमा चलिरहेको छ। अनुभूति भइरहेको छ। साक्षी त्यहीँ पनि छ, जुन साक्षी यहा छ । यो बडो विचित्र कुरा हो अब त्यसो भए अब दुई कुरा मध्ये एक हुनु पर्यो या त ती सबै जीवहरु जसमा हाम्रो जस्तो स्नायु तंत्र वा दिमाग छैन या तिनी हरु मा कुनै पनि अनुभव भइरहेका छैनन्। या त दिमाग अनुभवका लागि अनिवार्य होइन। अर्थात् अनुभव गर्नका लागि केही अरु तन्त्र पनि काम मा आउन सक्छन। कुनै भिन्न संयन्त्र बाट पनि सम्भव छ। र ती जीवहरूलाई हेरेर सजिलै भन्न सकिन्छ कि उनीहरूमा संवेदना वा अनुभव भइरहेको छ। अब अर्को प्रश्न उठ्छ "संपूर्ण शरीर, सम्पूर्ण स्नायु प्रणाली, सम्पूर्ण दिमागमा अनगिन्ती गतिविधिहरू भइरहेका छन्।" धेरैजसो गतिविधिहरू विद्युत तरङ्ग को रूपमा देखिन्छन्, भने कतिपय रासायनिक प्रतिक्रियाहरू को रूपमा। यतिधेरै छन् त्यसो भए यीमध्ये कुन गतिविधि म हुँ? यीमध्ये कुन गतिविधिले साक्षी लाइ जन्म दिन्छ ? अब यसलाई बुझ्नु गाह्रो छैन। एकएक गरेर ती गतिविधिहरू हटाउन सकिन्छ र जहाँ साक्षी हट्छ, त्यही गतिविधि म हुँ। तर तपाईं पाउनुहुनेछ कुनै पनि गतिविधि चलिरहे पनि, साक्षी सधैँ उही हुन्छ एकै हुन्छ। यदि दिमागमा सयौं विद्युत तरङ्गहरू चलिरहेछन् भने म सयौं हुदिन । र यदि एक-दुई गतिविधि मात्रै छ मस्तिष्क शान्त छ भने म थोरे वा सानो हुँ भन्ने पनि हुन्न। म सधैँ उत्तिकै हुँ। साक्षी केवल दृष्टा मात्र हो, त्यसमा कुनै घटबढ हुन सक्दैन । गतिविधि बढ्नेबित्तिकै म बढ्दिनँ, गतिविधि कम हुदा म कम हुदिन । यदि आधा गतिविधिहरू हटाइयो भने म आधा हुँदिनँ, र कुनै पनि नया गतिविधि चलाइयो भने पनि म उस्तै नै रहन्छु। त्यसैले दिमाग भित्र कुनै एउटा विशेष गतिविधि छैन जसका कारण म छु। यस्तो कुनै विशेष प्रक्रिया छैन जसले मलाई जन्म दिएको होस्। यहाँ उल्टो तर्क गर्न सकिन्छ कुन प्रक्रिया छ त्यस्तो जुन म बिना पनि हुन्छ? त्यसको कुनै प्रमाण छैन। यदि कुनै गतिविधि देखियो भने त्यो मेरो पटलमा देखिन्छ, त्यसको साक्षी म नै हुन्छु। यदि म छैन भने त्यो गतिविधि छ कि छैन भन्ने कुरा भन्न पनि सम्भव हुँदैन। तर मेरो हुनुको प्रमाण अत्यन्तै सरल छ कुनै पनि गतिविधि होस्, म छु। जस्तो की हामीले त्रिज्ञानमा जुन प्रक्रिया प्रयोग गर्यौ, यदि कुनै एक गतिविधि हटाइयो र म अझै पनि छु भने, त्यो गतिविधि म होइन भन्ने स्पष्ट हुन्छ। यसको अर्थ के भयो भने कुनै पनि प्रक्रिया, कुनै पनि गतिविधि म होइन, चाहे त्यो शरीरमा होस्, शरीरको कुनै पनि अङ्गमा होस्, कुनै जीवमा होस्, वा सृष्टिको कुनै पनि भागमा होस् म त केवल त्यसको साक्षी मात्र हुँ। म तत्व हुँ। र यदि मलाई नै हटाइयो भने त्यहाँ कुनै प्रक्रिया रहने छैन, मस्तिष्क रहने छैन, प्राणी रहने छैन, गतिविधि रहने छैन। म मात्र त्यो स्वतन्त्र तत्व हुँ, बाँकी सबै कुरा मेरो हुनुमा निर्भर छन्, तर म कसैको हुनुमा निर्भर छैन। यो त यति सानो तर्क हो जुन सानो बच्चाले पनि सहजै बुझ्न सक्छ। तर म आजसम्म बुझ्न सकिन कि ठूला-ठूला वैज्ञानिकहरू, धेरै पढेलेखेका विद्वान्हरू, किन यति सानो कुरा बुझ्न सक्दैनन् ? कारण के हो भने यो विचार पश्चिमबाट आएको हो, भौतिकवादी विचार, अनि अंग्रेजहरूले भनेको त सत्य नै हुनुपर्छ भन्ने मान्यता धेरैको राख्छन । यस्तो लाग्छ कि तिनीहरूको दिमागमा कुनै गतिविधि छैन, वा आफ्नो बुद्धिको प्रयोग गर्न सकिरहेका छैनन् । तर पनि, तपाईं त्यस्तो वैज्ञानिक प्रयोग गर्न सक्नुहुन्छ, जसमा दिमागलाई अलि-अलि गरेर हटाउने प्रयास गर्नुहोस् । यद्यपि, म तपाईंलाई यस्तो सुझाव त दिदिन, कि तपाईं यस्ता प्रयोग गर्नुहोस् जसले राम्रो हुदैन । जुन कुरा बुद्धिबाट थाहा पाउन सकिन्छ, त्यसको लागि चक्कु, छुरी, हथौड़ा लिएर शरीर काट्ने आवश्यक छैन । तर पनि, यदि तपाईं दिमागको कुनै भागहरू क्रमशः हटाउने प्रयास गर्नुहुन्छ भने, त्यो बीचारा दिमागधारी व्यक्ति यही भन्छ मेरो अनुभव फेरिएको छ । जस्तो कि, यदि दिमागको त्यो भाग हटाइयो जसले हातखुट्टालाई नियन्त्रण गर्छ, व्यक्ति भन्छ अब मलाई यस्तो अनुभव हुँदैछ कि मेरो हात छैन । त्यसपछि, जसले नाक, कान आदिलाई नियन्त्रण गर्छ, त्यो भाग हटाइयो भने व्यक्ति भन्छ म केही सुन्न सकिरहेको छैन, म केही सुँघ्न सकिरहेको छैन, म श्वास पनि लिन सकिरहेको छैन । उसको अनुभव फेरिन्छ । ध्यान दिनुहोस् अनुभव गर्ने उही हो, ऊ त्यो अनुभव भोगिरहेको छ । अब, यदि आँखालाई नियन्त्रण गर्ने भाग जसले देख्न सक्ने बनाउँछ त्यो हटाइयो भने, व्यक्ति भन्छ अब म केही देख्न सकीरहेको छैन । फेरि, त्यो भाग पनि हटाइयो जसले जिब्रो वा भाषालाई नियन्त्रण गर्छ, तब अब बोल्ने वाला पनि रहनेछैन, जो भन्ने सकोस् म दिमागबाट हुँ वा दिमाग म बाट हो । अब, तर्क-वितर्क गर्ने पनि कोही रहने छैन । यसको अर्थ अब मेरो हुनु वा नहुनको ज्ञान सम्भव हुनेछैन । न त 'हुनु' को प्रमाण रहनछ, न त 'नहुनु' को नै । त्यसैले जस्तो मैले भनेँ उपकरण आवश्यक छ, स्वस्थ उपकरण आवश्यक छ । स्वस्थ बुद्धि, चल्ने दिमाग आवश्यक छ, तबमात्र ज्ञान सम्भव हुन्छ । म छु या छैन, म कस्तो छु, मलाई कसले बनाइरहेको छ, कुन प्रक्रिया मेरो निर्माण गरिरहेको छ यस्ता सबै कुरा जान्नका लागि स्वस्थ दिमाग, शरीर, बुद्धि आदि हुनु आवश्यक छ । अब तपाईं चाहनुहुन्छ भने यी सबै हटाउन सक्नुहुन्छ, तर जान्न सक्नुहुन्न । त्यसैले दिमागलाई त्यसकै ठाउँमा राखेर, त्यसको प्रयोग गर्दै बुझ्ने प्रयास गर्नुहोस् त्यही बुद्धिमानी हो । अब फेरि एउटा उदाहरण दिने प्रयास गर्छु यदि कोही भन्छ दिमाग हटाइयो भने म पनि हराउँछु, त्यो भन्नु ठीक त्यस्तै हो जस्तो कि पर्दाबाट कुन चाही चित्र हटायो भने पर्दा नै हराउँछ । अनि त्यो चित्र जुन हटिसकेको छ, उसलाई ज्ञान पनि हुन्छ कि अब पर्दा छैन । अब तपाईं आफैं विचार गर्नुहोस् यो पूर्ण रूपमा तर्कविहीन छ । म पर्दा हुँ, चित्र होइन । जतिसुकै चित्र हटाइयोस्, पर्दा रहिरहन्छ । त्यसमा एउटा विशेष चित्र आउँछ, जसलाई हामी भन्छौं मानव मनोशरीर यन्त्र, जसमा बुद्धि छ, स्मृति छ, ज्ञानवृत्ति छ, वा ज्ञान लिन सक्ने क्षमता छ । त्यसपछि त्यो चित्र भन्छ मेरो तत्व पर्दा हो । ध्यान दिनुहोस् यस्ता कुरा तपाईंलाई शास्त्र र पुराण मा सायदै भेटिन्छन् । यस्ता कुरा गहिरो मननले मात्र आउँछ । गुरु जबसम्म तपाईंको सामुन्ने बस्दैन, तबसम्म यस्ता कुरा थाहा हुँदैनन् । सन्नु की म साक्षी हुँ, म परम हुँ, म अमर हुँ, म अजर हुँ एक कुरा हो, तर त्यो सुन्नु र साँच्चै ज्ञान हुनु बिल्कुलै फरक कुरा हो । श्रवण पहिलो चरण हो, मनन दोस्रो । र त्यो मनन गुरु विना सम्भव हुँदैन । मैले आजसम्म यस्तो कुनै जीव देखेको छैन, जसको बुद्धि यति प्रखर होस् कि उसले बिना कसैले भने आफैँ ज्ञान प्राप्त गर्न सकोस् । हो, बिना बताए शंका आउन सक्छ, । फेरि यस्तै उल्टापाल्टा शंकाहरू आउनेछन् । त्रिज्ञानमा हामी प्रयास त गर्छौं कि केही उत्तर दिइयोस्, तर मैले देखेँ कि त्यसको खास अर्थ हुँदैन । त्यसैले प्रत्येक साधकले गुरुको शरणमा गएर व्यवस्थित ढंगले अघि बढ्नु अति आवश्यक हुन्छ । किनकि यो विचार यो मान्यता पश्चिमबाट आएको हो । हाम्रो देशमा, हाम्रो संस्कृति भित्र यस्ता मान्यताहरू थिएनन् । र आश्चर्यको कुरा त के छ भने पश्चिमबाट धेरै राम्रो तर्क पनि आएको छ, विज्ञान पनि आएको छ । अब प्रश्न उठ्छ कमी कहाँ रह्यो ? कमी सुन्ने व्यक्तिको बुद्धिमा छ । उसले सुन्न त सुने कतैबाट तर तर्क प्रयोग गरेनन । जो की पश्चिमबाटै धेरै राम्रा राम्रा तर्क पनि आएका छन् । जस्तो तर्क भन्छ रूपबाट तत्त्व उत्पन्न हुन सक्दैन, तत्त्वबाट रूप उत्पन्न हुन्छन् । अब यो कुरा त जो कोहीले बुझ्न सक्छ कि शरीर, दिमाग, तन्त्र, प्रक्रियाहरू यी सबै रूप हुन्, नामरूप हुन् । अब प्रश्न के हो ? रूपबाट तत्त्व किन उत्पन्न हुन सक्दैन त ? यो कुरा एउटा सानो उदाहारण बाट बुझ्न सकिन्छ जुन उदाहरण हामी त्रिज्ञानमा दिने गर्छौं, जब हामी तत्त्वको कुरा गर्छौं उदाहरणका लागि काठको टेबुल । अब हेर्नुहोस् काठको टेबुलको तत्त्व के हो ? काठ हो । र त्यो काठबाट धेरै प्रकारका रूपहरू निर्माण गर्न सकिन्छ साना, ठूला, अनेक प्रकारका टेबुलहरू । अब प्रश्न उठ्छ टेबुलबाट काठ उत्पन्न भएको हो ? कि काठबाट टेबुल उत्पन्न भएको हो ? अथवा अझ अधिक सटीक ढंगले भनौं काठले नै टेबुलको रूप लिएको हो । काठ जुनसुकै रूप लिन सक्छ, त्यो कारीगरको इच्छा र योग्यता अनुसार । उसले जस्तो चाहे त्यस्तै रूप दिन सक्छ जस्तो चाहे टेबुल बनाउन सक्छ । तर के त्यो रूपले काठलाई जन्म दिन सक्छ ? र यसका लागि कुनै विशेष बुद्धि चाहिँदैन, कुनै पनि सामान्य समझदार व्यक्तिले सहजै भन्न सक्छ कि हो, तत्त्व कुनै पनि चीजबाट उत्पन्न हुन सक्दैन, ध्यान दिनुहोस् अनुभव गर्ने अर्थात् साक्षी त्यो नै तत्त्व हो र शरीर, अंग प्रत्यंग, वस्तुहरू, प्रक्रियाहरू, बिजुलीका तरंगहरू यी सबै अनुभव हुन्, नामरूप हुन्, यी सबैले जे गरे पनि तत्त्व उत्पन्न हुने छैन, तर तत्त्वले चाहेमा केवल इच्छा मात्र गर्दा पनि त्यो जुनसुकै रूपमा प्रकट हुन सक्छ। अद्वैतको स्तरमा एकताको ज्ञान हुँदा तपाईं भन्न सक्नुहुन्छ तत्त्व नै अनेक नामरूपमा छ, शरीर पनि त्यही हो, मानव पनि त्यही हो, दिमाग पनि त्यही हो, यो होइन कि यी सबै व्यर्थ छन्, होइन यी सबै अति उपयोगी छन् किनभने शरीर सञ्चालन गर्ने, इन्द्रियहरू सञ्चालन गर्ने, स्मृति राख्ने, ज्ञान ग्रहण गर्ने यी सबै क्षमताहरू त्यसैमा छन्, यदि त्यो नहुन्थ्यो भने कुनै प्रकारको ज्ञान सम्भव थिएन, तर त्यो तत्त्व होइन, त्यो म होइन, त्यो उपकरण मात्र हो। अब यहाँ अर्को उदाहरण लिन सकिन्छ जस्तै सूक्ष्मदर्शी microscope त्यो एक उपकरण हो जसको प्रयोग गरेर तपाईंले जीवाणुहरू, अति साना वस्तुहरू देख्न सक्नुहुन्छ जसलाई आँखा मात्रले देख्न सकिँदैन, अब तर यदि त्यो सूक्ष्मदर्शी हटाइयो भने के ती जीवाणुहरू, साना वस्तुहरू पनि हट्छन्? होइन उपकरण हटाउँदा त्यो उपकरणले जुन वस्तुहरूको ज्ञान दिइरहेको थियो त्यो वस्तुहरू हट्दैनन्। ठीक त्यसैगरी मनोशरीर यन्त्र हटाइयो भने पनि त्यस यन्त्रबाट जसको ज्ञान भइरहेको थियो त्यो साक्षी हट्दैन, यो कुरा बुझ्न एकदमै सजिलो छ, दुर्भाग्यवश आजका धेरै पढ़े-लेखे मानिसहरू दिमागको घेरा बाट बाहिर जान सकेका छैनन्, यहाँको मान्यता भनेको अनुभव नै अनुभवकर्ताको कारण हो तर यो गलत हो, अनुभव कहिल्यै अनुभवकर्ताको कारण हुन सक्दैन, हामी त यहाँसम्म भन्छौं कि अनुभवकर्ता पनि अनुभवको कारण होइन, उ केवल प्रकाशक हो अनुभवको, अनुभवहरू त उसैका रूपमा उसैको सामुन्ने प्रकट भइरहेका छन्, उ त्यो सबै केही गर्दैन, उसको प्रकाशमा ती मिथ्या नामरूपहरू देखिएका मात्र हुन्, यसभन्दा बढी यदि कसैले केही भन्छ त्यो प्रमाणरहित कल्पना मात्र हुनेछ, मान्यता मात्र हुनेछ, । यससँग मिल्दोजुल्दो अर्को प्रश्न आउँछ यदि स्मृति हटाइयो भने म रहने छैन, त भने के म स्मृति हुँ? अब यहाँ साधकले अलिकति प्रगति गरेको छ, शरीरभन्दा अलिक माथि आएको छ। हामीले त्रिज्ञानमा स्मृति पनि हटाएका थियौ, र यो देखेका छौँ कि म त अझै पनि छु। तर शायद यहाँ प्रश्न गर्नेले भन्न खोजेको छ यदि सबै स्मृति हटाइयो भने त म नै रहने छैन, म हुनेछैन। अब यहाँ पनि उही तार्किक गल्ती भयो किनकी त्यतिबेला बताउने कोही हुनेछैन कि म छु वा म छैन। अर्थात् मेरो ज्ञान रहने छैन। त्यो ज्ञान जसलाई थाहा छ कि म छु, त्यो पनि रहने छैन। शायद त्यो मर्नेछ, तर मेरो बारेमा कुनै निर्णय लिन सकिँदैन साक्षीको बारेमा। त्यसैले तपाईंले ध्यान दिनुभएको होला, त्रिज्ञानमा हामी स्मृति बिस्तारै हटाउँछौँ। सुरुमा नाम हटाउँछौँ, अनि हेर्छौँ म कतै हराएँ कि छैन। फेरि नाम फर्काउँछौँ, केही अर्को हटाउँछौँ, अनि फेरि हेर्छौँ म हराएँ कि छैन। यसरी हेर्दा करिब ९० प्रतिशतसम्म स्मृतिहरू हटाइसकेपछि पनि म जस्ता को तस्तै हुन्छु। म नै यो बिर्सनेको साक्षी हुँ, स्मृति जानेको साक्षी हुँ। स्मृति फर्केर आउँदा पनि म त्यसको साक्षी हुँ, अनि यदि सम्पूर्ण स्मृति हरायो भने पनि त्यस सम्पूर्ण हराइको म साक्षी नै हुँ। तर त्यतिबेला बोल्ने कोही हुनेछैन कि म साक्षी हुँ। म छु कि छैन भन्ने ज्ञान रहने छैन। स्मृति फेरि फर्केपछि मात्र हो, म फेरि साक्षी हुँ भन्ने कुरा देखिन्छ। तर त्यो म भने बोल्दैन, म त मौन छु, म दृष्टा मात्र हुँ। स्मृति भएको भाग नै केही बोल्छ। किनभने स्मृति नभएको क्षणमा उसले न प्रमाणित गर्न सक्छ, न अप्रमाणित गर्न सक्छ, केही पनि भन्न सक्दैन। अनि ऊ कल्पना गर्छ मेरो स्मृति हरायो भने शायद म पनि हराउछु वा हराएँ। तर म स्मृतिबाट जन्मिएको होइन, मेरो ज्ञान मात्र स्मृतिबाट जन्मिन्छ। यहाँ एकदमै बुझ्न र फरक छुट्याउन जरुरी छ मेरो ज्ञान र म, आत्मज्ञान र आत्म, यी बीच फरक छ। आत्मज्ञान हट्न सक्छ, नष्ट हुन सक्छ, तर म होइन, आत्म होइन। जस्तै हामीले दिमागको सन्दर्भमा प्रयोग गरेर देखेका थियौँ, यदि तपाईं बिस्तारैबिस्तारै स्मृति हटाउनुहुन्छ, यस उद्देश्यका साथ कि यसलाई पूर्ण रूपमा हटाउनु छ, तर एकैपटक हटाउने सट्टा विस्तारै हटाउनुहुन्छ भने, जसको स्मृति हो ऊ यही भन्दै गरेको पाइनेछ की "मेरो अनुभव बदलिँदैछ, अब यो पनि सम्झना छैन, त्यो पनि सम्झना छैन, नाम पनि सम्झना छैन, काम पनि सम्झना छैन, आफैँ पुरुष हुँ या महिला सम्झना छैन," अनि एक समय यस्तो आउँछ कि उ भाषासमेत बिर्सन्छ के बोल्ने हो यो पनि थाहा हुँदैन, बच्चाजस्तो तोतेबोली जस्तो हुनेछ , अन्त्यमा रुनु मात्र बाँकी रहन्छ, अनि त्यति मात्र स्मृति पनि हटाइदिँदा रुनु पनि बन्द हुन्छ। भाग्यवश ऊ मर्ने छैन सायद, किनकि सास फेर्न स्मृति आवश्यक छैन। जसलाई हामी सामान्य भाषामा स्मृति भन्छौं, त्यो मुटु धड्कनका लागि आवश्यक छैन। फेरि त्यही स्मृति फर्काइदिँदा ऊ भन्छ"मलाई सबै सम्झना आएको छ।" त्यसैले, स्मृति बदल्दा अनुभव बदल्छ, म बदल्दिनँ, अनुभव गर्ने बदल्दैन, ऊ अपरिवर्तनीय हुन्छ। यदि कसैले यो प्रयोग गर्न सक्छ भने अवश्य गर्नुहोस्, तर तपाईंलाई यो प्रयोग गर्ने आवश्यक पर्दैन, किनकि यो त स्वाभाविक रूपमा भइरहेकै कुय्रा हो तपाईंको धेरै स्मृतिहरू पहिले नै नष्ट भइसकेका छन्। हरेक कुरा त तपाईंलाई सम्झना छैन, हरेक क्षण त कसैलाई पनि सम्झना हुँदैन, तर के ती स्मृतिहरू नष्ट हुँदा तपाईं पनि नष्ट हुँदै गइ रहनु भएको छ? वा तपाईं नष्ट भइसक्नु भएको छ? वा तपाईं घट्नु भएको छ? अनि नयाँ स्मृतिहरू बन्दै जाँदा तपाईं बढ्नु भएको छ? यो भन्नु तर्कसम्मत छैन कि स्मृति पूरा हटेपछि म पनि पूरा हट्नेछु, त्यसो भए त आधा हटेपछि आधा म हट्नुपर्छ। फेरि तर्कले त यसो भन्छ स्मृतिहरू दोब्बर भए साक्षी पनि दोब्बर हुनुपर्छ, तर तपाईं आफैं सोच्न सक्नुहुन्छ यी कुरा अर्थहीन छन्। जस्तै प्रक्रियाहरूको मामिलामा हामीले देख्यौं, स्मृतिहरू त धेरै छन्, तर तीमध्ये कुन स्मृतिले मलाई जन्म दिन्छ ? केवल त्यस स्मृतिलाई हटाउने प्रयास गर्नुस्, जसले मलाई जन्म दिन्छ, किनकि हिजो मैले के खाएको थिएँ, परसि म कसलाई भेटेको थिएँ, सायद यी स्मृतिहरूले मलाई जन्म दिइरहेका छैनन्, किनकि त्यो नभए पनि म थिएँ। त्यसो भए, कुन स्मृति हो जसले मलाई जन्म दिन्छ, जसले साक्षीको रचना गर्छ ? अब तपाईं देख्न सक्नुहुन्छ, यो पनि अर्थहीन कुरा होयदि एउटा स्मृतिमा म छैन भने, म कुनै पनि स्मृतिमा छैन, सबै एकै प्रकारका छन्मूलतः कुनै न कुनै घटनाको छाप मात्रै। कुनै घटनाको छापले उसको साक्षीलाई जन्म दिन्छ भन्ने कुरा पनि अर्थहीन हो, किनकि धेरै स्मृतिहरू छन्, धेरै छापहरू छन्, धेरै घटनाहरू छन्, तर म त एउटै हुँ, नभए म पनि धेरै हुन्थेँ। अब यो कुरा पूर्ण रूपमा अर्थहीन भइदियो, प्रश्न नै अर्थहीन भयो। यहाँ प्रश्न गर्ने व्यक्तिमा एउटै उल्झन छउसले अनुभव गर्ने र अनुभव गर्ने ज्ञानमा भेद थाहा पाएको छैन। ज्ञान हुनु र म हुनुमा भेद छ। यहाँ मान्यता के छ भनेम हुनु र मेरो ज्ञान हुनु एउटै कुरा हो, तर होइन। तपाईंको ज्ञान त आउन सक्छ, जान सक्छ। त्रीज्ञान हुनु अघि तपाईंलाई कुनै ज्ञान थिएन, तर तपाईं त हुनुहुन्थ्यो। यसलाई कहिलेकाहीँ हामी साक्षीभाव हुनु वा चेतना हुनु पनि भन्छौंयो त आउनेजाने कुरा हो, यसको आउनु पनि मेरो पटलमा हुन्छ, यसको जानु पनि मेरो पटलमै हुन्छ। स्मृति तत्व होइन, प्रमाण पाइँदैन। यसलाई हटाइए पनि प्रमाण त स्वस्थ स्मृतिमा नै पाइन्छ, जुन राम्रोसँग काम गरिरहेको हुन्छ। कुनै अर्को अवस्थामाजस्तै नशामा, सपनामा, वा मृत्यु पछिकुनै प्रमाण पाइँदैन। त्यसैले प्रयास छोडिदिनुस्, अहिले पाइँदैन भने, जिउँदो छँदा कहिल्यै पाइँदैन। हेर्नुस्, मानव जन्मको कति महत्व छ, मानव हुनु कति महत्त्वपूर्ण कुरा हो, त्यो पनि स्वस्थ र समझदार मानव हुनुजसको स्मृति राम्रो छ, बुद्धि राम्रो छत्यसमा मात्र के हो म र के होइन म भन्ने थोरै सम्भावना हुन्छ। नभए त तपाईं कल्पना त जे पनि गर्न सक्नुहुन्छयो हटाइदिँउ भने म छैन, यो ल्याइदिँउ भने म छुतर अब यसलाई स्वस्थ बुद्धि भन्न मिल्दैन, यो त अशुद्ध बुद्धि हो। अर्को एउटा प्रश्न आउँछम अमर हुँ भने मृत्यु पछि पनि म रहन्छु, यसको प्रमाण कसरी मिल्छ ? अब दिमाग हटाएर, शरीर हटाएर, स्मृति हटाएर पनि साधकको सन्तुष्टि भएन, ऊ त पूर्ण रूपमा मर्नै चाहन्छ प्रमाण लिनका लागि। ठिक छ, यसको पनि उत्तर छयदि तपाईं प्रमाण लिन चाहने हुनुहुन्छ, र त्यो तपाईं नै नरहने हो भने प्रमाण कसलाई मिल्छ ? किनकि त्यो व्यक्ति भन्छमेरो मृत्यु हुनेछ तर म रहन्छु, अनि मलाई कसरी प्रमाण मिल्छ कि म छु ? हेर्नुस, यदि तपाइँ हुनुहुन्छ भने त मृत्यु भएन तपाइँ को, फेरि त्यो त कुनै प्रकारको परिवर्तन भयोकुनै अनुभव परिवर्तित भयोजसलाई तपाईं मृत्यु भन्नुहुन्छ। सायद संसारको अनुभव बन्द भयो, केही अर्को अनुभव सुरु भयोसूक्ष्म अनुभव। त्यस अवस्थामा पनि प्रमाण उसै गरी मिल्छ जस्तो अहिले को अवस्था मा मिल्छ"नेति नेति" बाट, कि म कुनै अनुभव होइन।मिल्यो प्रमाण यो जीव मरे पनि प्रमाण त्यही तरिकाले मिल्छ। यो ठूलो विचित्र कुरा होअपरोक्ष अनुभवबाट, बुद्धिबाट नै प्रमाण मिल्छकुनै विशेष अवस्थाबाट होइन, कुनै विशेष क्रियाबाट होइन, कुनै चमत्कारबाट त झन् होइन। तर यो प्रश्न सोध्नेको मनमा एउटा शंका छम त मर्छु, अनि मलाई प्रमाण कसरी मिल्छ ? त्यसो भए त्यहाँ प्रमाण माग्ने को हुन्छ ? ल यदि म प्रमाण लिएर गएँहेर्नुस्, तपाईं हुनुहुन्छतर त्यहाँ त कोही छैन जसलाई त्यो ज्ञान होस्, जसले प्रमाणको परीक्षण गर्न सकोस् कि प्रमाण उचित हो कि होइन। मृतकलाई ज्ञान हुन सक्दैन। र यदि मृत्यु पछि पनि सबै गतिविधि चलिरहेकै छबुद्धि चलिरहेकै छ, इन्द्रियहरू सक्रिय छन्जुनसुकै प्रकारका इन्द्रिय भए पनिज्ञान लिनेको तरिका भने यही हो, कि जाच्नुस, म कुनै अनुभव होइन भनेर देख्नु। त्यसो भए प्रमाण मिलिहाल्छ। अनि त्यो मृत्यु पनि होइन, त्यो त जीवन नै होकुनै अर्को रूपमा मात्र। त्यसै पनि धेरै मानिसहरूको मान्यता के छ भनेम त मर्दिनँ, म त अमर हुँ। तर यो जीवको पनि केही रूप बाँकी रहन्छ। यो के हो ? यसको के प्रमाण छ ? पहिले त्यसको प्रमाण त लिनुस्, त्यसपछि मृत्युपछि आत्मज्ञानको चिन्ता गर्नुहोस्। तर प्रश्न निकै तार्किक छप्रमाण लिनका लागि तपाईंलाई मर्नु पर्नेछ, जुन ठीक होइन। अहिले नै जो जीवित अवस्थामा प्रमाण लिन सक्छ, उसको जीवन सार्थक हुन्छ। जसले शरीर नष्ट हुने समयसम्म कुर्छ कि त्यतिबेला प्रमाण मिल्छ भनेर, उसले त जीवन गुमायो, अनि यो मानव जीवनको कुनै उपयोग भएन, बुद्धिको प्रयोग गर्न पाएन। यो ठूलो सौभाग्यको कुरा हो कि म अमर हुँ भन्ने प्रमाण मरेपछि होइन, अहिले नै मिल्छ। यो हाम्रो ठूलो सौभाग्य हो। अमरताको प्रमाण मेरो जन्म नहुनुमा छजसको जन्मै हुँदैन उसको मृत्यु हुँदैन, जसको बुढ्यौली हुँदैन, जसलाई रोग या क्षय हुँदैन, उसको मृत्यु हुँदैनयही प्रमाण हो, जुन कुनै पनि बुद्धिमान मानिसले एक मिनेटमै बुझ्छ। अब मृत्युको चिन्ता छैन, तर यो जान्नु आवश्यक छ कि मृत्यु कसको हुन्छ। शरीरको मृत्यु सबैले देखेका छन्, त्यसका धेरै प्रमाण छन्। साक्षीको मृत्युको भने कुनै प्रमाण छैन। र शरीर, जस्तो कि हामीले देख्यौं, नष्ट हुन्छ, र त्यसबिना ज्ञान हुँदैन। ज्ञान पनि एक प्रकारको अनुभव हो, र त्यो अनुभवका लागि शरीर आवश्यक छ। र यदि म तपाईंलाई भन्न चाहन्छुहेर्नुस्, तपाईं साक्षी हुनुहुन्छभन्नका लागि तपाईं जीवित हुनु आवश्यक छ। मृत शरीरलाई ज्ञान दिन सकिँदैन। त्यसैले उपकरण आवश्यक छजीवित शरीर आवश्यक छत्यतिबेला मात्र प्रमाण मिल्छ। यदि कोही भन्छ होइन होइन, म मरेपछि मात्र यो कुरा बताउनुस अनि बुझ्नेछु, अहिले मलाई विश्वास छैन भने त्यो हुने वाला छैन, फेरि कहिल्यै हुँदैन। र यदि मरेपछि प्रमाण पाइहाल्यो भने त्यसको अर्थ मृत्यु नै छैन वा होइन , अनि त्यो अवस्थामा न शरीर मरेको हुन्छ, न मन मरेको हुन्छ, न जीव मरेको हुन्छ, न स्मृति गइसकेको हुन्छ। ज्ञान त वर्तमानमै हुन्छ, हेर्नुस्, अहिले नै हुन्छ। यदि केही सत्य हो भने अहिले सामुन्ने सत्य हो, कुनै अर्को समयमा गएर मात्र सत्य हुने कुरा सम्भव छैन। सत्य त बदल्दैन, देश, काल, अवस्था, शरीर कसैमा पनि निर्भर हुँदैन। यदि अहिले कुनै कुरा सत्य छ भने त्यो सधैं सत्य हुन्छ। त्यसैले प्रमाण लिनको लागि प्रयास आजै गर्नुहोस्। मृत्युको चिन्ता किन गर्ने मृत्यु कहिले आउने हो, थाहा छैन, तर निश्चित छ आउने। तब त प्रमाण पाइने नै हो। र यदि साक्षी नै भएन भने प्रमाण लिने कोही हुनेछैन। यो त ठूलो विचित्र कुरा हो हामी त भोलि के हुने हो, म भोलि हुने कि नहुने, त्यसको पनि प्रमाण ल्याउन सक्दैनौं। प्रमाण त आजै मिल्छ, भोलि होइन। के भोलि साक्षी हराउनेछ? के भोलि मैले हाछ्युँ गर्दा साक्षी हराउनेछ? यसबारे केही भन्न सकिँदैन। भविष्यमा प्रमाण पाइँदैन, किनकि भविष्य नै छैनयो त कल्पना हो, मलिलो दिमागको उपज हो। ठीक यही कारण ज्ञानी जन, ऋषिमुनीहरूले भनेका छन् मृत्यु पनि केवल कल्पना हो। शरीरको नाश मृत्यु होइन, र मेरो नाश कहिल्यै हुँदैन। मृत्युसँग सम्बन्धित हरेक प्रश्न निरर्थक हुन्छ यदि तपाईंले यति मात्र बुझ्नुभयो भने भविष्यमा हुने घटनाहरूसँग साक्षीलाई जोड्ने सोच केवल मान्यता हो। भविष्यमा प्रमाण पाइन्छ भन्ने मान्यता गलत हो आज जान्न सकिन्छ भने नै मुल्यवान छ। भोलि के थाहा पाइनेछ त्यसको महत्व त भोलिमात्र हुनेछ, तर आज के जानिन्छ, त्यो नै वास्तवमै महत्वपूर्ण हो। यसै गरी अझै १०/१५ प्रश्न छन् जसलाई मा अरु भाग मा लिनेछु र आजको अन्तिम प्रश्न लिन्छु, तपाईं देखिरहनु भएको छ सबै प्रश्नहरू मिल्दाजुल्दा छन्, दृश्य र दृष्टामा भेद गर्न नजान्दा हो, दृश्यलाई दृष्टा ठान्ने कारणले हो। यो बडो विचित्र कुरा हो, जब कोही यस्तो मान्छ र ब्रह्माण्डका कुरा सोध्छ तर आफ्नो मान्यताको कुनै प्रमाण दिँदैन, म एउटा कुरा भन्न चाहन्छु कि यसरी कोहि पनि गुरु प्रमाण दिँदैन, प्रमाण लिनु पर्ने कुरा हो, दिने कुरा होइन, प्रमाण लिनु पूर्ण जिम्मेवारी साधकको हो गुरुको होइन। त्यसैले म भन्छु यो संसारमा पहिलो पटक भइरहेको कुरा हो यो त्रिज्ञान आदि र प्रश्न यो हो कि नीदमा म रहन्न भने यसको अर्थ म परिवर्तनशील हुँ? यो पनि राम्रो प्रश्न हो, तार्किक प्रश्न हो, बुद्धिमानीको प्रश्न हो, किनकि हो यदि म निदमा गएको छु, हराएको छु र अर्को दिन बिहान फर्किएको छु भने यसको अर्थ परिवर्तनशील भएको हो, यो त पक्का भयो यदि म नीदमा निर्भर छु, आउँछु जान्छु निदको अवस्थासँगै भने म परिवर्तनशील भएको ठहरिन्छु र त्यसपछि म तत्व होइन, अनि यो साक्षी यदि त्यो नीन्दसँगै आउँछ र जान्छ भने त्यो तत्व रहँदैन, अनि तत्व के हो? यहाँ हामी यस्तो भन्न सक्दैनौं कि निद हटाएर हेर्नुस म रहन्छु की नाइँ , हो तर निद हटाइयो भने त्यो जागृति हो, फेरि म जागृति मा त रहन्छु नै। यहाँ प्रश्न गर्नेले भन्न खोजेको कुरा के हो भने निद छ एक अवस्था हो, तर पनि म छु, यसको के प्रमाण छ ? अनुभवकर्ताको प्रमाण अनुभव हुनेमा हो, के निदको अनुभव हुन्छ? सबै भन्छन् हो म आज सुतें, आज म धेरै राम्रोसँग सुतें, आज म राम्रोसँग सुत्न सकिनँ, यसरी नै भन्छन् आज म चाँडै सुतें, आज म चाँडै उठें, हो हुन्छ, निद एउटा अवस्था हो जुन बदलिन्छ, आउँछ, जान्छ। अब यही एउटा मात्र प्रमाण हुन सक्छ कि यो घटना हो जुन यस जीवनमा हरेक दिन घट्छ, किनकि त्यो परिवर्तनशील हो त्यसैले म होइन र यदि त्यो आयो भने म आउँदिन र त्यो अवस्था गयो भने म जाँदैन, यत्ति काफी हुनुपर्छ कि म कुनै पनि अवस्था होइन। तर अब कुरा यो हुन्छ कि प्रमाण कहाँबाट ल्याउने त ? यहाँ एउटा कठिनाइ छ, म स्वयंलाई सुतिरहेको देख्न सक्दिनँ, त्यो बेलामा न आँखाहरू चलिरहेका हुन्छन् न कानहरू चलिरहेका हुन्छन्। तर , म अरूलाई सुतिरहेको देख्न सक्छु, त्यसबाट अलिकति अनुमान गर्न सकिन्छ, साक्षी त त्यहाँ पनि हुन्छ। तपाईं हेर्नुहुनेछ शरीर सक्रिय हुन्छ, सुत्दा पनि हल्लिन्छ, सास चलिरहन्छ, कोल्टे फेरिन्छ, र जब त्यो व्यक्ति जो सुतिरहेको छ उसलाई उठाइयो भने ऊ कहिल्यै पनि भन्दैनयो शरीर मेरो होइन थियो, यो शरीर थिएन त्यस्तो कहिँ भन्दैन, चाहे उसले निदमा शरीर देखेको नहोस्, उसलाई त्यो कोल्टे फेर्नु, हल्लिनु, सास लिनु के भइरहेको थियो भन्ने कुनै ज्ञान नहोस्, तर पनि उठेपछि ऊ कहिल्यै भन्दैन कि शरीर हराएको थियो। जब नीन्दको अवस्था थियो, कोही यसो भन्छ भने हामी उस माथि हाँस्नेछौँमैले त देखेको थिएँ तिमीलाई सुतिरहेको। हो, साक्षीको बारेमा अलिकति उल्झन हुन सक्छ, अरूले देख्न सक्दैनन्, तर त्यो व्यक्ति उठेपछि भन्न सक्छ कि साक्षी थिएन किनकि मैले देखिनँ नीन्दमा। तर नीन्दमा त तपाईंले केही पनि देख्नु भएनन संसार देख्नु भयो, न वरिपरिका मानिसहरू देख्नु भयो, न शरीर देख्नु भयो, यहाँसम्म कि मन पनि देख्नु भएन। तिनको बारेमा त कहिल्यै भन्नु भएन कि ती त नीन्दमा हराएर जान्छन्। साक्षीले के बिगारेको छ जसलाई तपाईंले नीन्दमा नष्ट गर्नुहुन्छ ? त्यसलाई पनि त देख्नु भएन, त्यसको पनि ज्ञान भएन। त्यसैले मैले भनेझैँ जागृत अवस्था, बुद्धिको चल्नु, इन्द्रियहरूको सक्रिय हुनु आवश्यक छ, अनि मात्र ज्ञान हुन्छ कि म छु कि छैन, जान्छु कि आउँछु। त्यसैले ठूलाठूला ऋषिमुनीहरू, पतञ्जलि आदि ले भनेका छन् कि केवल अपरोक्ष अनुभवले मात्र जागृत ज्ञान दिन्छ, प्रमाण त्यही हो, निद्रा, सपना, मूर्छा, मृत्यु यी सबैले प्रमाण दिँदैनन्, यी अवस्थाहरू हुन्। तर पनि प्रयास भने गर्न सकिन्छ। यस्तो धेरै मानिसहरूको मान्यता हुन्छ कि शरीर निष्क्रिय हुन्छ, थाहा नै हुँदैन शरीर छ कि छैन, तर यस्तो होइन, थाहा हुन्छ, जस्तो मैले अहिले भनें, शरीर करवट फेरिरहन्छ किन ?, किनभने मानौं एउटा हातमाथि उसको भार परेको छ भने हातमा संवेदना हुन्छ, केही बेरमा हात थाक्छ, दुख्छ, अनि शरीर आफैंले करवट फेर्छ, वा एउटै अवस्थामा सुतेको छ भने शरीरको त्यो भागमा रगतको बहाव अलिक कम हुन्छ र शरीरले आफैंले स्थिति बदल्छ, करवट बदल्ने यही कारण हो, हरेक १५२० मिनेटमा करवट बदलिन्छ, निद्रामा शरीर सक्रिय हुन्छ। तर मानिसहरूलाई थाहा हुँदैन, उनीहरू सोच्छन् म त मरेको थिएँ, निद्रामा केही गरेको थिइनँ, हल्लाएको पनि थिइनँ, तर यो सम्भव छैन, शरीर हल्लाउनु आदि स्वचालित प्रक्रिया हो, तर यसको अनुभव हुन्छ, याद रहँदैन, याद त केही पनि हुँदैन, अनि निद्रामा यो कुरा किन याद रहोस्? यसैगरी मन पनि सक्रिय हुन्छ, नभए सपना आउँदैन, हो, यो कुरा सही हो कि आठ घण्टा एउटै सपना लगातार चल्दैन, आउँछजान्छ, तर आउनजानु नै सक्रियता हो। अनि मन मात्र होइन, निद्रामा इन्द्रियहरू पनि सक्रिय हुन्छन्, यो धेरै कम मानिसलाई थाहा छ, वा थाहा त छ तर बुद्धि प्रयोग गर्दैनन्, सोच्दैनन्। जस्तो तपाईं सुतिराख्नुभएको छ, तपाईंको अलार्म बज्यो भने, यदि कान निष्क्रिय भए त अलार्म सुन्ने कोही हुने थिएन, तर तपाईं सुन्नुहुन्छ, सुन्ने कोही छ भने साक्षी पनि छ, त्यो कतै गएको छैन। यस्तो त होइन कि उसलाई थाहा थियो कि यति बजे अलार्म बज्ने हो, म पहिले आउँछु मजाक जस्तो लाग्ला, तर अर्थहीन कुरा हो, यो मान्नु कि निद्रामा साक्षी हराउँछ, यति त बच्चाबच्ची ले नि सोच्दैनन्, तर पनि धेरै मानिस मान्छन्, मलाई त हाँसो उठ्छ, किनभने साक्षीको हराउनु पनि एउटा अनुभव हो, त्यो अनुभव कसले गर्ने? ऊ हरायो भन्ने प्रमाण पनि त चाहिन्छ, तर ऊ हरायो भने पनि त अनुभवै हुने छैन, अनुभव भएन भने प्रमाणै हुने छैन, अनि त्यो त कल्पना मात्र हुनेछ उसको हराउनु। तपाईं सुतिरहनु भएको छ, कसैले बत्ती बालिदियो भने, तपाईंको आँखा तुरुन्त खुल्छकिन? किनभने आँखा निष्क्रिय थिएन। यो निद्रा, बेहोसी होइन, केवल एउटा फरक किसिमको अवस्था हो, जुन जागृतजस्तो छैन, बस त्यत्तिकै फरक हो निद्रा र जागृतिमा। बाँकी सबै कुरा त सक्रिय नै छन्शरीर सक्रिय छ, मन सक्रिय छ, पाचन भइरहेको छ, श्वासप्रश्वास चलिरहेको छ, मुटुको धड्कन चलिरहेछ, सपना आइरहेका छन्, इन्द्रियहरू पनि काम गरिरहेका छन्, केही मानिसको त निद्रामा मुख पनि चलिरहन्छ, बोलिरहन्छन्। मात्र साक्षी किन जाओस्? उसको के दोष? केही मानिसको निद्रा यति कच्चा हुन्छ कि सुतेको कोठामा कोही छिर्छ भने तुरुन्त ब्यूँझन्छन्। अब कुन इन्द्रियले त्यो समातेको हो त ? को हो त्यहाँ जसले थाहा पायो कि कोही आएको छ कोठामा? यस विषयमा गहिरो जानु उचित छैन, किनकि यसलाई हामी सूक्ष्म इन्द्रिय भन्छौँ। तर जसले जानेका छन्, उनीहरूलाई थाहा छनिद्रा निकै सक्रिय अवस्था हो, केवल अलि फरक हो जागृतिबाट, शान्त छ। यसमा सबै कुरा रहन्छ, एउटा कुरा मात्र रहँदैनस्मरण। तपाईं निद्रामा भएको कुरा बिर्सनुहुन्छ। किनभने जे भयो त्यो जागृतिका लागि उपयोगी थिएनकुनै मिटिङ भएन, कुनै पार्टी भएन, कसैसँग भेट भएन, खानपिन भएन, भोक लागेनत्यसैले जागृतिको कामको केही भएन, त्यसैले बिर्सियो। यहासम्म की सपनै पनि बिर्सिन्छन् मान्छे । तर यस्तो बिरामीलाई सोध्नुस्जसलाई एकदम दुखिरहेको छउ सुत्छ, तर ब्यूँझेपछि भन्छ, म सुतिनँ, रातभरि दुख्यो । किन? किनकि त्यो स्मरण राखियो वा रह्यो किनभने त्यो त उसको लागि आवश्यक कुरा थियो। त्यसैलेन शरीर जान्छ, न मन जान्छ, न साक्षी जान्छ, न जगत जान्छ, न अस्तित्व जान्छजाने कुरा केवल स्मरण हो। र यदि तपाईंको संकल्प बलियो छ, तपाईंको साधना राम्रो छ भने त्यो पनि हराउँदैन, अनि तपाईंलाई योग निद्रा को अनुभव हुन्छ। जुन साधकहरू अगाडि बढिसकेका छन्, उनीहरूले यो कुरा बुझेका हुन्छन्। मलाई त हाँसो उठ्छ यस्ता प्रश्नहरु सुन्दार ती साधकहरूलाई त हाँसो पनि आउँदैन, जसले साधनामा धेरै अगाडि पुगिसकेका छन्, किनकि उनीहरूले यस्ता प्रश्नलाई ध्यानै दिंदैनन्। त त्यसो भए स्मरणको जानु नै मेरो जानु हो ? यहाँ तार्किक गल्ती छ। जस्तो कि, दस वर्ष अघि मैले के गरेको थिएँ, के गतिविधिहरू भएका थिए, शरीर थियो कि थिएन, के खाएको थिएँ, के लगाएको थिएँ केही पनि याद छैन। के म यो भन्न सक्छु कि म थिएन, साक्षी थिएन त्यो समय ? यो त तार्किक गल्ती हुनेछ। अंग्रेजीमा यसलाई लोजिकल फेलासी भनिन्छ। केहि छैन, धेरै मानिसहरूले यो गल्ती गर्छन् स्मृति हराउनु वा स्मरण हराउनु भनेको घटना हराउनु वा म नै हराउनु हो भनेर मान्छन्। तर साधकले यो मान्नु हुँदैन। साधकका लागि यी कुरा महत्वपूर्ण हुन्छन्, यसमा मनन गर्नुपर्छ। यो ठीक त्यस्तै हो, जस्तो यदि पर्दामा देखिएको चित्र हरायो भने पर्दा पनि हरायो भन्ने सोच। निद्रामा चित्र हराउन सक्छ, तर पर्दा त रहन्छ। नयाँ चित्र आउँछ, जुन प्रत्येक बिहान हुन्छ तपाईंको अगाडि नयाँ दिन, नयाँ अनुभवहरू सुरु हुन्छन्। धेरै मानिसहरू भन्छन् मृत्यु पनि त्यस्तै हो, ठिकै हो, तर त्यहाँ चित्र पूरै बदलिन्छ। त्यसलाई चिन्न पनि कठिन हुन्छ, सम्झना पनि केही हुँदैन। जस्तो कि हिजोको धेरै कुरा मैले भुलिसकेको छु, तर म हिजो पनि थिएँ, बीचमा स्मृति हरायो, अहिले पनि म छु। कोही पनि यो भन्दैन कि हिजोको म र आजको म फरक हो। एउटै म हो, जो सबै अवस्थाहरूमा निरन्तर छ। धेरै मानिसहरू भन्छन् मलाई निद्रामा थाहा पाउनुछ कि म छु। थाहा पाऊनुस न त, किनकि साक्षीको प्रमाण त अरू कसैले ल्याएर दिन सक्दैन। की ल हेर, मैले फोटो खिचेको छु तिम्रो साक्षीको, जब तिमी सुतिरहेका थियौ। यस्तो सम्भव भए त राम्रै हुन्थ्यो तर यथार्थमा साक्षीको प्रमाण तपाईंले आफैले लिनुपर्छ। र यदि तपाईंको नै अवस्था निद्राजस्तै भयो तपाईं अर्थात् यो मनशरीर र त्यो स्मृति पनि हरायो, स्मरण पनि रहेन के यसलाई प्रमाण भनिन्छ? अब तपाईं बुझ्न सक्नुहुन्छ, हजारौँ वर्षअघि ऋषिमुनीहरूको बुद्धि हाम्रोभन्दा धेरै तीक्ष्ण थियो। उनीहरूलाई यस्ता प्रश्न कहिल्यै आएनन्। यहाँ एक मान्यता छ साक्षी हुनु भनेको स्मरणमा निर्भर हुन्छ, वा कुनै अवस्थामा निर्भर हुन्छ, वा कुनै घटनामा निर्भर हुन्छ। यो होइन कि प्रमाण छैन, प्रमाण त धेरै छ तर मान्यतामा विचार भएको छैन, मान्यता धेरै छन। जस्तो कि मैले भनें जब मान्यता बनाइन्छ, त्यसबेला प्रमाणका आधारमा बनाइँदैन; यदि प्रमाणका आधारमा बनाइयो भने कहिल्यै गलत मान्यता बन्नै सक्दैन। तर जब मान्यताका आधारमा प्रश्न सोधिन्छ, तब प्रमाण मागिन्छ यो त विरोधाभास भयो। त्यसैले सबै साधकहरूले आफ्नै प्रश्नबारे पहिले विचार गर्नुपर्छ यसको प्रमाण के हो? ज्ञानमार्गमा तपाईं देख्नुहुनेछ उत्तरहरू त फेरिँदैनन्, एउटा उत्तर आयो भने त्यो अन्तिम हुन्छ, तर प्रश्नहरू भने बिस्तारै हराउँछन्। अहिले पनि धेरै प्रश्न बाँकी छन्, र ती सबै आत्मज्ञानसँग सम्बन्धित छन्। तिनको उत्तर म अर्को भागमा दिनेछु। मलाई आशा छ सबैलाई आनन्द आयो होला र केही सिक्न पाइयो होला । अर्को भागमा फेरि भेट हुनेछ। नमस्कार
Share This Article
Like This Article
© Gyanmarg 2024
V 1.2
Privacy Policy
Cookie Policy
Powered by Semantic UI
Disclaimer
Terms & Conditions