Wise Words
आत्मसंवाद भाग -२ ( नेपाली अनुवाद )
रोशन
**शिष्य:** नमस्ते गुरुजी, म माफी माग्छु, आज ढिलो भयो। म आध्यात्मिक किताब खोज्न गएँ, तर केही बुझिनँ। के तपाईं कुनै राम्रो किताब सुझाउन सक्नुहुन्छ? र अनि आज तपाईं कुन किताबबाट पढाउनुहुन्छ? **गुरु:** के तपाईंलाई गुलियो मन पर्छ? **शिष्य: **हो, तर... तर अहिले? **गुरु:** तपाईंले कुन किताब पढेर थाहा पाउनुभयो कि चिनी गुलियो हुन्छ भनेर ? **शिष्य:** गुरुजी, तपाईं त मेरो परीक्षा लिँदै हुनुहुन्छ। त्यो त चिनी खाएरै थाहा हुन्छ, किताबबाट त कसरी हुन्थ्यो र ? **गुरु:** जसरी तपाईं कुनै किताब पढेर चिनी गुलियो हुन्छ भन्ने जान्न सक्नुहुन्न, त्यसैगरी आध्यात्मिक ज्ञान पनि किताब पढेर हुँदैन। जसरी गुलियो स्वाद के हो भनेर पढेर वा सुनेर थाहा पाउन सकिँदैन, म को हुँ भनेर पनि पढेर वा सुनेर जान्न सकिँदैन। हो, एकपटक स्वाद लिएपछि, जब तपाईं चिनीको बारेमा पढ्नुहुन्छ वा सुन्नुहुन्छ, तब तुरुन्तै बुझ्नुहुन्छ। स्वादको अनुभवबिना ती केवल खाली शब्दहरू हुन्। त्यसैगरी आफूलाई चिन्ने कुरा पनि अनुभवबाटै हुन्छ। हो, पछि तपाईं जति चाहनुहुन्छ पढ्न सक्नुहुन्छ, तर मीठो खानुको मजा जस्तो हुन्छ, त्यो पढेर कहाँ हुन्छ? मैले ठीक भनेँ, होइन? **शिष्य:** एकदम ठीक। मलाई त यो सबै थाहा नै थिएन। **गुरु:** यो बडो विचित्रको कुरा हो। मानिसहरू शब्दहरूलाई नै ज्ञान ठान्छन्। यो तिनीहरूसँग हुन्छ, जसलाई यो कुरा बताउने कोही हुँदैन, कोही गुरु हुँदैन। ल, केहि छैन, म तपाईंलाई बताउँछु। **शिष्य:** हजुर, गुरुजी। **गुरु:** ज्ञान भनेको जान्नु हो। पहिलो कुरा, यो तपाईंको आफ्नै अनुभवबाट मात्र हुन्छ। यो धेरै महत्त्वपूर्ण कुरा हो। **शिष्य: **हो, म लेख्छु। **गुरु:** सुनेका वा पढेका शब्दहरूले सूचना दिन्छन्, जसको अर्थ हो इशारा गर्नु, तपाईंको अनुभवतर्फ। तर सूचना ज्ञान होइन, यो गलत पनि हुन सक्छ। यो पनि तपाईंको अनुभवले नै थाहा हुन्छ। **शिष्य:** हो, आजकाल त धेरै यस्तो हुन्छ। हामी धेरै सावधान हुनुपर्छ। **गुरु:** तपाईंको घरको चिनी गुलियो छ, होइन? अनि मेरो घरको नी ? **शिष्य:** चिनी त गुलियो नै हुन्छ, चाहे जसको सुकै घरमा होस्। **गुरु:** धेरै राम्रो जवाफ। तर खाएबिना तपाईंले कसरी थाहा पाउनुभयो? **शिष्य:** अरे, यति समझ त सबैमा हुन्छ। यो कुरा त नखाइकनै यहाँ बसी बसी जान्न सकिन्छ। **गुरु:** हो, यो योग्यतालाई हामी तर्क भन्छौँ। यो बुद्धिको एउटा योग्यता हो, र यसबाट पनि ज्ञान प्राप्त हुन्छ। तर याद राख्नुहोस्, तपाईंको यो जान्नु कि सबैको घरको चिनी गुलियो हुन्छ, यो तपाईंको अघिल्लो अनुभवमा आधारित छ। त्यसैले तर्कको प्रयोग गर्न भन्दा पहिला अनुभव जरूरी छ। त्यसपछि मात्र तर्क वा बुद्धि उपयोगी हुन्छ। **शिष्य: **मैले बुझेँ। यो त धेरै सरल कुरा छ, तर मैले कहिल्यै ध्यान दिएको थिइनँ। तर के अरू कसैको तर्कबाट वा तर्क पढेर ज्ञान प्राप्त हुन्छ? यदि, म मा यो योग्यता छैन भने ? **गुरु:** एकदमै राम्रो प्रश्न गर्नुभयो तपाइँ ले । होइन, अरूको बुद्धिबाट ज्ञान हुँदैन। तपाईंले कसरी थाहा पाउनुहुन्छ कि अरुको तर्क सही छ? वा कुन अनुभवको आधारमा उसले तर्क गरेको छ? त्यसैले तर्क र बुद्धि पनि तपाईंको आफ्नै हुनुपर्छ, जस्तै अनुभव तपाईंको आफ्नै हुनुपर्छ। तब मात्र ज्ञान सही हुन्छ, शङ्का रहँदैन। त्यसैले दोस्रो नम्बरमा तर्क लेख्नुहोस्। अनुभव र तर्क यी दुईबाट ज्ञान हुन्छ। त्यसैले हामी यिनलाई ज्ञानका साधन वा प्रमाण भन्छौँ। प्रमाण त्यो हो, जसले ज्ञानमा शङ्का रहँदैन। यदि शङ्का रह्यो भने त्यो प्रमाण हुँदैन। **शिष्य:** अब मेरो समझमा आयो। यो कति ठूलो शिक्षा हो। र म त पागलजस्तै किताबको पसलमा ज्ञान खोज्न हिडिरहेकी थिए । **गुरु:** हो, यसको ठूलो महत्त्व छ। सारा आध्यात्म यसमै अडिएको छ। र सबै शिष्यहरूले पहिले यो कुरा पक्का गर्नुपर्छ कि जान्ने प्रक्रिया कसरि हो । त्यसपछि मात्र अगाडि बढ्नुपर्छ। म तपाईंलाई गृहकार्य दिन्छु। यो हप्ता यो विषयमा विचार गर्नुहोस् र एउटा सूची बनाउनुहोस्, जसमा दुई भाग होस्। पहिलो आजसम्म तपाईंको जीवनमा जे जे यी दुइ साधनहरूबाट जान्नुभयो। दोस्रो जुन तपाईंले केवल कतै सुनेको वा पढेको । पहिलो हो ज्ञान, दोस्रो हो अज्ञान। **शिष्य:** अवश्य गर्छु। मलाई अब लागिरहेको छ कि आध्यात्म आफैंले गर्ने कुरा हो। यो केवल ठूला-ठूला कुराहरू होइनन । **गुरु: **एकदम ठीक। यो जीवन बदल्ने कुरा हो। र तपाईंमा सम्भावना देखिएको छ। **शिष्य:** कस्तो सम्भावना? **गुरु:** गुलियो खाने सम्भावना। आज घरमा खीर बनेको छ। ल, चाखेर अनुभवबाट भन्नुहोस्, मीठो छ कि फिक्का, । **शिष्य:** हो, ल जाऔँ। भोक पनि लागेको छ। तर गुरु र ज्ञानभन्दा मीठो त खीर हुँदैन। यो म तर्कबाटै भन्न सक्छु। (शिष्य: नमस्ते गुरुजी, म माफी माग्छु, आज ढिलो भयो। म आध्यात्मिक किताब खोज्न गएँ, तर केही बुझिनँ। के तपाईं कुनै राम्रो किताब सुझाउन सक्नुहुन्छ? र अनि आज तपाईं कुन किताबबाट पढाउनुहुन्छ? गुरु: के तपाईंलाई गुलियो मन पर्छ? शिष्य: हो, तर... तर अहिले? गुरु: तपाईंले कुन किताब पढेर थाहा पाउनुभयो कि चिनी गुलियो हुन्छ भनेर ? शिष्य: गुरुजी, तपाईं त मेरो परीक्षा लिँदै हुनुहुन्छ। त्यो त चिनी खाएरै थाहा हुन्छ, किताबबाट त कसरी हुन्थ्यो र ? गुरु: जसरी तपाईं कुनै किताब पढेर चिनी गुलियो हुन्छ भन्ने जान्न सक्नुहुन्न, त्यसैगरी आध्यात्मिक ज्ञान पनि किताब पढेर हुँदैन। जसरी गुलियो स्वाद के हो भनेर पढेर वा सुनेर थाहा पाउन सकिँदैन, म को हुँ भनेर पनि पढेर वा सुनेर जान्न सकिँदैन। हो, एकपटक स्वाद लिएपछि, जब तपाईं चिनीको बारेमा पढ्नुहुन्छ वा सुन्नुहुन्छ, तब तुरुन्तै बुझ्नुहुन्छ। स्वादको अनुभवबिना ती केवल खाली शब्दहरू हुन्। त्यसैगरी आफूलाई चिन्ने कुरा पनि अनुभवबाटै हुन्छ। हो, पछि तपाईं जति चाहनुहुन्छ पढ्न सक्नुहुन्छ, तर मीठो खानुको मजा जस्तो हुन्छ, त्यो पढेर कहाँ हुन्छ? मैले ठीक भनेँ, होइन? शिष्य: एकदम ठीक। मलाई त यो सबै थाहा नै थिएन। गुरु: यो बडो विचित्रको कुरा हो। मानिसहरू शब्दहरूलाई नै ज्ञान ठान्छन्। यो तिनीहरूसँग हुन्छ, जसलाई यो कुरा बताउने कोही हुँदैन, कोही गुरु हुँदैन। ल, केहि छैन, म तपाईंलाई बताउँछु। शिष्य: हजुर, गुरुजी। गुरु: ज्ञान भनेको जान्नु हो। पहिलो कुरा, यो तपाईंको आफ्नै अनुभवबाट मात्र हुन्छ। यो धेरै महत्त्वपूर्ण कुरा हो। शिष्य: हो, म लेख्छु। गुरु: सुनेका वा पढेका शब्दहरूले सूचना दिन्छन्, जसको अर्थ हो इशारा गर्नु, तपाईंको अनुभवतर्फ। तर सूचना ज्ञान होइन, यो गलत पनि हुन सक्छ। यो पनि तपाईंको अनुभवले नै थाहा हुन्छ। शिष्य: हो, आजकाल त धेरै यस्तो हुन्छ। हामी धेरै सावधान हुनुपर्छ। गुरु: तपाईंको घरको चिनी गुलियो छ, होइन? अनि मेरो घरको नी ? शिष्य: चिनी त गुलियो नै हुन्छ, चाहे जसको सुकै घरमा होस्। गुरु: धेरै राम्रो जवाफ। तर खाएबिना तपाईंले कसरी थाहा पाउनुभयो? शिष्य: अरे, यति समझ त सबैमा हुन्छ। यो कुरा त नखाइकनै यहाँ बसी बसी जान्न सकिन्छ। गुरु: हो, यो योग्यतालाई हामी तर्क भन्छौँ। यो बुद्धिको एउटा योग्यता हो, र यसबाट पनि ज्ञान प्राप्त हुन्छ। तर याद राख्नुहोस्, तपाईंको यो जान्नु कि सबैको घरको चिनी गुलियो हुन्छ, यो तपाईंको अघिल्लो अनुभवमा आधारित छ। त्यसैले तर्कको प्रयोग गर्न भन्दा पहिला अनुभव जरूरी छ। त्यसपछि मात्र तर्क वा बुद्धि उपयोगी हुन्छ। शिष्य: मैले बुझेँ। यो त धेरै सरल कुरा छ, तर मैले कहिल्यै ध्यान दिएको थिइनँ। तर के अरू कसैको तर्कबाट वा तर्क पढेर ज्ञान प्राप्त हुन्छ? यदि, म मा यो योग्यता छैन भने ? गुरु: एकदमै राम्रो प्रश्न गर्नुभयो तपाइँ ले । होइन, अरूको बुद्धिबाट ज्ञान हुँदैन। तपाईंले कसरी थाहा पाउनुहुन्छ कि अरुको तर्क सही छ? वा कुन अनुभवको आधारमा उसले तर्क गरेको छ? त्यसैले तर्क र बुद्धि पनि तपाईंको आफ्नै हुनुपर्छ, जस्तै अनुभव तपाईंको आफ्नै हुनुपर्छ। तब मात्र ज्ञान सही हुन्छ, शङ्का रहँदैन। त्यसैले दोस्रो नम्बरमा तर्क लेख्नुहोस्। अनुभव र तर्क यी दुईबाट ज्ञान हुन्छ। त्यसैले हामी यिनलाई ज्ञानका साधन वा प्रमाण भन्छौँ। प्रमाण त्यो हो, जसले ज्ञानमा शङ्का रहँदैन। यदि शङ्का रह्यो भने त्यो प्रमाण हुँदैन। शिष्य: अब मेरो समझमा आयो। यो कति ठूलो शिक्षा हो। र म त पागलजस्तै किताबको पसलमा ज्ञान खोज्न हिडिरहेकी थिए । गुरु: हो, यसको ठूलो महत्त्व छ। सारा आध्यात्म यसमै अडिएको छ। र सबै शिष्यहरूले पहिले यो कुरा पक्का गर्नुपर्छ कि जान्ने प्रक्रिया कसरि हो । त्यसपछि मात्र अगाडि बढ्नुपर्छ। म तपाईंलाई गृहकार्य दिन्छु। यो हप्ता यो विषयमा विचार गर्नुहोस् र एउटा सूची बनाउनुहोस्, जसमा दुई भाग होस्। पहिलो आजसम्म तपाईंको जीवनमा जे जे यी दुइ साधनहरूबाट जान्नुभयो। दोस्रो जुन तपाईंले केवल कतै सुनेको वा पढेको । पहिलो हो ज्ञान, दोस्रो हो अज्ञान। शिष्य: अवश्य गर्छु। मलाई अब लागिरहेको छ कि आध्यात्म आफैंले गर्ने कुरा हो। यो केवल ठूला-ठूला कुराहरू होइनन । गुरु: एकदम ठीक। यो जीवन बदल्ने कुरा हो। र तपाईंमा सम्भावना देखिएको छ। शिष्य: कस्तो सम्भावना? गुरु: गुलियो खाने सम्भावना। आज घरमा खीर बनेको छ। ल, चाखेर अनुभवबाट भन्नुहोस्, मीठो छ कि फिक्का, । शिष्य: हो, ल जाऔँ। भोक पनि लागेको छ। तर गुरु र ज्ञानभन्दा मीठो त खीर हुँदैन। यो म तर्कबाटै भन्न सक्छु। (यो आलेख तरुण प्रधानज्यूद्वारा 'बोधी वार्ता' हेतु प्रकाशित दृश्य सामग्री को नेपाली रूपान्तरण मात्र हो; यसको मुख्य अभीष्ट ज्ञानको विस्तार र संरक्षण गर्नु हो। यसमा रहेका कुनै पनि त्रुटिहरूका लागि हामी क्षमाप्रार्थी छौं र साथै मूल्यवान् सुझावहरूको अपेक्षा गर्दछौं। यस ज्ञानवर्धक सामग्रीलाई थप प्रसारको उद्देश्यका लागि दृश्य सामग्री वा पुनर्लेखन गर्न पूर्ण स्वतन्त्रता प्रदान गरिएको छ।)
Share This Article
Like This Article
© Gyanmarg 2024
V 1.2
Privacy Policy
Cookie Policy
Powered by Semantic UI
Disclaimer
Terms & Conditions