Wise Words
आत्मसंवाद भाग -६ (नेपाली अनुवाद )
रोशन
**गुरु: **आज तपाईंको प्रश्नको उत्तर प्राप्त हुनेछ कि तपाईंले खोजिरहनुभएको सुख, शान्ति, र सन्तोष कहाँ पाइन्छ? एक सामान्य मानिस सुख र मुक्ति चाहन्छ, र अरू केही होइन। उसले यो वस्तु, मानिस, शरीर, वा मनमा खोज्छ, तर यो सबै आउने-जाने कुरा हो, र यी सबैमाथि उसको कुनै नियन्त्रण छैन, अन्ततः उसलाई केही हात लाग्दैन। **शिष्य:** मेरो पनि यही अनुभव छ। कतै पनि सुख छैन, भए पनि दुई पल मात्र। मलाई यस्तो लाग्छ कि म आफ्ना इच्छाहरू पूरा गर्न स्वतन्त्र छैन। कहिलेकाहीं पूरा पनि हुन्छन्, तर त्यसको ठूलो मूल्य चुकाउनुपर्छ। **गुरु:** हो, फल त आउँछन्। इच्छाहरू पूरा होऊन् वा अधूरै रहून्, दुख मात्र दिन्छन्। सुख र मुक्ति बाहिर छैनन्, यो त तपाईंले आफ्नो अनुभवबाट जानिसक्नुभयो होला । अब आफूभित्र हेर्नुहोस्, तपाईं स्वयं के हुनुहुन्छ, हेर्नुहोस् र भन्नुस, त्यहाँ के छ? **शिष्य: **म साक्षी हुँ। इच्छाहरू, सुख, दुख, यो सबै मनोशरीरमा छ। म मा त केही पनि छैन, न यो सबै मेरो हो। **गुरु: **हो, इच्छाहरू, दुख, दर्द, आउने-जाने सुख, यो सबै शरीरका वा मानसिक प्रक्रियाहरू हुन्, जो यो मनोशरीरको मेसिनमा चल्छन्। यी सबैको प्रभाव पनि मन वा शरीरमा मात्र हुन्छ। तपाईंमा, साक्षीमा, केवल शान्ति छ। र किनभने यसमा कुनै इच्छा छैन, न कुनै रुचि, न अरुचि, यसको अवस्था आनन्दको छ। जे अनुभवहरू हुन्छन्, तपाईं तिनको साक्षी हुनुहुन्छ, तपाईंमा तिनको प्रभाव पर्दैन। यहा सधैं शान्ति र आनन्द हुन्छ। **शिष्य:** अब मलाई स्पष्ट जान्दैछु । जुन विचार वा भावनाहरूलाई मैले मेरो वा मेरो हिस्सा मान्दथे , ती त केवल एक मेसिन हो। म त सधैं शान्त नै थिएँ, सधैं आनन्द नै थियो। **गुरु:** हो, र यो सधैं यस्तै रहनेछ, किनभने तपाईंमा कुनै परिवर्तन हुँदैन। यो शान्ति र आनन्द आउने-जाने होइन, सधैं यस्तै थियो। मनोशरीरसँग आफ्नो पहिचान भएर तपाईंको स्वभाव लुकेको थियो। न तपाईंलाई अहिले कुनै दुख छ, न पहिले कहिल्यै थियो, न कहिल्यै हुनेछ। **शिष्य:** र यी इच्छाहरू पनि यो मेसिनकै हुन्, मेरो होइन। मलाई त केही चाहिएकै छैन, म त पहिलेदेखि नै पूर्णरूपमा सन्तुष्ट छु। अब त पुरानो जीवन देखि मलाई हाँसो उठ्छ, मैले सुखक पाउनका लागि, के-के पो गरिनँ। **गुरु: **हेर्नुहोस्, साक्षी पूर्ण छ, त्यसमा कुनै कमी छैन। के त्यसमा केही जोड्दा साक्षी हुन्छ? वा केही घटाउँदा साक्षी हुन्छ? के त्यो राम्रो साक्षी हो वा नराम्रो साक्षी हो? त्यो केवल छ, यी सबै विकारहरूबाट मुक्त, शुद्ध, निर्गुण, शून्य। सबै कमजोरी, दोष, राम्रो-नराम्रो, यो मनोशरीर रुपी मेसिनमा छ, जो न तपाईं हो, न तपाईंको। **शिष्य:** तर मलाई किन यस्तो लाग्छ कि म बाँधिएको छु, जे चाहन्छु त्यो गर्न स्वतन्त्र छैन? **गुरु:** के साक्षीले केही चाहन्छ वा केही गर्छ? **शिष्य:** होइन, म त केवल साक्षी हुँ। गर्ने त यो मनोशरीर नै हो। **गुरु:** यो बन्धन पनि मनोशरीरकै हो। तपाईं यसको पनि साक्षी हुनुहुन्छ। यो मनोशरीर सीमित छ, केही दिनको खेल हो। जसलाई केही गर्नु छैन, जसले केही चाहँदैन, उसलाई कस्तो बन्धन? उसको त जन्म-मृत्यु पनि छैन। तपाईं त जीवनमुक्त हुनुहुन्थ्यो र सधैं रहनुहुनेछ। जब कुनै इच्छा आउँछ र पूरा हुँदैन, तब बन्धन लाग्छ, तब दुख हुन्छ। तर साक्षीमा यो सब केहि छैन, यो पहिलेदेखि नै मुक्त छ। यो मनोशरीर सीमित छ, तर पनि राम्रो जीवन जिउन सक्षम छ। उसको समस्या भनेकै अज्ञान हो, होइन? जे भए पनि, यो माटोबाट बनेको हो, केही दिनमा माटोमै मिल्छ। त्यो म होइन, खेलजस्तै हो, जीवन आउने-जाने सपना हो। यसप्रति के को लगाव? **शिष्य:** यो माटोको गुडिया सँगको लगाव नै मेरो दुखको कारण थियो। यो पनि मेरो मान्यता नै थियो। तपाईंले त मलाई यो पिंजडाबाट मुक्त गरिदिनुभयो, गुरुजी। **गुरु:** न लगाव तपाईंको, न मान्यता तपाईंको, न अज्ञान तपाईंको। अब पुरानो बिर्सनुहोस्, त्यो अँध्यारो सपना थियो, गल्ती थियो। यो नयाँ जीवन हो, ज्ञानको उज्यालोले भरिएको। आफ्नो ज्ञानमा रहनु नै अब तपाईंको साधना हो। यसलाई नै साक्षीभाव भनिन्छ, यसभन्दा ठूलो र शक्तिशाली साधना अरू छैन। **शिष्य:** म यो साधना जीवनभर गर्नेछु। अब म आफूलाई गुमाउन चाहन्नँ। र यदि म फेरि बिर्सें भने? **गुरु:** तब म छु नि, सम्झाउनका लागि। मेरो सम्झना आयो भने, मेरो शिक्षा पनि सम्झना आउनेछ। स्मरण राख्नुहोस्, मलाई नबिर्सनुहोस्। **शिष्य:** तपाईंलाई कसरी बिर्सन सक्छु? म र तपाईं त एकै हौं। **(यो आलेख तरुण प्रधानज्यूद्वारा 'बोधी वार्ता' हेतु प्रकाशित दृश्य सामग्री को नेपाली रूपान्तरण मात्र हो; यसको मुख्य अभीष्ट ज्ञानको विस्तार र संरक्षण गर्नु हो। यसमा रहेका कुनै पनि त्रुटिहरूका लागि हामी क्षमाप्रार्थी छौं र साथै मूल्यवान् सुझावहरूको अपेक्षा गर्दछौं। यस ज्ञानवर्धक सामग्रीलाई थप प्रसारको उद्देश्यका लागि दृश्य सामग्री वा पुनर्लेखन गर्न पूर्ण स्वतन्त्रता प्रदान गरिएको छ।) **
Share This Article
Like This Article
© Gyanmarg 2024
V 1.2
Privacy Policy
Cookie Policy
Powered by Semantic UI
Disclaimer
Terms & Conditions