Wise Words
Home
Read
Write
Publish
Profile
Logout
आत्मसंवाद भाग १ (नेपालि भाषा अनुवाद)
रोशन
**शिष्य:** नमस्ते गुरुजी, के म तपाईंसँग केही प्रश्नहरू सोध्न सक्छु? **गुरु: **नमस्ते, आउनुहोस्, आउनुहोस्, तपाईं लाइ स्वागत छ। अवश्य, यो त मेरो काम हो। **शिष्य:** खाने, पिउने, कमाउने, सम्बन्ध, बुढ्यौली र मृत्यु के यही नै जीवन हो? के यो सबै कुरा अर्थहीन छैनन ? थोरै सुखका लागि यति धेरै सङ्घर्ष, जुन आखिरमा जानेवाला छ। मैले आजसम्म यो कुरा बुझ्न सकिनँ, किन? **गुरु:** यो देखेर धेरै खुशी लाग्यो कि तपाईंको आँखा आधा खुलिसकेको छ। अब प्रगति हुनेछ। हेरनुहोस्, धेरैजसो मानिसहरूले त यति पनि सोध्दैनन्। तिनीहरू त बस बेहोसजस्तै बाँचिरहेका हुन्छन्। **शिष्य:** आँखा आधा खुलिसकेको भन्नाले? मैले बुझिन नी। **गुरु:** तपाईंले जुन अनुभव गर्नुभएको छ, त्यसमा प्रश्नचिह्न लगाउनु बुद्धिमानी हो। यो प्रश्न आँखा खोल्ने खालको छ, होइन त? वास्तवमा, सबैको आ-आफ्नै धारणा हुन्छ जीवन कस्तो हुनुपर्छ, यो किन छ, त्यो किन छ। तर जो यो अन्धकारमा सन्तुष्ट छ, ऊ त्यहीँ रहन्छ। जसले यो प्रश्नमाथि सोच्छ, ऊ अगाडि बढ्न सक्छ। ऊ अब आफ्नो प्रगति गर्न सक्षम हुन्छ। किनकि यो प्रश्नमा एक असन्तुष्टि छ, जुन जीवनको अर्थहीनताको कारण हो। केवल बाँचिरहनु मात्र जीवन होइन, यो त तपाईंलाई पनि थाहा छ। **शिष्य: **त्यसो भए जीवनको अर्थ के हो? र यो कुरा मलाई कसले बताउँछ? यो सब कसरी थाहा पाउने? **गुरु:** अर्थ त हुँदैन, दिनुपर्छ। र यो तपाईंले आफैंले गर्नुपर्छ। किनकि यदि कसैले तपाईंको जीवनको अर्थ निर्धारण गर्छ भने, त्यो तपाईंको जीवन कसरी भयो? आफ्नो जीवनको उद्देश्य सबैले आ-आफ्नो समझ, बुद्धि वा रुचिअनुसार छान्छन्। तपाईंले पनि छान्नुहोस्, जुन तपाईंलाई सबैभन्दा राम्रो लाग्छ। सायद यो समयमा तपाईंको जीवन तपाईंको रुचिको नहोला, त्यसैले त यो प्रश्न आएको हो हैन ? **शिष्य: **गुरुजी, तपाईंले ठीक भन्नुभयो। तर तपाईंले नै भनिदिनुहोस् न, यो अर्थ, यो उद्देश्य कस्तो हुनुपर्छ? सायद मैले केही गलत छानेँ भने पछि पछुताउनुपर्ला। मैले त केहि जानेको छैन। **गुरु:** हो, जान्नबाटै सुरु गर्नुपर्छ। म तपाईंलाई केही सङ्केत मात्र दिन सक्छु। सबै ठूला मानिसहरू, महापुरुषहरूले यही भनेका छन् कि जबसम्म जीवनको उद्देश्य सांसारिक छ, जस्तो कि तपाईंले पनि देख्नुभयो, त्यसमा कुनै सन्तुष्टि छैन, कुनै सुख छैन, यो अर्थहीन नै रहन्छ, चाहे जे गरे पनि। र मेरो पनि यही अनुभव छ। त्यो अर्थ, त्यो उद्देश्य, जुन केवल बाँच्नका लागि मात्र होइन, केवल संसारका लागि मात्र होइन, त्यसलाई आध्यात्मिक लक्ष्य भनिन्छ। यही नै हामीलाई मानवताभन्दा पर लैजान्छ। धेरै महापुरुष र ज्ञानीहरूले त यही भन्छन् कि तपाईंको जन्म नै यही उद्देश्यका लागि भएको हो। तर सायद यो संसारको चक्करमा तपाईं बिर्सनुभयो कि तपाईं यहाँ किन आउनुभएको थियो । यो बडो विचित्र को कुरा हो मानव जन्मको लक्ष्य हो मानव जीवनबाट मुक्ति। तर याद राख्नुहोस्, यो पनि तपाईंले नै निर्धारण गर्नुपर्छ, अरू कसैले होइन। **शिष्य:** आध्यात्म त धेरै ठूलो कुरा भयो । यो कसरी सम्भव हुन्छ? यसका लागि त घर छोडेर हिमालयमा एक्लै बस्नुपर्छ, होइन र? यति धेरै गर्नमा त सारा जीवन जाला। **गुरु:** अह होइन, आध्यात्मको अर्थ हो आफूलाई चिन्नु। जसले आफूलाई चिन्छ, उसले सबै कुरा चिन्छ। तपाईं त यहीँ हुनुहुन्छ, यही समयमा। अनि कहाँ जानुपर्छ? अनि कति समय लाग्छ? भन्नुहोस न , त्यसपछि न केही गर्नुपर्छ, न कतै जानुपर्छ। यहाँ सङ्घर्षको अन्त्य हुन्छ। यहाँ उद्देश्य पूरा हुन्छ। **शिष्य:** तपाईंले त मेरो सारा कठिनाइ हटाइदिनुभयो। म यही गर्न चाहन्थेँ, तर मलाई थाहा थिएन गुरुजी। म तयार छु, कृपा गर्नुहोस्। **गुरु:** शिष्य तयार छ भने गुरु पनि तयार छ। अब सबै सजिलै हुन्छ । कठिनाइ यहासम्म आउनमा थियो। अब धेरै सजिलो छ। तपाईंले आफ्नो लक्ष्य अवश्य पाउनुहुनेछ। योभन्दा राम्रो लक्ष्य केही छैन,र योभन्दा ठूलो लक्ष्य पनि केहि छैन । **(यो आलेख तरुण प्रधानज्यूद्वारा 'बोधी वार्ता' हेतु प्रकाशित दृश्य सामग्री को नेपाली रूपान्तरण मात्र हो; यसको मुख्य अभीष्ट ज्ञानको विस्तार र संरक्षण गर्नु हो। यसमा रहेका कुनै पनि त्रुटिहरूका लागि हामी क्षमाप्रार्थी छौं र साथै मूल्यवान् सुझावहरूको अपेक्षा गर्दछौं। यस ज्ञानवर्धक सामग्रीलाई थप प्रसारको उद्देश्यका लागि दृश्य सामग्री वा पुनर्लेखन गर्न पूर्ण स्वतन्त्रता प्रदान गरिएको छ।)**
Share This Article
Like This Article
© Gyanmarg 2024
V 1.2
Privacy Policy
Cookie Policy
Disclaimer
Terms & Conditions