Wise Words
त्रिज्ञान : ब्रह्मज्ञान नेपाली प्रश्नोत्तर भाग ६
रोशन
त्रिज्ञान : ब्रह्मज्ञान प्रश्नोत्तर भाग ६ (यो आलेख तरुण प्रधानज्यूद्वारा 'बोधी वार्ता' हेतु प्रकाशित दृश्य सामग्री को नेपाली रूपान्तरण मात्र हो; यसको मुख्य अभीष्ट ज्ञानको विस्तार र संरक्षण गर्नु हो। यसमा रहेका कुनै पनि त्रुटिहरूका लागि हामी क्षमाप्रार्थी छौं र साथै मूल्यवान् सुझावहरूको अपेक्षा गर्दछौं। यस ज्ञानवर्धक सामग्रीलाई थप प्रसारको उद्देश्यका लागि दृश्य सामग्री वा पुनर्लेखन गर्न पूर्ण स्वतन्त्रता प्रदान गरिएको छ।) नमस्कार। बोधि वार्तामा तपाईंहरू सबैलाई स्वागत छ। त्रिज्ञानमाथिको प्रश्नोत्तर शृङ्खलाको आज अन्तिम भाग हो, जसमा हामी ब्रह्मज्ञानसँग सम्बन्धित केही प्रश्नहरूको उत्तर दिनेछौँ। म पूरा प्रयास गर्नेछु कि यी शङ्काहरूको समाधान होस्। र यदि कुनै प्रश्नहरू बाँकी रहन्छन् भने, ती ज्ञान दीक्षा कार्यक्रमको माध्यमबाट हल हुन सक्छन्, अथवा कुनै पनि अनुभवी गुरुको शरणमा गएर तपाईंले परिस्कृत रुपमा अध्ययन गर्न सक्नुहुन्छ। र यदि तपाईंलाई लाग्छ कि यो सब कुनै कामको छैन, यो सब केवल कल्पना हो, दर्शन हो, अथवा यो किन यस्तो हो भन्ने कुरा नै बुझिइरहेको छैन भने, चिन्तित हुनुपर्ने कुनै कुरा छैन। ब्रह्मज्ञान त्यति महत्त्वपूर्ण छैन। आत्मज्ञान यदि तपाईंलाई भयो भने, तपाईंको आध्यात्मिक यात्रा सुरु भयो। जब सही समय आउँछ, तब तपाईंले यो पनि बुझ्नुहुनेछ। साधना जारी राख्नुहोस्। र, हामी प्रश्नोत्तर जारी राख्छौँ। पहिलो प्रश्न छ: तेस्रो किन छैन? त्रिज्ञानमा हामी यसो बताउँछौँ: अस्तित्वअर्थात् सम्पूर्णता, जे-जति छत्यो केवल दुई वर्गमा पाइन्छ। पहिलो वर्ग होअनुभव। दोस्रो वर्ग होअनुभवकर्ता, अर्थात् साक्षी। अनुभव मतलब, जे-जति प्रकट छ। र साक्षी मतलब, जसले यो अनुभव लिइरहेको छ, जसको पर्दामा सारा दृश्यहरू आउँछन् र जान्छन्। यसबाहेक अरू केही किन छैन? सम्पूर्ण अस्तित्व यति नै हो: कि त कुनै प्रकारको अनुभव हुन्छ, कि त अनुभव गर्नेवाला हुन्छ। र, अनुभव गर्नेवाला एउटै छ। अनुभवहरू धेरै छन् जस्तो लाग्छ, तर अनुभवहरूको धारा एउटै हो। तेस्रो किन छैन? दर्शनमा हामी यसो भन्छौँ, यो आवश्यक छ कि तेस्रो नहोस्। किन आवश्यक छ? किनभने त्यो सम्भावना नै छैन। जेसुकै गर्नुहोस्, त्यो हुन सक्दैन। त्यसैले भनिन्छ, यही आवश्यक हो। र, कसरी सिद्ध गर्छन्? मानिलिऊँ, केही तेस्रो कुरा छ। अब त्यसलाई स्थापित गर्नु छ, अर्थात् त्यसको प्रमाण ल्याउनु छ भने, त्यसको अनुभव हुनुपर्छ। अनुभव भएन भने त्यो कल्पना मात्र हो। र कल्पना पनि अनुभव नै हो। र यदि अनुभव भइहाल्यो भने, त्यो अनुभवको वर्गमा आइहाल्यो। र यदि त्यो अनुभव होइन भने, त्यो अनुभवकर्ता होलाजसलाई अनुभवहरू भइरहेका छन्, त्यो होलात्यसैले, त्यो अनुभवकर्ताको वर्गमा आइहाल्यो। अरू केही हुने कुनै सम्भावना नै छैन। जब केही अरू कुरा अस्तित्वमा आउँछ, त्यो यी दुई वर्गमध्ये कुनै एउटामा पर्छ। त्यसैले, यो आवश्यक छ कि दुईवटा मात्रै हुन्छन्। हामी ज्ञानमार्गको भाषामा भन्छौँ, अस्तित्व द्वैत रूपमा पाइन्छबस, दुई रूपमा। र त्यो रूप पनि होइन। एउटा मिथ्या छ, अर्को अरूप छ। अन्तमा, ती दुई होइनन्; दुई प्रतीत हुन्छन्। एउटै हो, अद्वैत हो। सय होइन, तीन होइन, दुई होइनएक। र धेरै मानिसहरू यसभन्दा पनि अगाडि जान्छन्: जसलाई तिमी एक भन्छौ, त्यो शून्य हो। यसको अर्थ यो होइन कि त्यो छैन। त्यो यस्तो केही होइन, जसलाई गन्न सकियोस्। यस्तो केही होइन, जसको अनुभव गर्न सकियोस्। यो कुनै वस्तु होइन। तपाईंको दैनिक जीवनमा तपाईंले जे-जति जान्नुभएको छ, त्यो त्यसमध्ये केही पनि होइन। शून्य मात्र हो। त्यसोभए, हामीले पूरै गन्ती गन्यौँ, तर यो उल्टो गन्ती हो। ब्रह्मज्ञान सम्पूर्णताबाट शून्य र शून्यबाट सम्पूर्णताको यात्रा हो। यो शून्य नै अनन्त सम्भावनाहरूले भरिएको छ। र त्यो जति चाहे पनि रूपहरूमा प्रकट हुन सक्छ। सबै रूपहरू मिथ्या हुनेछन्। त्यसैले, केही प्रकट भएको छैन, केही बनेको छैन। यसरी, त्यो एउटा वृत्तको आकारमा देखिन्छ, र तैपनि निराकार छ, निर्गुण छ, शून्य छ। दोस्रो प्रश्न छ: ब्रह्मले सीमित रूप किन लिएको छ? यदि कुनै रूप लिइन्छ भने, त्यो रूप तबसम्म कहलाउँदैन जबसम्म त्यसको सीमा हुँदैन। यदि केही असीमित छ भने, त्यो रूप कहलाउँदैन। त्यसको दर्शन हुँदैन, त्यसको अनुभव पनि हुँदैन। त्यो यदि रूप हो भने, त्यसको सीमा हुनेछ। जस्तै: मनुष्य रूप, बोटबिरुवा, नदी, पहाड, सम्पूर्ण ब्रह्माण्डसीमित रूप हुन्। त्यसैले, अरू कुनै रूप लिन सकिँदैन। असीमित रूप लिन सकिँदैन। तर, असीमित हुन सकिन्छ। किनभने, जो असीमित छ, उही अनन्त रूपहरूमा प्रकट हुन सक्छ। त्यसैले, यस्तै भइरहेको छ। जो असीमित छअस्तित्वत्यो अनन्त रूपहरूमा प्रकट छ। हरेक रूप आफैमा सीमित छ, तर यस्ता अनन्त रूपहरू छन्, अनन्त सम्भावनाहरू छन्। जब सम्भावना सीमित हुन्छ, तब त्यो रूपको आकारमा देखिन्छ। त्यसैले, यहाँ पनि भन्न सकिन्छ: यही आवश्यक छ। रूप हुन्छ भने, सीमा हुन्छ। यो तार्किक छ र आवश्यक छ। अरू कुनै सम्भावना छैन। असीमित रूपको सम्भावना छैन। त्यसैले, सीमित रूपहरू मात्र लिन सकिन्छ। र आश्चर्यको कुरा यो छ कि, यी रूपहरू कहिल्यै लिइएका होइनन्; केवल लिइएको जस्तो देखिन्छ। किनभने, त्यहाँ शून्यता मात्र छ, सम्भावना मात्र छ। त्यसैले, केवल प्रतीत मात्र हुन सक्छ, केही बन्न सक्दैन। अस्तित्व अरू केही बन्न सक्दैन। त्यो कुनै न कुनै रूपमा प्रतीत हुन सक्छ। त्यो रूप सीमित हुनेछ। त्यो रूप धेरै ठूलो हुन सक्छमानिसको कल्पनाभन्दा बाहिर, मानिसको बुद्धिभन्दा बाहिर, मानिसका इन्द्रियहरूभन्दा परजे पनि हुन सक्छ। तर, त्यो मिथ्या रूप हुनेछ, माया हुनेछ, प्रतीत मात्र हुनेछ, भ्रम मात्र हुनेछ। त्यसैले, जब अस्तित्वले रूप लिन्छ, त्यो साँच्चै रूप बनिहाल्दैन। जसरी हामी भन्छौँ, "मनुष्य ब्रह्म मात्र हो, ब्रह्मकै रूप हो, तपाईं ब्रह्म-स्वरूप हुनुहुन्छ।" त्यसोभए, के ब्रह्म नामको कुनै चीज छ, जसले रूप धारण गर्यो? होइन, यस्तो कहिल्यै भएको छैन। जे-जति छ, त्यो केही बेरका लागि यस रूपमा प्रतीत भइरहेको छएक मिथ्या रूप, मायावी रूप। त्यसैले, न ब्रह्म केही बन्छ, न मनुष्य ब्रह्म बन्छ। केही पनि बन्दैन। जसरी पर्दामा कयौँ चित्रहरू देखा पर्छन्, तर त्यो पर्दा चित्र बन्दैन। पर्दा पर्दै रहन्छ। चित्रहरू आउँछन् र जान्छन्। सबै कुरा अनित्य किन छ? किनभने, केही भएको छैन; केही बेरका लागि प्रतीत मात्र हुन्छ। यदि साँच्चै कुनै रूप लिइएको हुन्थ्यो भने, त्यो नित्य भइहाल्थ्यो। त्यसैले, यसले यो रहस्य लाइ पनि सुल्झाइदिन्छ कि अनुभव परिवर्तनशील किन छ। तिनीहरूलाई परिवर्तनशील हुनैपर्छ, किनभने ती साँच्चैका होइनन्। रहन सक्दैनन्, टिक्न सक्दैनन्, जान्छन्, विलीन हुन्छन्। सबै रूपहरू विलीन हुन्छन्, किनभने तिनीहरूको साँचो रूप शून्य होअर्थात्, कुनै रूप छैन, अरूप हो। यहाँ पनि हामी भन्न सक्छौँ: यही आवश्यक छ कि अनुभव परिवर्तनशील नै हुनेछ। किनभने, केही भएको छैन, त्यसैले प्रतीत मात्र हुन सक्छ। त्यसैले, हेर्नुहोस्, जुन अद्वैत दर्शन छ, त्यो कसैको कोरा कल्पना होइन। कसैले केवल बसेर यत्तिकै मनगढन्ते कथाहरू बनाएको होइन। यो कुनै विश्वास वा आस्थाको मामिला होइन कि कसैले केही बताइदियो र तपाईंले त्यसमाथि अन्धविश्वास गर्नुस। यस्तो होइन। हामी भन्छौँ, यो दर्शन अन्तिम हो, किनभने यसबाहेक अरू केही हुन सक्दैन। यही आवश्यक हुन जान्छ। यही भन्नु आवश्यक हुन जान्छ। हामी भन्छौँ, यही अन्तिम ज्ञान हो, किनभने यहाँ आएपछि नै ज्ञान समाप्त हुन्छ। वेदान्त यही होवेदको अन्त्य। यसभन्दा अगाडि जान सकिँदैन, किनभने यही अन्त्य हो। त्यसभन्दा अगाडि केही छँदै छैन, किनभने यही सम्पूर्ण हो। यही नै पूर्ण रूपमा सन्तुष्ट गर्नेवाला हो। किनभने, यहाँ केही पनि अँध्यारोमा छैन; सबै कुरा स्पष्ट तपाईंको आँखा अगाडि छ। यहाँ कुनै प्रश्न बाँकी रहँदैन, कुनै शङ्का बाँकी रहँदैन। यदि शङ्का र प्रश्नहरू बाँकी रहे भने, त्यो साधकमा कुनै कमी भएर हो, ज्ञानमा होइन, ज्ञानमार्गमा होइन। कि त साधकको साधना राम्रो छैन, कि त गुरु छैन, कि त यताउता सुनिरहेको छ, उता यताउता पढिरहेको छ, तर केही बुझिरहेको छैन। ज्ञानमार्गको साधना व्यवस्थित रूपमा गरिरहेको छैन। त्यसैले प्रश्नहरू उठ्छन्, शङ्काहरू उठ्छन्। आधा बुझिन्छ, आधा बुझिँदैन। म एक बहुतै साधारण मानिस हुँ। यदि मैले बुझ्न सकेँ, मेरो प्रश्नहरूको अन्त्य भयो, मलाई ज्ञान भयो भने, तपाईंलाई किन हुन सक्दैन? ममा केही पनि विशेष छैन। हो, यति भन्नुस् कि जान्ने इच्छा बहुत छ। एउटा पागलपन छ कि, सत्य के हो, त्यो जानेरै छाड्नु छ। मलाई चाहिन्न: पाखण्ड, झूट, अन्धविश्वास, शाब्दिक ज्ञान, मान्यताहरू। जुन दिन तपाईंले यो भन्नुहुन्छ, त्यस दिन तपाईंलाई सम्पूर्ण ज्ञान हुनेछ। यो बहुतै सजिलो छ। तपाईंले अरू नै केही मानिराख्नुभएको छ, त्यसैले बुझिइरहेको छैन। त्यसैले, ज्ञान एक प्रकारको शुद्धीकरण हो। जब तपाईं शुद्ध हुनुहुनेछ, तब ज्ञान हुनेछ। अर्को प्रश्न छ: स्वयंलाई ब्रह्म भन्नु दम्भ होइन र? यस्तो कसरी हुन सक्छ कि एउटा मामूली मानिस, यो माटोको गुडिया, ब्रह्म हुन जाओस्? यो त त्यस्तै भयो: आफूलाई खुबै के ठानिसक्यो यो मान्छेले! कतैबाट सुनेको छ, म ब्रह्म हुँ, र त्यही भनिरहन्छ। त्यसोभए, यो त उसमा भएको बहुतै ठूलो घमन्ड हो कि ऊ आफूलाई ब्रह्म भनिरहेको छ। त्यसैले, यो प्रश्न उनीहरूको मनमा आउँछ, जसलाई ब्रह्मको अर्थ के हो भन्ने पनि थाहा छैन, जसको ज्ञान शून्य छ, अथवा जो मान्यता र अन्धविश्वासले भरिएका छन्। उनीहरूलाई यस्तो लाग्छ: यो त मान्छे हो, मनुष्य हो। कसरी भन्न सक्छ कि ऊ सम्पूर्णता हो, अस्तित्व हो? किनभने, उनीहरूले स्वयंलाई मनुष्य मात्र सम्झेका छन्, स्वयंलाई शरीर मात्र सम्झेका छन्। त्यसैले, जसले म ब्रह्म हुँ भनिरहेको छ, उसलाई पनि उनीहरूले शरीरकै रूपमा हेर्छन्, उसलाई मनुष्य नै मान्छन्। जब कि, जसले म ब्रह्म हुँ भनिरहेको छ, उसको मनुष्यता नष्ट भइसकेको छ, उसको अहं-भाव नष्ट भइसकेको छ, ऊ व्यक्ति नै रहेको छैन। उसले व्यक्तिको मिथ्या, अहम्को मिथ्या, शरीरको मिथ्या देखिसकेको छकि यस्तो केही छँदै छैन। कि सारा आउने-जाने अनुभव हो, माया हो। तत्त्व एउटै छ, जो साक्षी छ। सम्पूर्ण अस्तित्वको तत्त्व उही हो। त्यसोभए, म त रहेन। अब दम्भ कसलाई हुन्छ त? त्यसैले, यो ब्रह्म स्वयंले भनिरहेको छ, त्यो उपकरणको माध्यमबाट, कि म ब्रह्म हुँ। मनुष्यले भनिरहेको होइन। मनुष्य गइसक्यो, समाप्त भइसक्यो, मनुष्य। अब ऊ यति शुद्ध छ कि उसको मुखबाट ब्रह्म स्वयं बोल्न सक्छ कि म के हुँ। जसरी सिसा धूलोले भरिएको छ भने, तपाईंलाई झ्याल बाहिर के छ, देखिँदैन; त्यो झ्यालको सिसा छ भन्ने मात्र थाहा हुन्छ तर यदि त्यसलाई सफा गरिदिने हो भने, सम्पूर्ण दृश्य स्पष्ट हुनेछ, के हो त्यो देखिनेछ। त्यसरी नै, तपाईंको अशुद्धिहरू समाप्त भए भने, तपाईंलाई यो देखिनेछ कि म के हुँ। अब तपाईंले कहिल्यै भन्नुहुनेछैन, म मनुष्य हुँ। कहिल्यै भन्नुहुनेछैन, म व्यक्ति हुँ, मेरो नाम यो हो, मेरा दुई हात छन्, मेरा दुई खुट्टा छन्, म यत्रो छु। जो आफूलाई मनुष्य भन्छज्ञान नलिईकनर जसलाई ज्ञान छ, उसको आलोचना गर्छ, ऊ दम्भी हो। अज्ञानी घमन्डी हो। किनभने, ऊ स्वयंलाई मनुष्य मानेर बसेको छ। ब्रह्मको अर्थ हो: अब म केही रहेनँ। जो सम्पूर्णता छ, त्यसको मिथ्या रूप मात्र हुँ। यहाँनिर, के यो दम्भ हो? कि यो समर्पण हो? सबै ब्रह्म-रूप हुन्। जसलाई ज्ञान भएको छ, उसले म ब्रह्म हुँ मात्र भन्दैन; उसले यो पनि भन्छ, तपाईं पनि त ब्रह्म हुनुहुन्छतत् त्वम् असि। त्यसोभए, के सबैलाई आफ्नो रूप भनिदिनु दम्भ हो? या म मनुष्य हुँ, तीमी मभन्दा निच छौ, आफुले आफूलाई बहुत ठुलो ठान्नु यस प्रकारको नीचता दम्भ हो? स्वयंलाई ब्रह्ममा विलीन गरिदिनु दम्भ हो, कि आफूलाई अरू नै केही सम्झिरहनु र ज्ञानीजनहरूलाई गाली दिनु दम्भ हो? त्यसैले, एक मूर्ख व्यक्ति, अज्ञानी व्यक्ति, ज्ञानीको कुरा कहिल्यै स्वीकार गर्न सक्दैन। उसमा ऊ दोष खोज्छ, ज्ञान होइन। जब ज्ञानीले उसको गल्ती बताउन थाल्छ, तब उसको अहंकार आफ्नो रक्षा गर्नका लागि खडा हुन्छ। र मूर्ख व्यक्तिको हतियार हुन्छअपमान। ध्यान दिएर हेर्नुहोस्: सम्पूर्ण इतिहासमा यस्तो कुनै गुरु छैन, यस्तो कुनै ज्ञानी छैन, जसलाई नीच मानिसहरूले गाली दिएका छैनन्। आज पनि यही हुन्छ। त्यसैले गुरुजनहरूले भनेका छन्: जो ज्ञानका लागि तडपीरहेको छैन, उसको अगाडि एक शब्द पनि नबोल्नु। यो केवल नेपालमा मात्र होइन, सम्पूर्ण विश्वमा यसै भनिएको छ। किन? किनभने उसले तपाईंको तिरस्कार गर्नेछ। जो ज्ञानको अधिकारी होइन, उसलाई तपाईंले ब्रह्मज्ञान दिनुभयो भने, ऊ तपाईंको ज्यानको दुश्मन पनि हुन सक्छ। एक मूर्ख व्यक्तिले भन्ला, मैले त केही बुझिँन, यो सब के हो। तर, एक नीच व्यक्तिले तपाईंलाई दम्भी भन्नेछ। त्यसैले ज्ञानी मौन रहन्छ। अथवा कहिलेकाहीँ हामी भन्छौँ, हेर्नुहोस्, शास्त्रमा लेखिएको छ। म त भनिरहेको छैन। जान्ने प्रयास गर्नुहोस्, किन लेखिएको हो। तब त्यो व्यक्तिले शास्त्रलाई पनि गाली दिन्छ। अब तपाईं बुझ्न सक्नुहुन्छ कि ज्ञान-प्रसार कठिन किन छ। कठिन यसकारणले होइन कि ज्ञान कठिन छ; ज्ञान लिनेहरूमा काबिलियत छैन। उनीहरू यस लायक छैनन् कि लिन सकून्। त्यसैले, सबैलाई ज्ञान हुँदैन। ज्ञान समर्पण हो। स्वयंलाई ब्रह्म भन्नु, स्वयंलाई मेटाइदिनु हो। अर्को प्रश्न छ: ब्रह्म भएर पनि म जे चाहन्छु, त्यो किन गर्न सक्दिन? त्यसोभए, यहाँ फेरि अहं-भाव आइहाल्यो कि, तपाईंले त भनिदिनुभयो, म ब्रह्म हुँ, तर म यस्तो केही किन गर्न सक्दिन? कुनै चमत्कार किन गर्न सक्दिन? यहा , एकातिर त भनिरहेको छ, म ब्रह्म हुँ, अर्कोतिर मानिरहेको छ, म मनुष्य हुँ र केही गर्न लायक छैन; जे चाहन्छु, त्यो गर्न सक्दिन। ब्रह्मले त ठीक त्यही गरिरहेको छ, जे ब्रह्मले गर्छ: अनन्त रूपहरूमा स्वयंको दर्शन गरिरहेको छ। त्यहाँ जे-जति भइरहेको छएक अज्ञानको भाषामा भन्न सकिन्छ कित्यो ब्रह्मले नै गरिरहेको छ। जे गरिरहेको छ, सबै कुरा त उहीले नै गरिरहेको छ। फेरि, जे भइरहेको छ, त्यो ब्रह्मकै पर्दामा भइरहेको छ। र, जो भइरहेको छ, त्यो पनि ब्रह्म नै हो। त्यसैले, यहाँ अझै पनि जानिएको छैन कि ब्रह्म के हो। यस्तो मानिलियो कि, मेरो नाम ब्रह्म हो, म कुनै ठूलो चीज हुँ। ध्यान दिनुहोस्: म होइन, ब्रह्म नै छ। जे भइरहेको छ, त्यो उही ब्रह्म हो। जो अहिले यस समयमा छ, त्यो ब्रह्म हो। यो कुनै ठूलो चीज होइन, कुनै ठूलो शक्तिशाली आँधी-तुफान मच्चाइदिने चीज होइन। ब्रह्म त बहुतै सामान्य छ। जो अहिले यहाँ छ, त्यो ब्रह्म हो। न त्यसको कुनै चाहना छ, न कुनै इच्छा छ। न केही गर्छ, द्रष्टा मात्र हो। आफ्नै रूपहरूको द्रष्टा हो। ती रूपहरू यसरी गतिमान प्रतीत हुन्छन्, चलिरहेको जस्तो देखिन्छन्सिनेमाका चित्रहरूजस्तै। यो माया हो। ब्रह्मज्ञानको अर्थ सिद्धि मिल्नु होइन। ब्रह्मज्ञानको अर्थ हुन्छ: अब कुनै चीजको आवश्यकता छैन। केही हुने, केही बन्ने, केही गर्ने आवश्यकता बाँकी रहेन। किनभने, जो छ, त्यो पहिल्यैदेखि पूर्ण छ, पहिल्यैदेखि ब्रह्म छ। र यो मनुष्य ठूलो सीमित रूप हो, मिथ्या रूप हो। भन्छ, यो मेरो इच्छा हो, त्यसैले म गर्छु। तर, त्यो सब उसको अज्ञान हो। कुनै इच्छा उसको होइन। उसले जे-जति गर्छ, त्यो उसले गर्दैन; यस्तो प्रतीत मात्र हुन्छ। सबै इच्छाहरू अस्तित्वमा छन्यति भन्न सकिन्छ। र सबै कर्महरू अस्तित्वमा भइरहेको जस्तो देखिन्छन्यति भन्न सकिन्छ। त्यसैले, जे-जति भइरहेको छ, बिल्कुल ठीक भइरहेको छ। यसबाहेक अरू केही हुन सक्दैन। केवल यो ज्ञान हुन सक्छ कि, मेरो मनमा जुन उल्टो-सुल्टो मान्यताहरू थिए, ती ठीक होइन रहेछन्। मान्यता हुनु पनि ठीकै हो, त्यसमा कुनै नराम्रो कुरा छैन। किनभने, एक दिन त्यो पनि समाप्त हुन्छ। सबैलाई ज्ञान हुन्छ, सबै ब्रह्म हुन जान्छन्किनभने, सबै ब्रह्म पहिल्यैदेखि छन्। ब्रह्मको परिभाषा यही हो: जो सम्पूर्णता हो त्यही । कुनै-कुनै रूपमा ज्ञान छैन , किनभने अनन्त सम्भावना छ। कतै ज्ञान होला, कतै नहोलायो पनि आवश्यक छ। अर्को प्रश्न छ: अद्वैत विभाजीत भएर द्वैत कसरी भयो? किनभने, अद्वैत कहिल्यै सीधै जानिँदैन कि, "यो हेर, अद्वैत।" अद्वैत सधैँ द्वैत रूपमा प्रकट छ: कि त अनुभव, कि त अनुभवकर्ता। त्यसोभए, यस्तो कसरी भयो? त्यसलाई त एउटै रहनु थियो। त्यसको के बाध्यता थियो कि त्यसलाई दुई हुनुपर्यो, टुक्रिनुपर्यो? विभाजन हुनु किन जरुरी भयो? त्यसोभए, त्यसको उत्तर पनि बहुतै सजिलो छ: यस्तो कहिल्यै छैन। द्वैत पनि प्रतीत मात्र हुन्छ। यदि तपाईंले अनुसन्धान गर्नुभयो भने, यदि तपाईंले विचार गर्नुभयो, मनन गर्नुभयो भने, यो कुरा स्पष्ट हुन्छ कि अन्तमा त्यो एउटै हो। अनुभव र अनुभवकर्तामा न दूरी छ, न उनीहरूको स्वतन्त्र अस्तित्व छ। एउटाबिना अर्को छैन, न एक-अर्काबाट टाढा छन्। कुनै पनि मापदण्डले हेर्नुहोस्, एउटै हो। जसरी घैटो र माटो: कहिले तपाईं माटोतिर इशारा गर्न सक्नुहुन्छ, यो तत्त्व हो, घैटो होइन। कहिले तपाईं घैटोतिर इशारा गर्न सक्नुहुन्छ, यो नाम-रूप हो, परिवर्तनशील; तत्त्व होइन। त्यसैले, तपाईंले अस्तित्वको जुन आयाममा ध्यान दिनुहुन्छ, त्यही देखिन्छ। ध्यान तत्त्वबाट हटेर नाम-रूपमा जान्छ, नाम-रूपबाट हटेर तत्त्वमा जान्छ। त्यसैले यस्तो प्रतीत हुन्छ कि त्यहाँ घैटो पनि छ र माटो पनि छअलग-अलग। तर, यदि यो ध्यान-वृत्ति वा विभाजन-वृत्ति नहुने हो भने, त्यहाँ दुवै छन्, एकसाथ नै छन्, र एउटै हुन्। घैटो नै माटो हो, माटो नै घैटो हो। यो परिवर्तित भइरहन्छ, तर तत्त्व नै रहन्छ। यो त यस्तै सोध्नुजस्तो भयो कि, सागर टुक्रिएर लहर र पानी कसरी भयो? होइन। पानी जस्ताको तस्तै छ; त्यसले रूप लिइरहेको छ। कहिले तपाईंको ध्यान लहरहरूमा जान सक्छ, जो रूप मात्र हुन्। कहिले तपाईंको ध्यान पानीमा जान सक्छ, जो तत्त्व हो। तर, त्यो दुई भएको छैन। त्यसरी नै, जो अद्वैत छअस्तित्व, ब्रह्मत्यो द्वैत भएको छैन। यसलाई हामी चित्तको विभाजन-वृत्ति भन्छौँ। अर्थात्, यो चित्तद्वारा निर्मित भ्रम हो कि अस्तित्व दुई रूपमा पाइन्छ। र किनभने यो ज्ञान चित्तबिना हुन सक्दैनचित्त हुनु आवश्यक छ, बुद्धि हुनु आवश्यक छ, यो मनुष्य हुनु, यो उपकरण हुनु आवश्यक छतबसम्म यो ज्ञान हुन सक्दैन। र यदि चित्त छ, उपकरण छ भने, त्यसले सधैँ विभाजन गरि नै हाल्छ। त्यसैले, यस वृत्तिलाई अन्त्य गरेर अद्वैत देख्न सकिन्छ, जान्न सकिन्छ। यो वृत्ति नै मिथ्या होयो जानेर अद्वैत जान्न सकिन्छ। चित्त-वृत्ति जब नष्ट हुन्छ अथवा त्यसको मिथ्या देखिन्छ, तब दुई मिलेर एक हुन जान्छन्। र ज्ञान यही हुनेछ कि, तिनीहरू पहिल्यैदेखि एक थिए। मेरो मनमा भ्रम थियो। यो वृत्तिलेयो विभाजन-वृत्तिलेदुई छन् भन्ने भ्रम पैदा गरिरहेको थियो। त्यसैले: योग पहिल्यैदेखि छ। अज्ञानका कारणले वियोग भयो। अज्ञानका कारणले तपाईं जे हुनुहुन्थ्यो, त्यसबाट बिछडिनुभयो। ज्ञान हुनासाथ मिलन हुनेछ। अर्को प्रश्न छ: ब्रह्म-अवस्थामा कसरी रहने? त्यसोभए, यहाँ यस्तो मान्यता छ कि ब्रह्म-अवस्था एउटा विशेष अवस्था हो, जुन आउँछ-जान्छ। त्यसमा जान सकिन्छ; जब म चाहन्छु, फर्केर आउन सक्छु, मनुष्य हुन सक्छु; जब चाहन्छु, ब्रह्म बन्न सक्छु। यस्तो कुन क्रिया छ? यस्तो कुन साधना छ, जसबाट ब्रह्म-अवस्था आइलागोस्? त्यसोभए, यहाँ अझै पनि अज्ञान बाँकी छ कि ब्रह्म हुनु सम्भव छ, त्यो अवस्थामा जानु सम्भव छ। यो अज्ञान बाँकी छ। अहिले त म मनुष्य हुँ, केही यस्तो बताउनुहोस् कि म त्यो ब्रह्म हुन जाऊँ। त्यसैले, जबसम्म यो अज्ञान रहन्छ कि म मनुष्य हुँ, तबसम्म त्यो अवस्था आउँदैन। अज्ञान यो हो कि, म अहिले ब्रह्म होइन, त्यसैले ब्रह्म-अवस्थामा छैन। जब कि, वास्तविकता यो हो कि म मनुष्य कहिल्यै पनी थिइनँ, यो व्यक्ति कहिल्यै थीएन। मात्र सम्पूर्णता मात्र, विभाजन कहिलै थिएन । त्यसैले, ब्रह्म-अवस्था नै एकमात्र अवस्था हो। त्यो अवस्थामा यो ज्ञान, अज्ञान, भ्रम आइरहन्छन्, गइरहन्छन्। विचारहरूकि म यस्तो होइन, म त्यस्तो होइनयी सब विचार हुन्, जुन ब्रह्म-अवस्थामै आइरहेका छन्। दुई छन्, द्वैत छयो सब अद्वैतको पृष्ठभूमिमा चलिरहेको छ। त्यसैले, सम्पूर्ण अस्तित्वमा एउटै मात्र अवस्था छ, जुन अस्तित्वको अवस्था होजसको नाम हो ब्रह्म-अवस्था। र केही हुन सक्दैन। यसको माथि मैलो चढ्न सक्छअज्ञानको मैलो। कहिले पनि कुनै पनि विचार आउन सक्छ, जुन माया हो। विचार पनि मिथ्या हो। यो मानिलिनु कि, म ब्रह्म-अवस्थामा छैन, केही बेरको खेल हो, जुन जीवले खेल्छजुन कि जीव होइन, ब्रह्म स्वयं हो, जसले म ब्रह्म होइन भनेर खेल्छ। यो ब्रह्म-लीला हो। सधैँ एउटै अवस्था छ। र यो स्पष्ट देख्न सकिन्छ। ब्रह्मज्ञानपछि यही देख्न पाइनेछ कि यही अवस्था सधैँदेखि, सदादेखि, नित्य यही छ: म साक्षी हुँ र मलाई मेरै मिथ्या रूपहरूको अनुभव भइरहेको छ। यसबाहेक अरू कुनै अवस्था हुन नै सक्दैन। बाँकी, थरी-थरीका अनुभवहरू होलान्, आउलान्, जालान्। तिनलाई तपाईंले जे-सुकै नाम दिन सक्नुहुन्छ। तर, यही अन्तिम अवस्था हो। र यो कुनै बहुत ठूलो अवस्था होइन। जुन अहिले तपाईंको अवस्था छ, त्यही हो। अहिले पनि त्यही हो। सत्यको पहिचान यो हो कि त्यो आउँदैन-जाँदैन। अहिले पनि त्यही छ। यदि केही सत्य छ भने, त्यो अहिले, यसै समय, यहीँनिर हुनेछ। यसलाई हामी कहिलेकाहीँ अलग-अलग नाम दिन्छौँ: ब्रह्म-अवस्था, सहज समाधि, अनुभवक्रिया हो, तपाईंले कहिलेकाहीँ बिर्सनुहुनेछ कि यस्तो होइन। र त्यो बिर्सनु र याद गर्नु पनि ब्रह्म-अवस्थाकै पृष्ठभूमिमा हुन्छ। त्यसैले, त्यो कहिल्यै हराउँदैन। जुन हराउँदैन, त्यो भेटिँदैन। प्रयास छोडिदिनुहोस्। अर्को प्रश्न छ: अस्तित्व, ब्रह्म, शून्य, अद्वैत, पूर्णता, सम्भावना, आदि-आदियी सबमा के भेद छ? त्यसोभए, मेरो बुझाइअनुसार, सब एउटै हो। एउटै हो, जसका धेरै नाम छन्, जसको धेरै व्याख्या गर्न सकिन्छ। र हरेक नाम नकारात्मक छ। धेरैले सोच्न सक्नुहुन्छ कि तपाईंले अस्तित्वका, ब्रह्मका यति धेरै गुणहरू गिनाइदिनुभयोत्यो पूर्ण छ, अद्वैत छ, सम्भावना हो। तर, यी निर्गुणका नाम हुन्। शून्य पानी कहिलेकाहीँ हामी भनिदिन्छौँ कि यो त्यसमा भएको गुण हो, तर त्यो नकारात्मक गुण हो। र यी सबै शब्दहरूको उद्देश्य तपाईंलाई याद दिलाउनु हो: जे तपाईं सोचिरहनुभएको छ, त्यो होइन। जे तपाईंको अज्ञानले भन्छ, त्यो होइन। शून्य: कहिलेकाहीँ अज्ञानले यो भन्नेछ, होइन, अस्तित्वमा यस्तो छ, अस्तित्व त्यस्तो छ, यस्तो हुन्छ, राम्रो छ, नराम्रो छ। र त्यसपछि तपाईंलाई याद आउनेछ कि यसलाई शून्य भनिएको छ। त्यो नामले याद दिलाउनेछ, मैले अहिलेसम्म जे-जति सोचेँ, त्यो बेकार हो, कुनै कामको छैन। पूर्णता: कहिले तपाईं सोच्नुहुनेछ, मेरो जीवनमा यो छैन, यस्तो भइरहेको छैन, त्यस्तो भइरहेको छैन। म ब्रह्म भएर पनि जे चाहन्छु, त्यो गर्न सकिरहेको छैन। र त्यसपछि तपाईंलाई याद आउनेछ: पूर्णता छ। (अर्थात्) जे तपाईं सोचिरहनुभएको छ, त्यो होइन। यसले नकारात्मक ज्ञान दिलाउँछ। सम्भावना: कहिले तपाईं सोच्नुहुनेछ, अरे, यस्तो भयो, त्यस्तो भयो! यो हुनुपर्थ्यो, त्यो हुनुहुँदैनथ्यो। तब तपाईंलाई याद आउनेछ कि यसको नाम सम्भावना हो। अर्थात्, न केही हुन्छ, न केही हुनु थियो, न केही भयो। गुरुजनहरूले यी नामहरू बहुत सोचेर राखेका हुन्। र यदि तपाईंले केवल नाममाथि नै मनन गर्नुभयो भने, तपाईंलाई पूर्ण ज्ञान हुनेछ। अर्को प्रश्न छ: ब्रह्मज्ञान भएपछि के गर्नुपर्छ? त्यसोभए, योसँग मिल्दोजुल्दो प्रश्न पहिले पनि आएको थियो, त्यसैले उत्तर पनि मिल्दोजुल्दो नै छ: जे भइरहेको छ, त्यो आफैँमा पूर्ण छ। गर्नेवाला कोही छैन। अब के गर्नुपर्छ? भनेर के सोध्नु? जे हो, त्यही होइदेऊ। त्यो नहुनु, जो होइनौ। ब्रह्म हौ भने ब्रह्म नै होइदेऊ; अरू केही नहुनु। असत्यलाई धारण नगर। त्यसैले, म यो बताउन सक्दिनँ कि के गर्नुपर्छ। तपाईंलाई जे मन पर्छ, त्यही गर्नुहोस्। सब लीला हो, सब खेल हो। तर, के गर्नुहुँदैन, त्योचाहिँ जरुर बताउन सकिन्छ। सबै कुरा पूर्ण छ भने केही नगर्नु नै धेरै राम्रो हो। त्यसैले, कहिलेकाहीँ साधकलाई, नयाँ साधकलाई, बताइदिइन्छ कि जुन अनावश्यक छ, त्यो नगर्नु। किनभने, सायद त्यो जुन अनावश्यक भइरहेको थियो, त्यो अज्ञानका कारणले भइरहेको थियो। यदि त्यो भयो भने पनि कुनै ठूलो कुरा होइनत्यो लीला हो। तर, यदि भएन भने, त्यो जीवका लागि लाभदायक छ। ब्रह्मका लागि केही होइन; ब्रह्मका लागि सब बराबर छ, एक समान छ। त्यसैले, जीवको लाभका लागि गुरुले आफ्नो करुणाका कारणले बताइदिनुहुन्छ कि के गर्नुपर्छ र अक्सर यही बताइन्छ कि के गर्नुहुँदैन। र मैले देखेको छु, केही गर्नु बहुत सजिलो छ, तर आफूलाई केही गर्नबाट रोक्नु बहुत कठिन छ। त्यसैले, मानिसहरू त्यही गरिरहन्छन्, जो उनीहरू गरिरहेका छन् ती उनीहरूका पुराना संस्कार हुन् । र यो पनि गुरुको करुणा नै हो कि उहाँले रोक्नुहुन्छ , यो बन्द गर। अब जे जरुरी हो, त्यो गर। त्यसैले, तपाईंले देख्नुहुनेछ, जुन अनावश्यक कर्म छ, त्यसले हामीलाई अज्ञानमा लैजान्छ, संसारमा लैजान्छ, मायामा फसाइदिन्छ। र यसको परिणाम दुःख, पीडा, पतन हुन्छ। तर, जे आवश्यक छ, प्राकृतिक छ, त्यो भइरहोस्अति नहोस् मात्र। त्यसो भयो भने, यस जीवको जीवन सुखमय हुन्छ, शान्त हुन्छ, आनन्दमा हुन्छ। उसले केही ठूलो नगरे पनि, जीवन साधारण हुन्छ। त्यसैले हामी भन्छौँ: ब्रह्मज्ञान भएपछि सुखले, शान्तिले, सात्विक जीवन, साधारण जीवन, आनन्दमा जिउनुहोस्। जसको अर्थ यही हो: केही अनावश्यक नगर्नुहोस्। होइन, मलाई त यो ठूलो काम गर्नु थियो; मैले २० वटा फ्याक्ट्री लगाउनु थियो; मैले यो गर्नु थियो; मैले यो देशमाथि आक्रमण गरेर ती सबै मानिसहरूलाई मार्नु थियो। लौ, तयार हुनुहोस्, खेल सुरु भयो! मायामा फस्नुभयो। कुनै खराबी त छैन, माया पनि त म नै हुँ। तर, अब त्यसका परिणामहरू आउनेछन्। कति परिणाम? अनन्त कालसम्म आइरहनेछन्। खेल्नुहोस्, जसलाई खेल्नु छ। त्यसैले, के गर्नुहुँदैन भनेर कहिल्यै मनाही गरिँदैन। सधैँ यो बताइदिइन्छ कि, यो गर्यौ भने यस्तो हुन्छ, त्यो गर्यौ भने त्यस्तो हुन्छ। अब साधकले आफ्नै बुद्धिले निर्णय लिन्छ। ज्ञान-मार्गमा केही पनि मनाही छैन, न त केही गर्नलाई भनिएको छ। ज्ञान भएपछि यति बुद्धि चल्नुपर्छ कि: मेरो लागि सबैभन्दा राम्रो के हो? अर्को प्रश्न छ: के ब्रह्म सत्य हो? ब्रह्मको परिभाषा नै सम्पूर्णता हो, जसमा सत्य र असत्यको द्वैत समाहित छ। यदि केही सत्य छ भने, केही असत्य पनि हुनेछ। केही असत्य छ भने, केही सत्य पनि हुनेछ। जब दुवै मिल्छन्, तब त्यो अपरिभाषित हुन्छ। त्यसैले, त्यो सत्य पनि हो, असत्य पनि हो, र दुवैको अभाव पनि हो। त्यसोभए, सत्य किन भनियो त? त्यसमा जुन आवश्यक तत्त्व छ, त्यसतिर सङ्केत गरिएको हो। ब्रह्मको तत्त्व साक्षी-मात्र हो, र त्यही सत्य हो। जस्तै, काठको टेबल छ, त्यसको तत्त्व काठ हो। त्यसैले, यदि तपाईं बताउन चाहनुहुन्छ कि यो वस्तु के हो, तब तपाईं काठ भन्नुहुनेछ। तर त्यो टेबलको रूपमा पनि त छ। त्यसको मिथ्या रूप सधैँ त्यससँगै रहनेछ। बिना रूपको त्यो काठ देखिँदैन। तर जब सोधिनेछ, अन्तमा यो के हो? सारमा के हो? तब तपाईं काठ भन्नुहुनेछ। त्यसैगरी, अन्तमा के छ? सत्य के हो? ब्रह्म सत्य हो। त्यसोभए, बाँकी के हो त? त्यो पनि ब्रह्म नै हो, तर असत्य रूप होमिथ्या रूप, नाम-रूप। त्यसैले, के हुन्छ भने, गुरुजनहरूले कहिलेकाहीँ एउटा वाक्य दुई-तीन शब्दमा भनिदिनुहुन्छ। त्यो कतै ताडपत्रहरूमा लेखियो। पूरै किताब त लेख्न सक्नुहुन्नथ्यो। र व्यक्तिले ती एक-दुई शब्द पढ्छ, तर बुझ्न सक्दैन। शास्त्र पढेर कुनै ज्ञान हुँदैन। ती त एक-दुईवटा गूढ शब्द हुन्, बस। त्यहाँ सूत्र, महावाक्य लेखिएका छन्, जसलाई पहिल्यै थाहा छ कि त्यो किन लेखियो, त्यस्तै किन लेखियो, उसैले मात्र त्यसलाई बताउन सक्छ। उसलाई हामी गुरु भन्छौँ। त्यसैले, तपाईं जतिसुकै महावाक्य रट्नुहोस्, जतिसुकै सूत्र रट्नुहोस्, केही पनि बुझिँदैन, जबसम्म गुरुले बताउनुहुन्न कि यही किन हो। जसलाई गुरुले बताइदिनुभयो, उसले फेरि कहिल्यै सोध्दैन; उसको मनमा शङ्का आउँदैन। तपाईं जिन्दगीभरि पढिरहनुहोस्, तपाईंका प्रश्नहरू समाप्त हुनेछैनन्, शङ्काहरू हट्नेछैनन्। वा तपाईं श्रद्धामा आएर अन्धविश्वास गर्नुहुनेछ। तर अन्धविश्वासले प्रगति हुँदैन, पतन हुन्छ। प्रगति सत्यले हुन्छ, र त्यो सत्य गुरुले देखाउनुहुन्छ। गुरु नै ब्रह्म हुनुहुन्छ। किनभने, ब्रह्मले नै गुरुको रूप लिनुभएको हो, आफ्ना अन्य रूपहरूलाई यो बताउनका लागि कि, तिमी के हौ। यस मनुष्यको दृष्टिकोणबाट त्यो ब्रह्म त कहिल्यै देखिँदैन, गुरु नै देखिनुहुन्छ। मार्ग त गुरु नै हुनुहुन्छ। गुरुले नै मलाई मेरो दर्शन गराउनुहुन्छ। बाँकी केही होइन। र ती गुरु स्वयं ब्रह्म हुनुहुन्छ। त्यसैले, ब्रह्मज्ञान भएपछि शिष्य पनि ब्रह्म हो। न गुरु छ, न शिष्य छदुवै एक हुन्। जसलाई ज्ञान भएको छैन, उनीहरू सधैँ कि त कसैका गुरु बनिरहन्छन्, कि त कसैका शिष्य बनिरहन्छन्। कि त यो श्लोक भन्दै भेटिन्छन्, कि त त्यहाँ वादविवाद र मारकाट मच्चाउँदै भेटिन्छन्। र यो पनि ब्रह्म नै हो। सबै सम्भावनाहरू हुन्। तपाईंले आफ्नो रोजाइको सम्भावना छान्नुपर्छ, आफ्नो रोजाइको जीवन जिउनुपर्छ। तपाईंमाथि जे थोपरिएको छ, त्यसलाई त्यागेर सत्यलाई ग्रहण गर्नुपर्छ। ज्ञान-मार्गमा यो केहि घण्टामै हुन सक्छ। यदि तपाईंलाई यो मिल्यो भने, तीनै लोकमा तपाईं सबैभन्दा भाग्यशाली हुनुहुन्छ। के यो उपलब्धि हो? यो उपलब्धि एक प्रकारको त्याग हो। यहाँ केही पाइएको होइन, त्यागिएको हो। तपाईंले जे जम्मा गरेर राख्नुभएको छ, त्यो समस्या हो। ज्ञान त्यसैको त्याग होशुद्ध अवस्थामा आइपुग्नु, आनन्दमा आइपुग्नु हो। र अब तपाईं सही जीवन छनोट गर्न सक्नुहुन्छजुन यो संसारको तमाशाबाट टाढा होस्, जुन तपाईंको रोजाइको होस्। तमाशा मन पर्छ भने कुनै नराम्रो कुरा होइन, सबैको रोजाइ फरक-फरक हुन्छ। तर, एक ज्ञानी, एक साधकले शान्तिपूर्ण जीवन छान्नेछ, प्रेमपूर्ण व्यवहार गर्नेछ, र यो ज्ञानको प्रकाश आफ्ना सबै रूपहरूमा फैलाउनेछ। योभन्दा ठूलो बुद्धिमानी हुन सक्दैन। बुद्धि सीमित छ, तर यहीँसम्म नै त्यसको सीमा हो। यो अन्तिम हो। जुन जीवन ज्ञानमा लीन होस् र परोपकारमा बिताइयोस्, त्योभन्दा राम्रो जीवन हुन सक्दैन। तैपनि, छान्नुपर्ने तपाईंले नै हो। यही मुक्ति हो। असली मुक्ति अज्ञानबाट मुक्ति हो। त्यसपछि, जे चाह्यो, त्यो गर्नका लागि ऊ स्वतन्त्र छ। र फेरि, अक्सर यस्ता मानिसहरू केही पनि नगरी बसेको पाइन्छ, किनभने जे छ, त्यो पहिल्यैदेखि पूर्ण छ, सबै कुरा एकदम सही भइरहेको छ। त्यसैले, यहाँ धेरै बोल्नु पनि अनौठो लाग्छ, किनभने अब भन्नुपर्ने पनि केही छैन। ज्ञानले त व्यक्ति मौन हुन्छ। त्यसोभए, यहाँ ब्रह्मज्ञानसँग सम्बन्धित प्रश्नोत्तर समाप्त गरौँ। मलाई आशा छ, यो सानो प्रयास सबै साधकहरूका लागि काम लाग्नेछ, उहाँहरूका लागि लाभदायक हुनेछ, र उहाँहरूलाई आफ्नो मार्गमा प्रगति गराउनेछ। मेरो शुभकामना तपाईंहरू सबैसँग छ। प्रश्नोत्तर सुनिदिनुभएकोमा सबैलाई धन्यवाद। नमस्कार।
Share This Article
Like This Article
© Gyanmarg 2024
V 1.2
Privacy Policy
Cookie Policy
Powered by Semantic UI
Disclaimer
Terms & Conditions