Wise Words
स्थान को माया (नेपाली)
रोशन
**स्थान को माया *"यो लेख गुरु तरुण प्रधानज्यूद्वारा 'बोधी वार्ता' का लागि प्रकाशित भिडियोको नेपाली अनुवादित अंश हो; यसको उद्देश्य ज्ञानको प्रसार र सेवा गर्नु हो, त्रुटि भएमा क्षमा चाहन्छौं र सुझावको अपेक्षा गर्दछौं, साथै यसलाई ज्ञान प्रसारको उद्देश्यका लागि भिडियो बनाउन वा पुनर्लेखन गर्न पूर्ण स्वतन्त्रता प्रदान गरिन्छ।"* **स्थान माया हो। आकाश, अन्तरिक्ष, देश, अन्तराल मिथ्या हो।** जसलाई हामी स्थान भन्छौं, त्यो एक मानसिक रचना हो, एक प्रकारको व्यवस्था हो। इन्द्रियहरूका द्वारा जो सूचनाहरू आइरहेका छन्, त्यसलाई चित्तले व्यवस्थित गरिरहेको छ। यी सूचनाहरूबाट जुन अनुभवहरू बनिरहेका छन्, ती एक पृष्ठभूमिमा भइरहेको प्रतीत हुन्छन्। त्यो पृष्ठभूमि जहाँ वस्तुहरूको अनुभव व्यवस्थित छ, त्यसलाई हामी स्थान भन्छौं। मलाई थाहा छ कि स्थानको माया पहिचान गर्न धेरै गाह्रो छ। यो जान्न धेरै कठिन छ कि यो स्थान मिथ्या किन हो? यो किन केवल मानसिक हो? किन चित्तद्वारा निर्मित छ? जस्तो कि भनिन्छ, फुटाउ र राज गर, त्यसैले यो ठूलो विषयलाई हामी साना भागहरूमा विभाजन गर्न सक्छौं। बुझ्न सजिलो हुनेछ। स्थानहरूलाई धेरै प्रकारहरूमा विभाजन गर्न सकिन्छ। पहिलो त त्यो स्थान हो, जो सबैको जाना -माना, जो इन्द्रियहरूबाट जान्न सकिन्छ। जस्तै आँखाबाट अनुमान लगाउन सकिन्छ। अली अली सुनेर पनि स्थानको अनुमान लगाउन सकिन्छ। यसलाई मैले अनुभूत स्थान भनेको छु। र जनसाधारणलाई पनी थाहा छ, त्यो अन्तरिक्ष जो ग्रह-नक्षत्रहरूका बीचमा छ, जुन पृथ्वी र चन्द्रमा र पृथ्वी र सूर्यको बीचमा छ, त्यसलाई खगोलीय स्थान भन्न सकिन्छ। जो स्थान अणुहरूका बीचमा छ, त्यसलाई अन्तरआणविक स्थान भन्न सकिन्छ। त्यस्ता स्थानहरू जसको कुनै भौतिक अस्तित्व छैन, तर जो विभिन्न गणनामा, गणितमा, अनुमान लगाउन सहायक हुन सक्छन्, तिनलाई हामी ज्यामितीय स्थान भन्छौं। जस्तै द्वि-आयामिक, त्रि-आयामिक, चतुर्-आयामिक, स्थान आदि। यी गणितमा पाइन्छन्। जहाँ सपनाहरूको अनुभव हुन्छ, जहाँ विचारहरूको अनुभव हुन्छ, त्यसलाई हामी मानसिक स्थान भन्न सक्छौं, चिद्दाकाश भन्न सक्छौं र सबै स्थानहरूमा सबैभन्दा ठूलो स्थान चैतन्य स्थान। जहाँ सबै स्थानहरूको अनुभव हुन्छ, जो सबै स्थानहरूको आधार तल हो, त्यसलाई हामी चेतनाको स्थान भन्न सक्छौं। जहाँ मनको पनि अनुभव हुन्छ, जहाँ मानसिक स्थानको पनि अनुभव हुन्छ र बाँकी सबै स्थानको अनुभव हुन्छ। अब प्रश्न यो आउँछ कि यति धेरै प्रकारका स्थानहरू किन छन्? र यो सब यति भिन्न देखिन्छन् कि यिनलाई एउटै स्थान भन्नु त पक्कै ठीक हुँदैन। यदि स्थान सत्य हो भने कति प्रकारका सत्य छन्। कहिल्यै हामी जाँच गर्दैनौं, कहिल्यै यसमाथि प्रश्न चिन्ह लगाउँदैनौं। यति धेरै स्थानहरूको के आवश्यकता पर्यो र किन हामी बिना सोचविचार यो मान्यतालाई प्रयोग गर्छौं, यो सत्य हो भनी ठानेर। कुनै वस्तु जति टाढा हुन्छ, त्यति नै त्यसको आयाम बदलिन्छ। जस्तै टाढा रहेको पर्वत। दुई पर्वतहरूका बीचको दूरी यदि धेरै माइल छ भने पनि त्यो देखिँदैन। फेरि पनि किनभने हामी संग अनुभव छ कि यी पर्वतहरूका बीचमा धेरै माइलको दूरी पक्कै छ। त्यहा हामी अनुभूत स्थानको अवधारणा निर्माण गर्छौं कि होला। नदेखिए पनि के भयो? स्थान त हुन्छ । नक्षत्र र ग्रहहरूका बीचको दूरीको अनुभूति असम्भव छ। तैपनि हामी अन्तरिक्ष को अवधारणा निर्माण गर्छौं कि हो, मेरो गणना ले त यही देखाउँदैछ कि यो नक्षत्र, यो ग्रह, यो चन्द्रमा करोडौं माइल टाढा छ, त्यसैले बीचमा स्थान त हुने नै भयो, तर त्यसको अनुभूति कहिल्यै हुँदैन। अणुहरूका बीचको दूरीको अनुभूति असम्भव छ। देख्न सकिँदैन। तैपनि हाम्रा मेसिनहरू ले देखाउँछन्, हाम्रा यन्त्रहरूले देखाउँछन् कि दुई अणुहरूका बीचमा यति दूरी छ, त्यसैले हामी अन्तरआणविक स्थान को अवधारणा निर्माण गर्छौं। यदि हाम्रो गति धेरै तेज छ वा गुरुत्वको प्रभाव धेरै अधिक छ, धेरै भारी वस्तु छ, त्यहाँ दैनिक स्थान काम आउँदैन। जस्तो कि सापेक्षताको सिद्धान्त ले बताउँछ, गति वा गुरुत्व का कारणले स्थान पनि बदलिन्छ र समय पनि बदलिन्छ।, हामी ज्यामितीय स्थान को अवधारणा निर्माण गर्छौं किनभने पुरानो अवधारणा यो नयाँ अनुभवमा काम दीईरहेको छैन। नयाँ अवधारणाले जन्म लिन्छ। विभिन्न प्रकारका गणितीय स्थान, गणितीय आकाश आयाम हरू निर्माण गरिन्छन् जुन काम आउँछन्। सपनाहरूमा जुन स्थान हुन्छ, बिहान उठ्नेबित्तिकै त्यो गायब हुन्छ। दुई विचारहरूका बीच कुनै स्थान देखिएको छैन, कहिल्यै कुनै अन्तराल छैन। चेतना को कुनै स्थान छैन। चेतना लाई स्थानमा हेर्न सकिँदैन। यसको आयाम शून्य छ। चेतना त देख्नेवाला हो, त्यसको कुनै विस्तार छैन। त्यो त त्यो हो जसले आकाशलाई पनि हेर्छ। ध्यान दिनुहोस्, सबैका सबै स्थानहरू हाम्रो आवश्यकताअनुसार हामीले बनाएका छौं। तिनको आविष्कार गरेका छौं। स्थान एउटा मानसिक नमुना मात्र हो जो कुनै न कुनै कार्यमा उपयोगी छ। धेरैजसो बाँच्नका लागि उपयोगी छ। स्थान नभए तपाईंको अनुभव व्यवस्थित रहने छैन। कहाँ जाने, कुन दिशामा जाने, कुन दिशामा खाना मिल्छ, मेरो घर कति टाढा छ, बुझ्न सकिँदैन। अनुभवको अर्थ निस्कने छैन। त्यसैले चित्तले बाँच्नका लागि, जीवित रहनका लागि स्थानको अनुभव निर्माण गरेको छ। त्यहाँ सबै वस्तुहरूको संयोजन गर्दछ। एक आँखा भएको व्यक्तिलाई अनुभूत स्थानको कुनै अनुभूति हुँदैन। हो, थोरै टाउको हल्लाएर उसले जाँच गर्न सक्छ कि कुन वस्तु कति टाढा राखिएको छ, तर उसलाई ठ्याक्कै अन्तराल देखिँदैन जस्तो हामीलाई देखिन्छ। दुई आँखा भएको व्यक्तिलाई देखिन्छ। जसबाट हामी अनुमान लगाउन सक्छौं कि स्थानको अस्तित्व इन्द्रियहरूमा निर्भर छ। इन्द्रियहरू छैनन् भने, स्थान पनि छैन। इन्द्रियहरूको सूचना प्राप्त भएन भने चित्तले स्थान निर्माण गर्न सक्दैन। जुन जीवहरूका भिन्न इन्द्रियहरू हुन्छन्, फरक प्रकारका आँखाहरू हुन्छन्, उनीहरूमा आकाशको अनुभूति भिन्न हुनेछ। अन्तराल फरक देखिनेछ। जस्तै घोडाका आँखाहरू छन्, उसलाई ३६० डिग्रीको कोणमा अनुभव हुन्छ। घोडाका लागि स्थानको अनुभूति धेरै फरक छ। जुन चराहरू रातमा उड्छन् वा धेरै तेज उड्छन्, उनीहरूका लागि स्थान फरक नै दिखाई दिन्छ। जस्तै मौरी छ, जसका सयौं आँखाहरू छन्, उनीहरूलाई स्थानको अनुभूति कसरी हुन्छ, हामी कल्पना पनि गर्न सक्दैनौं। स्थान इन्द्रियद्वारा उत्पन्न हुन्छ। नशाको स्थितिमा व्यक्तिले स्थानको अनुमान गर्न सक्दैन। लड्छ, हिँड्न सक्दैन किनभने स्नायु प्रणाली सही काम गरिरहेको छैन। इन्द्रियहरू विषाक्त भएका छन्। ऐनामा कहाँबाट स्थान आउँछ, जबकि त्यहाँ केवल भित्ता छ? चित्त त्यहाँ स्थान कसरी निर्माण गर्छ? वस्तुहरू त ठीक हो, ऐनामा प्रतिविम्बित हुन्छन्। तर जो छैन, त्यो कसरी ऐनामा प्रतिविम्बित हुन्छ? त्रि-आयामी चलचित्रहरूमा वा चित्रहरूमा स्थानको आभास किन हुन्छ, जबकि पर्दामा त कुनै स्थान छैन, पर्दाभित्र अन्तराल छैन, आकाश छैन कम्प्युटरका खेलहरूमा धेरै माइलको स्थान कसरी देखिन्छ, जबकि त्यो सानो बाकसभित्र कुनै स्थान छैन। केवल सूचना मात्र हो। ती सूचनाहरू, ती सङ्केतहरू स्थानहरूमा कसरी परिवर्तन भए? यो पर्दामा त कुनै स्थान छैन। आभासी वास्तविकता मा स्थान कहाँबाट आउँछ? हो, त्यहाँ वस्तुहरू त एकदमै काल्पनिक लाग्छन्, तर अन्तराल त वास्तविक नै लाग्छ। जुन मानिसहरूले सूक्ष्म अवस्थाहरूका प्रयोग गरेका छन्, विभिन्न प्रकारका लोकहरूमा भ्रमण गरेका छन्, उनीहरूले त्यहाँ स्थान देखेका होलान्, त्यहाँ आकाश देखेका होलान्, त्यहाँ देश होला। ती कहाँबाट आए? ती त भौतिक पनि छैनन्। के सूक्ष्म अवस्थामा देखिने लोक र भौतिक जगत् मा कुनै फरक छ? र सूक्ष्म अवस्थामा स्थान छैन र चित्त निर्मित हो भने, भौतिक अवस्थामा स्थान कसरी हुन सक्छ? यो जसले सूक्ष्म अवस्थाको प्रयोग गरेका छन्, उनीहरूले धेरै चाडै बुझ्नेछन्। जसले गरेका छैनन्, उनीहरूले हेरून् की सपनामा स्थान कहाँबाट आउँछ, समय कहाँबाट आउँछ, दूरी कसरी आउँछ, अन्तराल कसरी आउँछ? के यो चित्तद्वारा निर्मित होइन? के यो प्रमाणले तपाईंलाई सोच्न बाध्य पार्दैन? यो कुरामा मनन गर्नुहोस्। तपाईंको आफ्नै अनुभवमा प्रश्न चिन्ह लगाउनुहोस्। किन यी अनुभवहरू चित्तद्वारा निर्मित छन्? जसको बुद्धि तेज छ, उनीहरूले धेरै प्रकारका प्रश्न सोध्नेछन्। जस्तै, यदि स्थान छैन, केवल आभास मात्र हो भने, म कहाँ हिँड्छु? एक कोठाबाट अर्को कोठासम्म म कसरी पुग्न सक्छु? एक शहरबाट अर्को शहर कसरी पुग्न सक्छु? यी रकेटहरू पृथ्वीबाट चन्द्रमा वा मङ्गलसम्म कसरी पुग्न सक्छन्? यो बिजुली वा ताप एक अणुबाट अर्को अणुसम्म कसरी पुग्न सक्छ, यदि बीचमा उनीहरूका लागि स्थान नै छैन भने? गति कहाँ हुन्छ, यदि स्थान छैन भने? ठूलो गहन प्रश्न हो। ध्यान दिनुहोस्, यदि गति छैन भने स्थान पनि छैन। यदि केही चल्दैन भने, स्थानको अनुमान पनि हुँदैन। केही परिवर्तन हुँदैन। तपाईंको शरीर पनि एक ठाउँमा अचल बसिदियोस्, टाउको पनि नहल्लिओस्, त केही सेकेन्डमै सम्पूर्ण स्थान गायब हुनेछ। स्थानको परिकल्पना गतिमा नै आधारित छ। यदि म एक ठाउँबाट अर्को ठाउँसम्म हिँड्न सक्दिनँ भने, म भन्न सक्दिनँ कि दुवै ठाउँका बीचमा स्थान छ। दुवै ठाउँका बीचमा अन्तराल छ। यस्तो लाग्छ कि गति स्थानको तुलनामा अधिक मूलभूत छ। गति पहिले आउँछ, स्थान पछि आउँछ। गतिबाट देश (स्थान) र काल (समय) दुवैको अवधारणा निर्मित हुन्छ। हामीलाई स्थानको होइन, समयको होइन, गतिको अनुभव हुन्छ। गतिको अर्थ परिवर्तन हो, बदलाव हो। परिवर्तन धेरै भए, हामी भन्छौं गति धेरै छ। परिवर्तन कम भए, हामी भन्छौं कि गति कम छ। गति नभए, अनुभव मेटिन्छ। कुनै परिवर्तन नभए, कुनै अनुभव हुने छैन। न वस्तुहरूको, न स्थानको, न समयको। जस्तो कि सुषुप्ति मा हुन्छ, त्यही मात्र अनुभव रहनेछ। गति परिवर्तन हो। परिवर्तन किन हुन्छ? किनभने स्मृति छ, एक अनुभवको जब अर्को अनुभवसँग तुलना गरिन्छ स्मृतिभित्र, तब परिवर्तनको ज्ञान हुन्छ। स्मृति छैन, भने परिवर्तनको ज्ञान हुने छैन, गतिको ज्ञान हुने छैन र स्थानको पनि ज्ञान हुने छैन। स्मृति के हो? सबै जना जान्दछन्। सबैले ज्ञान मार्गका मूलभूत सिद्धान्तहरूको शृङ्खला हेरेका छन्। चित्तको ज्ञान सबैलाई भएको छ। स्मृति चित्त हो। स्मृतिमा हुने प्रक्रियाहरू चित्तवृत्ति हुन्। तीमध्ये एउटा प्रक्रिया, परिवर्तन देखाउने प्रक्रिया हो, स्मृतिको तुलना गर्ने प्रक्रिया हो। जसले समयको मायालाई जानेका छन्, उनीहरू जान्दछन् कि यी प्रक्रियाहरू वर्तमानमा हुन्छन्। यो तुलना भूतकाल र वर्तमानको बीचको तुलना होइन। यो तुलना वर्तमान स्मृति र वर्तमान अनुभवको बीचमा छ। यही परिवर्तनको अनुभव हो, जो वर्तमानमा नै हुन्छ र यस परिवर्तनबाट गतिको गणना चित्तले गर्दछ। गति छ भने, स्थानको अनुमान लगाउन सकिन्छ। वस्तुहरूलाई स्थानमा प्रक्षेपण गर्न सकिन्छ। स्मृति छैन, भने परिवर्तन छैन, गति छैन, स्थान छैन, समय छैन। वस्तुहरू पनि देखिने छैनन्। तिनको कुनै स्थान पनि हुने छैन। सूचनाहरूको सागर हुनेछ, जसको कुनै आदि न अन्त हुनेछैन। त्यसैले, सृष्टिले यो माया रचेको छ स्थानको, ताकि हामीलाई एक सुन्दर अनुभव हुन सकोस्। तर यसको अर्थ यो होइन कि स्थान सत्य हो, वास्तविक हो। स्थान चित्तद्वारा निर्मित हो, बाँकी सबै अनुभवहरूजस्तै हो, जुन चित्तद्वारा निर्मित छन्। स्थान कहाँ छ? सबै स्थानहरू चेतनाभित्र छन्। चेतनाको कुनै स्थान छैन। सबै स्थान मभित्र छन्। मेरो कुनै स्थान छैन। म देश-कालभन्दा पर छु। म त्यो अनन्त चैतन्य हुँ। म यहाँ बिदा लिन्छु। बोधिवार्ता, मायाको शृङ्खला सुन्दै रहनुहोला। धन्यवाद।
Share This Article
Like This Article
© Gyanmarg 2024
V 1.2
Privacy Policy
Cookie Policy
Powered by Semantic UI
Disclaimer
Terms & Conditions