Wise Words
त्रिज्ञान : नेपाली प्रश्नोत्तर भाग २
रोशन
त्रिज्ञान : नेपाली प्रश्नोत्तर भाग २ **(यो आलेख तरुण प्रधानज्यूद्वारा 'बोधी वार्ता' हेतु प्रकाशित दृश्य सामग्री को नेपाली रूपान्तरण मात्र हो; यसको मुख्य अभीष्ट ज्ञानको विस्तार र संरक्षण गर्नु हो। यसमा रहेका कुनै पनि त्रुटिहरूका लागि हामी क्षमाप्रार्थी छौं र साथै मूल्यवान् सुझावहरूको अपेक्षा गर्दछौं। यस ज्ञानवर्धक सामग्रीलाई थप प्रसारको उद्देश्यका लागि दृश्य सामग्री वा पुनर्लेखन गर्न पूर्ण स्वतन्त्रता प्रदान गरिएको छ।)** त्रिज्ञान प्रश्नउत्तरमा तपाईं सबैलाई फेरि स्वागत छ। हामी आत्मज्ञानसँग सम्बन्धित केही प्रश्न लिरहेका छौं, जुन प्रायः साधकहरूको मनमा त्रिज्ञान भएपछि आउँछन्। र म ती प्रश्नहरूको उत्तर दिने प्रयास गरिरहेको छु। यो प्रश्नउत्तर श्रृंखलाको दोस्रो भाग हो। र यदि तपाईंले पहिलो भाग र त्रिज्ञानको भिडियो हेर्नुभएको छैन भने, त्यो हेर्नु राम्रो हुनेछ। त्यसपछि तपाईंलाई यी प्रश्न उत्तर बुझ्न सजिलो हुनेछ । अब प्रश्नहरूलाई अगाडि बढाउँछौं। छैटौं प्रश्न थियो मलाई मेरो अनुभव इन्द्रियहरूबाट त हुँदैन भने, फेरि कसरी हुन्छ? के कुनै विशेष क्रिया गरेर, कुनै विशेष अवस्थामा पुगेपछि, मलाई मेरो दर्शन हुन्छ? सूक्ष्म अवस्था, ध्यानको अवस्था, वा अरू कुनै लोकमा गएर म स्वयंलाई देख्न सक्छु? तपाईंले त भन्दिनु भयो, यसको अनुभव हुँदैन, जुन म हुँ। तर सायद, केही गरेर सम्भव हुन्छ होला। यो मान्यता ज्ञान भएपछि समेत बाँकी रहन्छ कि सायद मेरो स्वरूप अहिले देखिँदैन, तर कहिल्यै पछि भविष्य मा देखिन्छ। वा मेरो प्रगति भएपछि देखिनेछ । र यो मान्यता हुन्छ किनकि पुराना धेरै कुरा सुनेका हुन्छौं। कहिलेकाहीँ आत्मज्ञानलाई आत्मदर्शन पनि भनिन्छ। र त्यसमा "दर्शन" शब्द आउँदा मानिसलाई भ्रम हुन्छ कि यो कुनै हेर्ने कुरा हो। तर जब म भन्छु इन्द्रियहरूले त वस्तुहरू देखिन्छन , अनुभव देखिन्छन तब मानिस कल्पना गर्छन कि फेरि कुनै विशेष तरिकाले देखिन्छ होला। र उनीहरूको प्रयास आफूलाई खोजिराख्ने तिर लागिरहन्छ। तर यो सम्भव हुँदैन। कुनै पनि अवस्थामा तपाईं आफूलाई देख्न सक्नुहुन्न। किन ?किनकि जो देख्ने वाला छ, त्यो म हुँ। यदि दर्शन भयो भने, कुनै पनि रूपमा, त्यो अनुभवको मात्र हुन्छ। कुनै अनुभव हुन्छ, कुनै वस्तु हुन्छ, कुनै क्रियाप्रक्रिया, भावना, विचार, मानसिक, भौतिक जे पनि हुन सक्छ। तैपनि मानिसको मनमा यो कल्पना बाँकी रहन्छ सायद कुनै यस्तो अवस्था हुन्छ होला, जसमा अन्त्यमा देखिने नै छ । र उनी यो कुरा छोड्न सक्दैनन्। कि म अरूप हुँ। यदि अहिले देखिएको छैन भने, कहिल्यै देखिँदैन। यो कुनै वस्तु होइन जसको अनुभव गर्न सकियोस् न त इन्द्रियहरूबाट, न त कुनै अर्को माध्यमबाट। जो साक्षी हो, त्यो अनुभवहरूको साक्षी हो, त्यो अनुभव होइन। त्यसैले उसको अनुभव हुँदैन, त्यो "हुन" सकिन्छ। त्यो हुनु हो, देख्नु होइन, भेट्नु होइन। आत्मज्ञान यत्ति मात्र हो जो देखिरहेको छ, म त्यही हुँ, म यही हुँ। यस प्रश्न मा मात्र यो कल्पना गरिएको छैन की म कुनै अनुभव हुँ, जो एकदिन सम्भव हुनेछ देख्नको लागि ।सायद आज म त्यो देख्न को लागि योग्य छैन, आफूलाई हेर्नको लागि। साथसाथै अर्को कल्पना पनि गरिएको छ कि त्यस्ता पनि अनुभव हुन्छन्, जुन इन्द्रियबिना हुन्छन्। सायद कुनै विशेष चमत्कारी अनुभव हुन्छ, जसमा यी पाँच इन्द्रियाहरू कार्य गर्दैनन्, र त्यो सम्भव छ भन्ने। तर यो पनि केवल मनगढन्त कल्पना हो। किनकि कुनै पनि प्रकारको अनुभव होस्, त्यो इन्द्रियबाटै हुन्छ। यदि पाँच भौतिक इन्द्रियाबाट होइन भने, अर्कै प्रकारको इन्द्रियबाट हुन्छ। जसको माध्यमबाट अनुभव हुन्छ, त्यसको नाम इन्द्रिय हो। जस संरचनाबाट अनुभव हुन्छ, त्यसको नाम इन्द्रिय हो। र हरेक अनुभव कुनै न कुनै इन्द्रियको माध्यमबाट हुन्छ। यो हाम्रो प्रत्यक्ष अनुभव हो। अनुभवका लागि उपकरण आवश्यक हुन्छ। उपकरण बिना, हुनु मात्र छ, कुनै अनुभव हुँदैन। र यदि कुनै अनुभव छैन भने, अनुभव गर्ने वाला पनिं परिभाषित हुँदैन। यदी त्यो अवस्थामा तपाईं पुग्नुभयो र त्यो अद्वैतको स्तर हो। अद्वैतको स्तरबारे केही भन्नु सधैं गलत नै हुन्छ। म त्यो पर्दा हुँ, जसमा दृश्यहरू आउँछन्। के त्यही पर्दामा पर्दा आफैं प्रकट हुन सक्छ? यो एउटा उदाहरण हो, बुझाउनको लागि उपमा हो। यदि पर्दा नै आफ्नै पटलमा प्रकट भयो भने, त्यो पर्दा रहँदैन, त्यो त चित्र भयो । र यदि त्यो चित्र बन्यो भने, त्यो चित्र चाहे पर्दासँग मिल्दोजुल्दो किन नहोस्, मिथ्या रूप हुन्छ, काल्पनिक रूप हुन्छ। पर्दामा पर्दा प्रकट हुन सक्दैन। पर्दाको छायाँ प्रकट हुन सक्छ, उसको चित्र प्रकट हुन सक्छ तर त्यो सत्य हुदैन । सत्य त पर्दा नै हो। जसलाई अद्वैत ज्ञान भएको छ, अर्थात् ब्रह्मज्ञान भएको छ, उनीहरु जान्दछन् कि यस्तै भइरहेको छ मलाई मेरो नै अनुभव भइरहेको छ। पर्दालाई आफ्नै मिथ्या रूपको नै अनुभव भइरहेको छ। र किनकि मिथ्या रूप कुनै पनि हुन सक्छ, अनन्त सम्भावनामा, मलाई मेरा अनन्त रूपहरूको नै अनुभव भइरहेको छ। तसर्थ, जो कोही आफ्नो अनुभव गर्न चाहन्छन्, त्यो सजिलो छ आँखा खोल्नुहोस् र हेर्नुहोस्। अहिले तपाईंलाई जति पनि अनुभव भइरहेका छन् जति पनि वस्तुहरू देखिँदै छन्, शारीरिक अनुभव भइरहेका छन्, कानले सुन्दै छन्, विचारहरू आइरहेका छन्, भावनाहरू आइरहेका छन्, कल्पनाहरू उठिरहेका छन् ती सबै पनि तपाईं नै हो, तर त्यो तत्व होइन, त्यो मिथ्या रूप हो, मेरो नै हो। त्यसैले, यो कुरा ठीक होइन कि मलाई मेरो अनुभव हुनेछ, तर यो कुरा पूर्णतया सत्य हो कि मलाई मेरो अनुभव मिथ्या रूपहरूमा हुनेछ।बस आँखा खोल्नुहोस् र हेर्नुहोस् यही भइरहेको छ। तपाईं कुनै पनि प्रकारको इन्द्रियको कल्पना गर्नुहोस् वा इन्द्रियविहीन अनुभवको कल्पना गर्नुहोस्, त्यो सबै म नै हुँ, मिथ्या रूप हो। त्यसैले मलाई मेरो अनुभव भइरहेको छ भन्ने कुरा अहिले नै देख्न सकिन्छ। तर यो मान्यता ठीक होइन कि म ती अनुभवहरूमध्ये कुनै विशेष अनुभव हुँ, जुन केही विशेष कार्य गरेर वा कुनै विशेष विधिबाट देखिनेछु। सबै अवस्थाहरूमा मिथ्या रूप देखिन्छन्, जसको अर्थ माया नै प्रकट भएको हो। र म सबै दृश्यहरूमा व्याप्त छु, जसरी पर्दा सबै दृश्यहरूको, सबै चित्रहरूको पृष्ठभूमि हो। त्यसरी नै सबै दृश्यहरूमा म नै व्याप्त छु। मेरो नै पृष्ठभूमिमा सबै दृश्यहरू प्रकट हुन्छन्। म कुनै दृश्य होइन। अर्को प्रश्न छ सबै अनुभव मलाई नै हुन्छन् भने, अरू मानिसहरूलाई हुने अनुभव म किन जान्दिन? उत्तर धेरै सजिलो छ सबै अनुभव तपाईंलाई नै हुन्छन्, र यहाँ तपाईं भन्नाले साक्षी हो। एकै साक्षी छ, त्यसैले सबै अनुभव साक्षीलाई नै हुन्छन्, मानिसहरूलाई हुँदैन। जसलाई तपाईं "अरू जीव वा मानिस" भन्नुहुन्छ, तिनीहरू आफैं अनुभव हुन्। एउटा अनुभवलाई अर्को अनुभव को अनुभव हुँदैन, अनुभव त अनुभवकर्तालाई हुन्छ। त्यसैले यो प्रश्नको पहिलो भाग पूरै सही हो सबै अनुभव मलाई नै हुन्छन्। तर दोस्रो भाग गलत छ कि अरू मानिसहरूलाई हुने अनुभव मलाई किन हुँदैन? ध्यान दिनुहोस् अरू मानिसहरूलाई अनुभव हुँदैन, उनीहरू त यन्त्र हुन्। जसरी यो यन्त्र हो, जसलाई तपाईं पहिले "म" ठान्नुहुन्थ्यो यो मनोशरीर हो त्यसरी नै धेरै मनोशरीहरू छन्। तिनीहरूको अनुभव पनि साक्षीलाई नै हुन्छ, तत्वलाई नै हुन्छ, जो सर्वव्यापी हो। तसर्थ मानिसहरू आफैं अनुभव हुन्, तिनीहरूलाई अनुभव हुँदैन। तत्वले अनुभव गर्छ, र त्यो तत्वलाई नै हुन्छ। हो, तपाईं यसो भन्न सक्नुहुन्छ की त्यो मनोशरीर यन्त्रबाट साक्षीलाई भइरहेको अनुभव म जान्दिन। यति भन्न सक्नुहुन्छ। यो जो भन्छ म जान्दिन यो मनोशरीर हो, मन हो, जसले भनेको हो। यही सत्य हो उसलाई थाहा हुँदैन, किनकि ऊ त मात्र अनुभव हो। त्यो स्मृतिमा जुन अनुभव अंकित भएको छ, उसले त्यति मात्र जान्दछ। र किनकि स्मृतिहरू सबैमा फरकफरक छन्, हरेक मानिस फरक फरक छन् र उनीहरुका स्मृती पनि अलग अलग छन एउटा स्मृति अर्को स्मृतिमा प्रवेश गर्न सक्दैन। मानिसहरू फरकफरक छन्, साक्षी होइन । यदि तपाईं अद्वैतको स्तरबाट हेर्नुहुन्छ भने सबै मानिसहरू पनि म नै हुँ। सबै मानिसहरू जुन अनुभव हुन्, ती पनि मेरो नै रूप हुन्। त्यसैले, यदि तिनीहरूलाई कुनै अनुभव भइरहेको छ भनेर मानियो भने, त्यो पनि मलाई नै भइरहेको हो। यहाँ एउटा मान्यता छ साक्षीले अनुभवहरूलाई जान्दछ, जस्तै मलाई यो अनुभव भयो, अहिले यो अनुभव भइरहेको छ, हिजो त्यो भयो, एक वर्षअघि केही अरू भयो। यो मान्यता मात्र हो। साक्षीले केही पनि जान्दैन, ऊ त केवल अनुभव ग्रहण गर्ने हो, अनुभवहरूको साक्षी मात्र हो, जान्ने होइन। त्यसैले, यो मनशरीरको माध्यमबाट भइरहेको अनुभवहरू पनि ऊ जान्दैन, किनकि साक्षीमा कुनै स्मृति छैन। यदि साक्षी बोल्न सक्थ्यो र तपाईंले सोध्नुभयो एक मिनेटअघि के अनुभव गर्नुभयो? ऊ त मौन नै रहन्छ। त्यो बेला पनि मौन रहन्छ। ऊ भन्थ्यो म त जान्दिन, मेरो त स्मृति पनि छैन। म त यति शुद्ध छु कि ममाथि केही टिक्दैन। जसरी कमलको पातमा पानीको थोपा टिक्दैन, त्यस्तै साक्षीको स्वभाव हो। यो जीव कसरी जान्दछ कि केके अनुभव भए? किनकि उसको स्मृति छ। स्मृति हटाइयो भने जीव पनि शुद्ध रूपमा फर्किन्छ, अनि ऊ पनि भन्न सक्दैन के अनुभव छ। अनुभवको विशेषता हो त्यो हुन्छ, तर जानिँदैन। त्यसको छाप स्मृतिमा पर्छ, र त्यसलाई मात्र जानिन्छ। त्यसलाई नै "ज्ञान" भनिन्छ। अनि त्यस छापको पनि फेरि अनुभव हुन्छ। त्यसैले यो जीव एउटा प्रकारको तन्त्र हो एउटा सिस्टम जसमा स्मृति हुन्छ। र यस माध्यमबाट भएका सबै अनुभवहरू स्मृतिमा अंकित हुँदै जान्छन्। जब त्यो स्मृति फेरि चल्छ, त्यसमा गति हुन्छ, तब जुन कुरा त्यहाँ अंकित छ, पुरानो अनुभव, त्यो प्रकट हुन्छ। त्यसको पनि अनुभव हुन्छ। यसबाट यो भ्रम हुन्छ कि सबै अनुभव मलाई भइरहेका छन्, अर्थात् जीवलाई भइरहेका छन्। जे इन्द्रियहरूको माध्यमबाट भइरहेको छ, त्यो भइरहेको छन । जे स्मृति बाट आइरहेको छ, त्यो पनि अनुभव नै हो, त्यो पनि भइरहेको छ। र किनकि स्मृतिहरू फरकफरक हुन्छन्, त्यसैले जब ती चल्छन्, गति हुन्छ, तब तिनीहरू फरकफरक अनुभवका रूपमा प्रकट हुन्छन्। एउटा स्मृतिमा जे छ, त्यो अर्को स्मृतिबाट आउँदैन। यही यसको रहस्य हो अर्को स्मृतिमा अंकित भएको अनुभव तपाईंको स्मृतिबाट किन आउँदैन? कुरा बिलकुल स्पष्ट छ त्यो छुट्टै स्मृति हो, तपाईंको छुट्टै हो, यस जीवको छुट्टै हो, त्यस जीवको छुट्टै हो। र अनुभव गर्ने साक्षीलाई त्यससँग केही मतलब छैन। ती दुवै स्मृतिहरूलाई एउटै बनाएर हेर्ने क्षमता त्यहा छैन। त्यस्तो कुनै तन्त्र त्यहाँ छैन, जसले सबै मानिसहरूको स्मृतिलाई एउटै ठाउँमा राखेर फेरि हेर्न सकोस्। त्यस्तो छैन। यति विस्तारमा म आजसम्म यस प्रश्नको उत्तर कहिल्यै दिएको थिएन , किनकि पहिलो कुरा मलाई कहिल्यै लागेन कि यस्तो प्रश्न पनि आउन सक्छ। कहिलेकाहीँ यस्तो हुन्छ हामी बुझिहाल्छौं, अनि फेरि त्यस्तो प्रश्न आउँदैन। त्यसैले जब अर्को व्यक्तिले सोध्छ, हामीलाई ठूलो आश्चर्य लाग्छ उसले यो किन सोधिराछ? यहाँ अनुभव र ज्ञानबीच भेद गरिएको छैन। मानिस सोध्दैछ म किन जान्दिन अरूको स्मृतिमा के छ, अरूको अनुभव के छ? त्यो ज्ञान हो, जुन स्मृतिमा हुन्छ। र सही कुरा के हो भने अरूको स्मृतिमा के ज्ञान छ, त्यो तपाईं जान्न सक्नुहुन्न। तपाईंको स्मृतिमा जबसम्म कसैले मुखले भन्दैन, त्यतिबेला सम्म आउँदैन। किनकि सबैको स्मृति आआफ्नै छ। त्यो जब चल्छ, आआफ्ना अनुभवहरू उत्पन्न गर्छ। तर ती सबैको पर्दा एउटै हो त्यो साक्षी हो। एउटा बडो विचित्र कुरा छ की तपाईंलाई, अर्थात् यो व्यक्तिलाई, अज्ञानको भाषामा भनौं भने, व्यक्तिलाई अनुभव हुन्छन्। तर यस व्यक्तिलाई हुने सबै अनुभव ऊ आफैंले पनि जान्दैन। यो त सबैलाई थाहा छ पुराना कुरा बिर्सिन्छौं हिजो के भयो, पर्सि के भयो, हप्ता अघि के भयो, महिना अघि के भयो लगभग सबै बिर्सिन्छौं। तर अझ बडो विचित्र कुरा के हो भने अहिले, यति बेला, वर्तमानमा, जुन अनुभव इन्द्रियहरूले दिइरहेका छन्, त्यसैको पनि सबै कुरा तपाइँ जानिरहनु भएको छैन । जसरी तपाईं मेरो आवाज सुन्दै हुनुहुन्छ, तर अहिले तपाईंको सास पनि चलिरहेको छ, तर ती सासहरू चलिरहेको अनुभव छैन एस्तो किन? अब त स्मृतिहरू पनि एउटै छन्, व्यक्ति पनि एउटै छ, तर किन हुँदैन कि तपाईंका सबै इन्द्रियहरूले दिइरहेका सबै अनुभवहरू एकैपटक तपाईं जान्न सक्नुहुन्न ? जसरी तपाईंको सम्पूर्ण ध्यान मेरो आवाजमा छ भने, तपाईंका आँखाको किनाराबाट के देखिँदै छ? कहिलेकाहीँ तपाईंको आँखाअगाडि के छ? तपाईंको शरीर कुन मुद्रामा बसेको छ? कुन आसनमा बसेको छ? तपाईंका खुट्टामा के हलचल भइरहेको छ? शरीरबाट के संवेदना उठिरहेको छ? त्यसको सबै ज्ञान तपाईंलाई हुँदैन। जब यो व्यक्तिलाई नै सम्पूर्ण रूपमा एकैपटक अनुभव गर्न सकिँदैन भने, अरूको त छोडिदिनुस् हुन सक्दैन । धेरैले बुझिसकेका होलान् यो ध्यानको परिणाम हो, ध्यानको कारनाम हो, कि जहाँ ध्यान हुन्छ, त्यति मात्र अनुभव हुन्छ। ठीक यस व्यक्तिलाई जस्तै, तपाईं यस कोठामा बस्नु भएको छ, तर टाउकोको पछाडि के छ, त्यसको कुनै अनुभव हुँदैन किन? जबसम्म त्यो इन्द्रिय त्यहाँ फर्किँदैन, ध्यान त्यहाँ जाँदैन, त्यतिबेला सम्म हुँदैन। किनकि सबै अनुभव इन्द्रियहरूद्वारा मात्र आउँछन्। अरूको स्मृतिमा के छ, अरूको मनमा के छ यो लगभग असम्भव हो, कम्तीमा यो मानव रूपमा। तर यसबाट यो सिद्ध हुँदैन कि सबै मानिसहरूको आआफ्नै पर्दा छ, आआफ्नै साक्षी छ यो सिद्ध हुँदैन। मानौं यस्तो कल्पना गर्न सकिन्छ तपाईंको घरमा चार जना छन्, चार कोठामा बसेर आआफ्नो काम गर्दैछन्, र तपाईंलाई तिनीहरूले देखेका सबै दृश्य देखिँदै छन्। जादु पनि हुन सक्छ, कहिलेकाहीँ हामीले यस्तो पनि सुनेका छौँ कि दिव्य दृष्टि भएको त्रिकालदर्शी जस्ता मानिसहरूले कसैको मनमा के छ भन्ने कुरा समेत देख्छन्, त्यसैले यो असम्भव भने होइन, तर अहिलेको अवस्थामा भने असम्भव छ। फेरि पनि मान्न सकिन्छ, कसैमा यति क्षमता हुन सक्छ। अब ती चारै जनाको अनुभव तपाईंलाई भइरहेका छन्, र त्यसपछि पनि ज्ञान त्यही हो कि म ती चारै अनुभवहरूको, चारै प्रकारका अनुभवहरूको दृष्टा मात्र हुँ। पहिले एकै व्यक्तिसँग सम्बन्धित अनुभव भइरहेका थिए, त्यतिबेला पनि म दृष्टा थिएँ, साक्षी थिएँ। फेरि चार जनासँग सम्बन्धित अनुभव भइरहेका छन्, अहिले पनि म दृष्टा हुँ, साक्षी हुँ, केही बदलेको छैन, मूल ज्ञान बदलेको छैन, र ती सबै अनुभव मिथ्या नै हुन्। र तपाईंको परिवारका ती चारै जनालाई पनि यदि सबैको अनुभव हुन थाल्यो भने पनि मूल ज्ञान त्यही हो, त्यही साक्षी हो, त्यही अनुभव हो, अनुभवको मात्रा मात्र अलि बढेको हो। त्यसैले बिना कुनै सिद्धि पनि यो सम्भव छथाहा पाउनु। यदि तपाईं आफ्नो आँखामा र कानमा दुवैमा एउटै समयमा ध्यान दिनुभयो भने दुवै इन्द्रियका अनुभव एकैसाथ हुनेछन्, साक्षी त त्यही रहन्छ। यसैगरी तपाईंको इन्द्रियहरू यति बढे कि संसारका सबै भावहरू, संसारभरिका करोडौँ मानिसका अनुभवहरू समात्न सक्ने भयो भने पनि अनुभव त अनुभव नै रहन्छ, अनुभव गर्ने त अनुभव गर्ने नै रहन्छ। ज्ञानमा कुनै परिवर्तन हुँदैन, मूल ज्ञानमा कुनै परिवर्तन हुदैन म त्यही नै रहनेछु। त्यसैले यो प्रश्न सोध्नु का पछाडि एउटा मान्यता छ की म एउटै हुँ, साक्षी एउटै हो, सर्वव्यापी हो, यो तब मात्र सिद्ध हुनेछ जब म अरू मानिसका पनि अनुभव थाहा पाउनेछु, सायद यस्तै मान्यता हो। तर तपाईंले जान्नुभयो भने पनि त्यही रहनेछसाक्षी एउटै रहनेछ, अनुभव एउटै रहनेछ, एउटै पर्दामा देखिनेछ। त्यसले केही नयाँ सिद्ध हुने छैन वा असिद्ध नै , र प्रमाणित भएको कुरा त प्रमाणित नै रहनेछ, त्यसबाट अरू केही प्रमाणित हुने छैन। यदि अनुभवको विविधता हटाएर मात्र साक्षीको एकता सिद्ध गर्नु आवश्यक हुने भए, हाम्रा गुरुहरूले त्यो पनि गराइदिनुहुन्थ्यो, त्यो पनि विधि बताइदिनुहुन्थ्यो। तर त्यस्तो आवश्यक छैन। साक्षीको एकता, एउटै हुनु भन्ने कुरा सजिलै सिद्ध हुन्छ, धेरै सजिलै प्रमाणित हुन्छजुन हामीले त्रिज्ञानमा गरिसकेका छौँ। त्रिज्ञानमा यो उदाहरण पनि दिइन्छपानी र भाँडाको। सायद अघिल्लो भिडियोमा मैले त्यो उदाहरण काटिदिएको थिएँ, किनकि भिडियो लामो भयो । उदाहरण यो हो की तपाईंले दुई भाँडामा पानी भर्नुहोस्मानौं एउटा काँचको बोतल छ, र अर्को काँचको गिलास छ। दुवैमा पानी भर्नुहोस्। अब सोध्नुहोस्पानी फरक हो वा आकार फरक हो? किनकि जुन भाँडामा तपाईं पानी हाल्नुहुन्छ, पानि ले त्यसको आकार लिन्छ। पानी त एउटै होएउटै धारा बाट आएकोतर त्यसले अलग-अलग आकार लिएको छ। अब यदि ती भाँडाहरू फुटे भने, पानी मिसिन्छ। के अब भन्न सकिन्छ र कुन पानी कहाँबाट आएको? यदि यो सिद्ध गर्न सकिन्न भने यसको अर्थ एउटै हो। केही समयको लागि मात्र देखिएको हो कि यो फरक-फरक आकारमा छ। यसरी नै तत्व पनि एउटै हो। यदि नाम-रूप तोडियो, नष्ट भयो भने, तपाईं भन्न सक्नुहुन्नकुन तत्व कहाँको हो। एउटै होमात्र समान होइन, । हामी भन्न सक्छौं, बिल्कुल एउटै हो। पानी अलिकति एउटै जस्तो देखिन्छ, तर यो त एउटै पानी हो। त्यसका बीचमा सीमा हटाइयो भने यो मिसिन्छ, अनि भन्न सकिन्न कुन पानी कहाँबाट आएको हो, कुन भाँडामा थियो। त्यसै गरी, एउटा मानिस अर्को मानिसभन्दा फरक हुनुको कारण रूप फरक हुनु हो, तत्व फरक हुनु होइन। जतिसुकै अनुभव भए पनि कुरा यही हो सबै चित्रहरूको पृष्ठभूमि एउटै हुन्छ, चित्र मात्र फरक हुन्छन्। पर्दामा स्मृति हुँदैन, चित्रमा स्मृति प्रतित हुन्छ । अगाडिको चित्र के थियो भन्ने कुरा स्मृतिमा अंकित वा त्यस्तो प्रतित हुन्छ,तर त्यो पनि भ्रम हो। स्मृतिमा त जुनसुकै कुरा छप्न सक्छ। यो मान्यता हो कि स्मृतिमा छापिएको कुरा सत्य हो र यो मान्यता पूर्ण रूपमा गलत हो। यस विषयमा हामी अझै छलफल गर्न सक्छौं, यदि कसैले मायाको ज्ञान सम्बन्धी प्रश्न सोध्नु भयो भने। प्रश्नउत्तरको क्रममा मलाई सम्झना आयो भने म अवश्य बताउनेछु यो जुन वर्तमानमा अनुभव भइरहेको छ, त्यो त पूर्ण रूपमा मिथ्या हो। तर स्मृतिमा छापिएको जुन अनुभव छ, त्यो त झन् दोहोरो मिथ्या होझूटको पनि झूट हो। यस प्रश्नको पछाडि रहेको मान्यता के हो भने"म व्यक्ति हुँ, म अरूभन्दा फरक छु, र यो म भन्ने व्यक्तिलाई अनुभवहरू भइरहेका छन्। र अरू मानिसहरूलाई पनि अनुभव भइरहेका छन्। अनि कसैले भनिदियो कि सबै एउटै हुन्, त्यसैले मलाई सबै अनुभव चाहिन्छ।" तर होइनतपाईं व्यक्ति होइन, तत्वलाई चिन्न प्रयास गर्नुस्। व्यक्तिलाई छोडिदिनुस्उसको काम सकियो। व्यक्ति त केवल तत्वसम्म पुग्ने माध्यम हो। अब त्यसको के गर्नु? अर्को प्रश्न छयदि तपाईं पनि म नै हुनुहुन्छ भने मलाई तपाईंका विचारहरूको अनुभव किन हुँदैन? यो प्रश्न पहिलेको प्रश्नसँग धेरै मिल्दोजुल्दो छ। अब यहाँ साधकले सबैको अनुभवको आशा छोडेर कम्तिमा सामुन्नेका व्यक्ती को विचारको अनुभव होस् भनेर भनेका छन् । किनकि तपाईंले नै भन्नुभएको की हामी दुवै एकै हौं। यहा पहिलो मान्यता के हो भनेविचार मेरा हुन्। व्यक्ति भन्दैछन की तपाईंका विचारहरु को अनुभव किन हुँदैन? तर हेर्नुस्, तपाईं साक्षी हो , म पनि साक्षी हुँ। साक्षीले कुनै विचारलाई मेरो भन्दैन। साक्षीको कुनै विचार हुँदैन। त्यसो भए के जानियो त? बुझ्नुपर्ने कुरा के हो भने, जब मैले भनेँतपाईं पनि म नै होत्यतिबेला तपाईंले साक्षीलाई बिर्सनुभयो र सोच्नुभयो कि हामी व्यक्ति बारे कुरा गर्दैछौं। तर होइन, हामी व्यक्ति बारे कुरा गर्दैनौं। आत्मज्ञानमा तपाईं म नै हो भन्ने कुरा तत्वरूपमा एकै हो भन्ने हो। तत्वका कुनै विचार हुँदैनन्। म साक्षी हुँ, तपाईं पनि साक्षी हुनुहुन्छ। न त ती विचार मेरा हुन्, न ती विचार तपाईंका हुन्। जसका भए पनि, सबै विचारहरूको अनुभव साक्षीलाई नै हुन्छ। तपाईंको स्मृतिमा भएका विचार यहाँको स्मृतिमा हुँदैनन् जुन एकदमै स्वाभाविक कुरा हो। यस्तो हुनु नै पर्छ, नत्र व्यक्ति नै हुन्थेन,। ऊ मर्छ यदि संसारका सबै विचारहरू एउटै जीवमा हालिदियो भने त्यो सहन सक्ने क्षमता जीवसँग हुँदैन। जस्तो मैले भनेँ, तपाईंका सबै विचारहरू एकैपटक तपाईंको मनमा देखिएका छैनन्। मानौं तपाईंको उमेर ३० वर्ष छ, अनि यी ३० वर्षमा गरेका सबै विचारहरू एकैपटक मनमा आए भने पागलखाना पनि कम पर्छ, उपचार छैन, ऊ मर्छ नै। त्यसैगरी, सबै मानिसका विचारहरू एकैपटक मनमा आउँछन् भने त्यो पनि असम्भव हो, र यदि भए पनि टिक्दैन। त्यसैले प्राकृतिक व्यवस्था नै उत्तम होजीवनका लागि जे आवश्यक छ, त्यत्तिकै विचार ज्ञात हुन्छ। र किनकि साक्षी एउटै हो, सबै विचारहरूको अनुभव उसैले गर्छ। अब फेरि ज्ञान र अनुभवमा भिन्नता बुझ्न जरुरी हुन्छ। यसका लागि एउटा राम्रो उदाहरण पाइन्छ। मान्नुहोस् तपाईंको कोठामा दुईवटा झ्याल छन् एउटा दायाँपट्टि र अर्को बायाँपट्टि। दायाँपट्टि एउटा बगैँचा छ हरिया रुखहरू, चराहरू, फूलहरू, सुन्दर दृश्य छन् । बायाँपट्टि चिहानघार छ त्यहाँ शव जलाइदैछ, मानिसहरू रोइरहेका छन्, फोहोर छ र थाहा छैन अरू केके छ। तर त्यो तपाईंको आफ्नै घर हो भाग्यवश कि दुर्भाग्यवश त्यस्तो ठाउँमा बनेको। तपाईं दुवै झ्यालको बीचमा उभिनु भएको छ। तपाईं एउटा झ्यालबाट हेर्दा राम्रो दृश्य देखिन्छ, अर्को झ्यालबाट हेर्दा त्यति राम्रो देखिँदैन। तर दुवैको दृष्टा त तपाईं नै हुनुहुन्छ। झ्यालहरू फरकफरक भए पनि दृष्टिकोण फरक भए पनि दृष्टि त एउटैको हो। यस्तैगरी साक्षी पनि एउटै हो, फरकफरक दृष्टिकोणमा अनुभव भइरहेको छ। तपाईं यस्तो भन्न सक्नुहुन्न कि म यो झ्यालबाट हेर्दा अर्को साक्षी हो, अर्को झ्यालबाट हेर्दा अरू साक्षी हो। राम्रा विचारहरूको पनि म नै साक्षी हुँ, नराम्रा विचारहरूको पनि म नै साक्षी हुँ। तपाईंका विचारहरूको पनि म साक्षी हुँ, मेरा विचारहरूको पनि म साक्षी हुँ। जसरी मैले अहिले भनेँ सबै विचारहरूको अनुभव हुँदैन, सबै मानिसहरूको त टाढाको कुरा हो, विचारबाहेक पनि यो मनशरीरमा यति धेरै प्रक्रिया चलिरहेका हुन्छन्, तीमध्ये एक प्रतिशतको पनि अनुभव हुँदैन। त्यसैले यो सोचनु कि जबसम्म अरूको विचार पनि अनुभव हुँदैन तबसम्म साक्षीको सत्य जान्दिनँ यो ठीक होइन। जसरी तपाईंका सबै विचारहरूको अनुभव भइरहेको छैन, सबै चित्तका प्रक्रियाहरूको अनुभव भइरहेको छैन, तर पनि साक्षीको राम्रो ज्ञान भइरहेको छ त्यो के हो, म हुँ, तत्व हो। त्यस्तैगरी तपाईं जती नै मानिसहरूको विचार जान्नु भए पनि तपाईंको ज्ञान त्यत्तिकै हुनेछ, यो भन्दा बढी प्रमाण मिल्ने छैन। प्रमाण के को मिल्नेछ की यो चित्त भन्ने पनि एउटै कुरा हो। यसमा जुन भित्ताहरू छन्, ती विशेष परिस्थितिमा भत्काउन सकिन्छ। जस्तै झ्यालको उदाहरणमा तपाईं सबै भित्ताहरू भत्काइदिनु भयो भने श्मशान र बगैँचा बराबर हुनेछन्। त्यसको प्रमाण त पक्कै मिल्न सक्छ भित्ताहरू हट्न सक्छन्। तर तपाईं पनि म हुँ भन्ने प्रमाण अहिले नै मिल्छ, केही नगरीकनै। ज्ञान त त्यही हो अनुभव जस्तो भए पनि, जति विचित्र भए पनि। विचित्र कुरा त के भने, मान्नुहोस् तपाईंलाई मेरा विचारहरूको पनि अनुभव हुन थाल्यो। तब पनि तपाईंको मनमा शंका आउन सक्छ सायद त्यहाँ साक्षी त अलग छ , त्यस मानिसका विचार त अनुभव भए, सिद्धि त ठुलै पाए मैले तर म त अलग हुँ, ऊ अलग छ। अनि फेरि अर्को मानिसका विचार त मेरा मनमा आएनन्, त्यसैले त्यहाँको साक्षी पक्का अलग छ । हेर्नुहोस्, यसरी प्रमाणित हुँदैन। जति विचार थाहा पाए पनि, यदि भित्री शंका यो छ कि साक्षी त अलगअलग हुनुपर्छ, सबैमा एउटै हुन सक्दैन, भने विचार थाहा पाए पनि नपाए पनि प्रमाणित हुँदैन। कसैको वा सबैको, सारी दुनिया भरी का विचारहरू थाहा पाए पनि, शंका त्यत्तिकै रहन्छ। प्रमाणित हुँदैन केही। हो, केही मानिसलाई सायद राम्रो लाग्ला, तर त्यो त मान्यता मात्र हो। त्यसलाई प्रमाण माने पनि, त्यो काल्पनिक प्रमाण हो, वास्तविक प्रमाण होइन। यो आशाको पछाडि यो मान्यता छ जबसम्म मलाई कुनै विचित्र अनुभव हुँदैन, तबसम्म यो प्रमाणित हुँदैन कि सबैको तत्व एउटै हो। कुनै विचित्र अनुभव दिलाइदेऊ, तब प्रमाण हुनेछ। तर यो मान्यता सही होइन। यदि यो प्रमाण जरुरी हुन्थ्यो भने गुरुजनहरूले त्यो प्रमाण पानी तपाईंको सामु ल्याइदिन्थे, कसरी लिने हो भनेर बताइदिन्थे। वा कम्तीमा यो भन्थे अहिले जान्न सकिन्न, अहिले त यो मात्र जान साक्षी हो र मान कि यो अलगअलग छ। यसमा तेती ठूलो घाटा हुने कुरा पनि छैन। तर प्रमाण त अहिले पनि मिल्छ। समस्या मान्यतामा हो, प्रमाणमा होइन। अब अर्को प्रश्न छ यदि म कुनै अनुभव नै होइन भने, मेरो शरीर किन छ? यो मन, भावना, विचार किन छन्? यो जगत किन छ? अब यहाँ प्रश्न गर्नेको मनमा यो धारणा आएको छ म अनुभव नै होइन, त्यसो भए अनुभवको आवश्यकता पनि छैन। म त आफैंमा ठीक थिएँ, शरीरको के जरुरत थियो? तपाईंले त भनिदिनुभयो, म साक्षी हुँ। अब यो शरीर पनि आवश्यक लाग्दैन, किनकि यो त म होइन। शरीर त छोड्नुस। यो मनमा जे चलिरहेको छ भावना, विचार, इच्छाहरू जसले धेरै तडपाउँछ, दुख दिन्छ तिनीहरूको के आवश्यकता? फेरि म त पूर्ण हुँ, तपाईंले नै भन्नुभयो सम्पूर्ण हुँ, शान्त हुँ, आनन्द हुँ। त्यसो भए यो सारा बबाल किन भइरहेको छ? र अचम्मको कुरा त के भने, यो सारा जगत किन छ? यसको के जरुरत? धेरै मानिसहरूले बुझी सक्नु भयो होला यहाँ अनुभवको कारण सोधिएको छ । जसरी तपाईं हुनुको कुनै कारण छैन, त्यसैगरी अनुभव को पनि कुनै कारण छैन। यो सोधीरहनु भएको छ म कुनै अनुभव होइन, त्यसो भए यो सारा अनुभव हुनु को के कारण? किन छ यो? अब यो पनि सोध्नुस् म किन छु त? तपाईं हुनु को पनि त कुनै अर्थ छैन, कुनै कारण छैन, कुनै उद्देश्य छैन। केवल छ यत्ति मात्र भन्न सकिन्छ म छु। धेरै मानिसहरू यो उत्तर दिन्छन् अनुभव लिनका लागि म छु। त्यसो भए अनुभव को कारण यही भयो। मलाई अनुभव चाहिएको थियो, त्यसैले अनुभव छ। धेरै मानिसहरू यसमा सन्तुष्ट हुन्छन् हो, मलाई नै यस्तो अनुभव चाहिएको थियो। मलाई नै त शरीर चाहिएको थियो। मलाई नै त जगतसँग प्रेम छ। मलाई नै विभिन्न विचार र भावनामा रस छ। त्यसो भए यही कारण हो। तर ध्यान दिनुहोस् यहाँ मलाई भन्ने अर्थ मन नै हो, व्यक्ति हो, शरीर नै हो। त्यसलाई नै धेरै कुरा चाहिन्छ। किन चाहिन्छ ? त्यसको कुनै कारण छैन। तर साक्षीलाई केही चाहिँदैन। उसमा कुनै इच्छा छैन। ऊ सबै इच्छाहरूको साक्षी हो। त्यसैले जब हामी भन्छौं मलाई अनुभव चाहिएको थियो त्यो कुरा पूर्णतया गलत हो। किनकि म साक्षी हुँ, मलाई केही चाहिँदैन। जसरी म कारणहीन छु, त्यसरी नै अनुभव पनि कारणहीन छ बस भइरहेको छ, यसरी देखिँदै छ। र अर्को कुरा तपाईं पूर्ण रूपमा स्वतन्त्र हुनुहुन्छ मनुष्य रूपमा पनि स्वतन्त्र हुनुहुन्छ तपाईं जे चाहनुहुन्छ त्यो कारण दिन सक्नुहुन्छ मलाई यो नै मन परेको थियो। मलाई यसबाट सिक्नु थियो। यो मेरा कर्महरूको फल हो।जुन सुकै कारण पनि तपाईं दिन सक्नुहुन्छ। मानिसहरूले दिएका पनि छन् जसलाई जे मन पर्छ, त्यो कारण दिन्छन् सबै ठीकै छन्। तर यहाँ पनि लडाई झगडा गर्ने मानिसहरू पनि भेटिन्छन् तपाइँ ले दिएको कारण पूर्णतया गलत हो, म जे भन्छु, त्यो नै सत्य हो। ठिक छ , तपाईं नै सत्य हो, कसले रोकेको छ ? जसरी कारण दिएको छ यो नश्वर शरीरद्वारा, नश्वर व्यक्तिद्वारा त्यो कारण पनि नश्वर हो। त्यससँगै त्यो पनि नष्ट हुन्छ। जती नै कारण दिनुस् सबै नश्वर नै हुन्छन्। किनकि धेरै छन् धेरै कारण दिन सकिन्छ विभिन्न मानिसहरूले विभिन्न कारण दिनेछन् त्यसको अर्थ, कुनै एक निश्चित कारण छैन। कुनै विशेष कारण छैन। किनकि यी सबै अनुभव म नै हुँ मेरो नै मिथ्या रूप हो त्यसमा कारणको धारणा लागू हुँदैन। अस्तित्वले कुनै पनि रूप लिन सक्छ, त्यसैले त्यो एउटा विशेष रूप लिनको लागि कुनै कारण चाहिँदैन। कारण पनि एउटा प्रकारको अनुभव नै हो। यो कारणले भयो भन्ने कुरा पनि अनुभव नै हुनेछ। त्यसपछि फेरि प्रश्न आउँछ त्यो अनुभवको कारण के हो? यसरी कुनै कुराको अन्तिम कारण पाइँदैन। सानातिना घटनाहरूको कारण त भेटिन्छ। तर जो अज्ञानी हुन्छ, ऊ मूलभूत तत्वमा पनि कारण खोज्न चाहन्छ अनुभव मूलभूत हुन्छ। अनुभवकर्ता पनि मूलभूत हुन्छ। कारणप्रभाव भन्दा पर हुन्छ। पर्दा र चित्रको उदाहरणमा फर्कौं। तपाईंले यहाँ यो पर्दा किन राख्नुभयो ? स्क्रिन किन छ तपाईंको अगाडि? उत्तर हो चित्र हेर्नका लागि, भिडियो हेर्नका लागि। त्यो चित्र किन छ? किनकि पर्दा छ। हेर्नुस दुवै एकअर्काका कारण भए।पर्दा छ भने त्यसमा कुनै चित्र आउनेछ, चित्र छ भने त्यसको पछाडि पर्दा हुनेछ।कारणप्रभाव किन खोज्नु ? खेल त्यस्तै हो। हो, एउटा चित्रले पर्दामा देखिदा जसरि देखियो त्यसको कारण हुन सक्छ त्यो चित्र यसरी कुरा गरिरहेको छ, उसरी चलिरहेको छ, त्यस्ता घटनाको कारण हुन सक्छ। तर ती सबै चित्र किन छन्? त्यसको कुनै कारण छैन। धेरै मानिस सन्तुष्ट हुन्छन् पर्दा नभएको भए चित्र हुन्नथ्यो बस अन्तिम कुरा त्यही हो। पर्दा शून्य हो। शून्यको कारण पनि शून्य हो। यहाँ धेरै मानिस शान्त हुन्छन। तर किनकी यो मान्यता हो, मान्यताको प्रायः कुनै उपचार हुँदैन। मान्यताको उपचार भनेको मान्यताको त्याग हो, जवाफ होइन। यो प्रश्नको पछाडि पनि यही मान्यता छ म अनुभव होइन भने अनुभव हुनु नै हुँदैन। तपाईंले भनिदिनुभयो म अनुभव होइन। अब सबै हटाउनुस तर यसको पछाडी पनि त केहि कारण छैन । हुनु हुँदैन भन्ने सोच्ना का पछाडी पनि केहि कारण छैन । फेरि तपाईं सोध्न सक्नुहुन्छ किन हुनु हुँदैन त? त्यसको पनि उत्तर आउँदैन। के साक्षी भन्छ कुनै अनुभव हुनु हुँदैन? के ऊ भित्र यस्तो भावना छ सब हटाउ? होइन। ऊ त तयार छ जे अनुभव आउँछ, हेर्छ, आनन्दमा छ। बस हेरीरहन्छ। ऊमा कुनै इच्छा छैन न ल्याउने इच्छा, न हटाउने इच्छा। यहाँसम्म कि कुनै विशेष अनुभव हुनुपर्छ भन्ने इच्छा पनि छैन। यी सबै इच्छाहरू मान्यताहरू, पूर्वाग्रहहरू यी जीवमा मात्र छन्। र जीवमा पनि तबसम्म मात्र हुन्छन्, जबसम्म उसलाई अज्ञान छ। ज्ञान भएपछी शान्ति, आनन्द। अर्को प्रश्न आनन्दकै सम्बन्धमा छ ।यदि म नै आनन्द हुँ, म सदा हुँ, नित्य हुँ भने मलाई सधैँ किन आनन्दको अनुभव हुँदैन ? जब म भन्छु कि तपाईं नै आनन्द हुनुहुन्छ, मानिसहरू निकै हर्षित हुन्छन् कि केही नगरी नि आनन्द त फ्रीमै पाइयो । तर भोलिपल्ट फोन आउछ भन्छन् आनन्द त गयो ! म भन्छु के तपाईं पनि जानु भयो ? उनीहरू भन्छन् होइन होइन, म त छु, तर आनन्द गयो ! तर मैले त भनेको थियो तपाईं नै आनन्द हो । ध्यान दिनुहोस्, आनन्द कुनै अनुभव होइन जुन कहिले सधैँ रहोस् वा कहिले नरहोस्, कहिले आउन कहिले जाओस् । आनन्द तत्व हो । तत्वकै नाम आनन्द हो । तत्वको स्वभाव नै आनन्द हो । अब भन्नुहोस् के तत्व कहिल्यै जान्छ ? के साक्षी कहिल्यै जान्छ ? होइन । तेसो भए आनन्द पनि कहिल्यै जाँदैन । यो एकै कुरा हो । तर यहाँ समस्या के भयो भने, कुनै विशेष अवस्था, कुनै मानसिक भावना, कुनै वृत्ति वा विचारलाई नै मानिसहरूले आनन्द ठाने । तर त्यो त जाने नै गर्छ । त्यो नश्वर हो, अनित्य हो । त्यसको गुनासो गर्नु पनि निरर्थक हुन्छ किनकि त्यो त जानै पर्छ । हरेक वृत्तिको स्वभाव नै हो आउनु र जानु । तर मेरो स्वभाव भने सदैव रहनु हो । म नै आनन्द हुँ । तर वृत्तिहरू आनन्द होइनन्, ती केवल आनन्दको झल्क दिलाउन सक्छन्, आफैं आनन्द हुन सक्दैनन् । अब प्रश्न आउँछ म किन आनन्द हुँ ? यसको उत्तर त्रिज्ञानमा दिइएको छ । यो बुझ्न निकै सजिलो छ । किनकि जहाँ कुनै सुख-दुःख छैन, इच्छा छैन, कुनै भावना छैन, विचार छैन त्यहाँ शान्ति मात्र हुन्छ । र शान्ति र आनन्द एउटै कुरा हुन् । यहाँ एक मान्यता छ कि जसरी कसैले बतायो की कि म आनन्द हुँ, त्यो कुरा कुनै धेरै राम्रो अनुभव होस् भन्ने मान्यता पाँच मिनेटसम्म पनि टिक्दैन, किनभने त्यो रहँदैन। हेर्नुहोस्, जे मानेको छ चित्तको अवस्था हो, त्यो हरेक क्षण बदलिरहन्छ। त्यसैले त्यसलाई आनन्ददायी भन्न सकिँदैन। कहिलेकाहीँ गुरुजनहरूले आनन्द शब्द भ्रष्ट भएकोले, जे म हुँ, साक्षी हुँ त्यसको नाम परमानन्द राख्छन्। भन्छन्, तिमीले धेरै आनन्द पाएका छौ होला, तर आज म परमानन्द भन्छु। यदि कसैको मनमा यस्तो दुविधा छ कि आनन्द त त छिट्टै हराएर जान्छ भने,तपाईँले अर्को शब्द प्रयोग गर्न सक्नुहुन्छ मेरो स्वभाव को लागि परमानन्द । त्यो हराउँदैन। म परम हुँ, मेरो नाम परमानन्द हो बस समाप्त। यसमा अर्को एउटा उदाहरण पनि दिन सकिन्छ माटो र घैटोको। त्यो माटोले जुनसुकै रूप लिन सक्छ। यदि त्यो माटो घैटोको रूपमा छ भनेर मानौँ, अनि त्यो घैटो फुट्यो भने हामी के भन्छौँ? घैटो रहेन भन्छौँ कि माटो फुट्यो रहेन भन्छौँ? माटो त गएकै हुँदैन। त्यस्तै, यदि माटोको नाम आनन्द हो भने के हामी भन्छौँ कि आनन्द गयो? होइन, केवल एउटा झूटा रूप फुट्यो, जुन की फुट्नै पर्ने हुन्छ । शायद यस उदाहरणले तपाईंलाई यो कुरा सधैँ सम्झाइरहनेछ। अनि यदि सधैँ सम्झिएन भने पनि चिन्ता नलिनुहोस्, किनकि तपाईं आफै सधैँ आनन्द नै हुनुहुन्छ। यस संसारमा कुनै पनि कुराको ग्यारेन्टी छैन। कसले आनन्द दिन्छ, कसले दिंदैन जोसुकै ले, जुनसुकै बेला, जुनसुकै कुरा दिन सक्छन। तर यो कुरा निश्चित छ म आनन्दमै रहन्छु। आनन्द प्राप्त हुने कुरा होइन, त्यो त म स्वयं हुँ। र, यो दिइन पनि सक्छ, अर्थात् जुन तपाईं हुनुहुन्छ, त्यो अरूसँग बाँडिन पनि सक्छ। तर यो संसारमा शायदै कोही कसैलाई साँचो अर्थमा आनन्दित गराउँछ। सबै मानिस मागिरहेछन्, तर तिनीहरूले चिन्न सकेका छैनन् कि आनन्दको मूलस्रोत त म स्वयं हुँ। यसपछि पनि धेरै प्रश्नहरू बाँकी छन्। ती प्रश्नहरू म अर्को भागमा लिन्छु। मलाई आशा छ कि सबैका शंकाहरू दूर भएका होलान्, सबैलाई सुनेर आनन्द आएको होला। र यदि कसैका अझै प्रश्नहरू छन् भने मलाई लेखेर पठाउन सक्नुहुन्छ। प्रश्नउत्तर सुन्नु भएकामा सबैलाई धन्यवाद। नमस्कार।
Share This Article
Like This Article
© Gyanmarg 2024
V 1.2
Privacy Policy
Cookie Policy
Powered by Semantic UI
Disclaimer
Terms & Conditions