तीन दिने ज्ञानमार्ग कार्यक्रम

ज्ञानमार्ग से
Jump to navigation Jump to search

तीन दिने ज्ञानमार्ग कार्यक्रम

यो पाठ्यक्रम ज्ञानमार्ग कार्यक्रम को संक्षिप्त परिचय हो । यस पाठ्यक्रम भित्र मुख्यत तीन किसिमका ज्ञानको विषयमा चर्चा गरिन्छ -आत्मज्ञान,मायाको ज्ञान र ब्रम्हज्ञान (अद्वैत)। यो ज्ञान गुरु शिष्य परंपरा अनुशार मौखिक रुपमा गुरु द्वारा शिष्यलाई प्रत्यक्ष प्रदान गरिन्छ।

यो विधि कुनै प्रबचन होइन,यो एक प्रकारको कुराकानी हो जून गुरु र शिष्यमा शिष्यको बुझाइको आधारमा हुन्छ। तल दिइएको विषय-वस्तु केवल एउटा दिशानिर्देश मात्र हो।

प्रत्येक दिन एक विषयमा चर्चा गरिन्छ जसको लागि लगभग ४५-६० मिनेट लाग्छ।

यो शिक्षा प्रदान गर्ने व्यक्तिले ज्ञानमार्ग कार्यक्रम पूरा गरेको हुनु पर्ने छ अथवा ज्ञानमार्ग कार्यक्रम को चरण #७ मा हुनु पर्ने छ।

सावधानी

यो ज्ञान केवल इच्छुक, ज्ञानका साधकहरु, र आध्यात्मिक मार्गमा रहेकाहरुलाई दिनुपर्छ। साधारण मानिस तथा अपर्याप्त बुद्धि भएकाहरुले यो शिक्षा लिन उचित हुँदैन तर प्रतिभाशाली र जिज्ञासु व्यक्तिहरुलाई भने यो ज्ञान दिन सकिन्छ। कुनैपनि परिस्थितिमा यो ज्ञान उनीहरूको लागि होइन जो मानसिक वा शारीरिक रूपमा अयोग्य छन साथै अतिवादी, जिद्दी तथा दिमागी रुपमा अस्थिर व्यक्तिहरूले यो ज्ञान लिनुहुँदैन।

यो शिक्षा दिने वाला व्यक्ति कुनै पनि किसिमको अप्रत्याशित परिणामको लागि स्वयं जिम्मेवारी हुनेछ।

परिचय:ज्ञानमार्ग

ज्ञान मार्ग ज्ञानको लागि समर्पित एउटा अध्यात्मिक मार्ग हो र यो मार्गमा अज्ञानको नाश हुन्छ। सबै प्रकारको अज्ञानता दुःख र बन्धनको कारण हो भन्ने बुझेर यो ज्ञान उचित प्रशिक्षण र अनुभवी गुरूको अधिनमा रहेर ग्रहण गर्नुपर्छ। यो एक प्रकारको जीवनशैली हो, हामी सधैं ज्ञानमा रहन्छौं। यो एउटा सिधा, सरल र अन्तिम मार्ग हो। अन्तत: यो एउटा मार्गहिन मार्ग हो।

ज्ञान का साधनहरु

ज्ञान कसरी प्राप्त गर्ने?

ज्ञान प्राप्त गर्नको लागि केवल दुईवटा साधनहरु छन्।

  1. अपरोक्ष अनुभव( प्रत्यक्ष प्रमाण) र
  2. तर्क (अनुमान)

ज्ञान मार्गबाट प्राप्त हुने फल तथा सिद्धी हरु

  • आत्मज्ञान( आत्म साक्षात्कार)
  • ब्रह्म ज्ञान तथा एकताको बोध
  • यो महसुस कि सबै अनुभव भ्रम मात्र हो
  • दुःखको अन्त्य
  • पूर्ण स्वतन्त्रता
  • तृप्ति
  • मुक्ति
  • परम आनन्द मा स्थित
  • तीव्रगतिमा आध्यात्मिक विकास
  • र अन्य अरु धेरै

ज्ञान का प्रकार

ज्ञान तीन प्रकारका हुन्छन्।

  1. स्वयंको ज्ञान तथा आत्मज्ञान। म को हुँ? म के हुँ?
  2. संसार तथा मायाको ज्ञान। के यो वास्तविक हो अथवा सत्य हो?
  3. एकताको ज्ञान ब्रह्मज्ञान। सबै एक कसरी हो?

दिवस १: आत्मज्ञान

आउनुहोस् अब हामी सुरु गरौ यो प्रश्नबाट की म को हूँ? म के हूँ? मेरो तत्व के हो? यसको प्रक्रिया के हो? यसलाई कसरी लिन सकिन्छ? म केवल त्यहीँ जान्न सक्छु, जो मेरो अपरोक्ष अनुभवमा छ जसलाई तर्कको माध्यमबाट जान्न सकिन्छ र यो जाँच्नु आवश्यक छ कि जे पनि मैले जानी रहेको छु त्यो म हूँ या होइन?

यस्ता किसिमका प्रश्नहरु एकपछि अर्को क्रम अनुसार आफूले आफैंलाई सोध्न सकिन्छ।

वस्तु

अपरोक्ष अनुभव र तर्क को आधारमा वस्तु संग मेरो संबंध निम्नलिखित प्रश्न द्वारा जान्न सकिन्छ।

“म” अहिले कहा छु?

मेरो अगाडि के छ?

के मैले वस्तुलाई देखिरहेको छु अथवा वस्तूले मलाई देखिरहेको छ?

यसमा कुनै शंका छ?

के “म” यो भन्न सक्छु की “म” कुनै वस्तु होइन?”म” वस्तुलाई देख्न सक्छु, तर वस्तूले मलाई देख्न सक्दैन, यसबाट यो स्पष्ट हुन्छ की “म” कुनैपनि वस्तु होइन।

यसै गरी स्पर्श,स्वाद,ध्वनि,र विचारमा पनि यही कुरा लागू हुन्छ। यी सबलाई अनुभव भनिन्छ।

यदि हामी वस्तुलाई कुनै अन्य चीज संग बदली दियौभने अब तपाई के भन्नुहुन्छ?

के तपाई भन्नुहुन्छ की वस्तु बदलियों अथवा यसो भन्नुहुन्छ की “म” बदलिए?

यदि वस्तु बदलियों तर म उस्तै छु अर्थात ममा कुनै परिवर्तन भएन भने म मेरो आफ्नो अपरोक्ष अनुभव मार्फत यो भन्न सक्छु की कुनै पनि परिवर्तनशील वस्तु “म” होइन।

वस्तु परिवर्तन भयो तर “म” उस्तै रहन्छु।

यसबाट हामी २ महत्वपूर्ण नियम बनाउन सक्छौ।

  1. यदि म कुनै पनि चीज अनुभव गर्न सक्छु भने त्यो म होइन।
  2. यदि कुनै पनि चीज/वस्तु परिवर्तन हुन्छ भने त्यो म होइन।

अब यहाँ ध्यान दिनुहोस् कि यी दुई नियम मध्ये कुनैमा शंका त छैन?

यी नियमलाई राम्रोसँग बुझ्नु र सत्यापित गर्नु अति महत्वपूर्ण हुन्छ। ( सत्यापित को अर्थ हो के भनिएको छ त्यसमा मेरो अनुभव के छ के त्यो सत्य हो? अथवा असत्य हो? यसलाई आफ्नो प्रत्यक्ष अनुभवमा खोज्ने प्रयास गर्नुहोस् यहाँ एउटा कुरा ध्यान दिनुहोस् कि यसमा कुनै मान्यता नबनाउनुहोस्। यदि बुझ्नुभएको छैन भने अथवा कुनै शंका छ भने आफ्नो गुरुको सहयोग लिनुहोस्।)

अब हामीलाई यो भन्न कि, यो होइन सबै चिजलाई जाँच्नु आवश्यक छैन। म यहाँ तर्कको उपयोग गर्न सक्छु, कुनै पनि वस्तु म होइन, जे पनि म देख्न सक्छु अथवा जे पनि परिवर्तन भइरहेको छ त्यो हुन सक्दिन।

परीणाम: संसारका कुनै पनि वस्तु म होइन, म कुनै वस्तुमा पाइने चिज होइन।

शरीर

अपरोक्ष अनुभव र तर्कको आधारमा शरीरसँग मेरो सम्बन्ध के छ?

आउनुहोस् अब हामी शरीरलाई हेरौ र माथिका दुई नियमको आधारमा आफ्नो अनुभव र तर्कको उपयोग गरौ।

के तपाईले शरिरलाई देखिरहनुभएको छ? अथवा शरिरले तपाइलाइ देखिरहेको छ?

उपर्युक्त 2 नियमको प्रयोगबाट यो थाहा पाउन सकिन्छ कि यदि म शरीरको अनुभव गरिरहेको छु भने म शरीर होइन. यदि यो परिवर्तन भइरहेको छ भने पनि म यो होइन। शरीरको कुनै पनि अङ्ग म होइन किनकि सबै परिवर्तन भइरहेको छ। यही तर्क शरीरको सम्पूर्ण अङ्गमा लागू हुन्छ।

परीणाम: शरीरको कुनै पनि अङ्ग म होइन अथवा यो शरीर म होइन।

संवेदना

अपरोक्ष अनुभव र तर्कको आधारमा संवेदनासँग मेरो के सम्बन्ध छ?

ऐनामा जुन शरिरको रुप देखिन्छ त्यसलाई नहेरी आउनुहोस् हामी शरीरको संवेदनाहरुमा ध्यान केन्द्रीत गरौं, जुन म महसुस गर्न सक्छु जस्तै पीड़ा, भोक,प्यास,निंद्रा,थकान आदि।

आउनुहोस शरीरको पीडालाइ हेरौ, के तपाई पीडाको अनुभव गरिरहनुभएको छ? अथवा पीड़ाले तपाईंको अनुभव गरिरहेको छ?

के पीड़ा आउने जाने गर्दछ? कि त्यसमा कुनै परिवर्तन हुन्छ?

दुई नियमको प्रयोग गर्नुहोस् र जाँच्नुहोस् कि के पीड़ा म हो?

यदि प्रत्यक्ष अनुभव र तर आधारमा यो उत्तर आउछ की पिडा म होइन तब म यो भन्न सक्छु कि शरीरमा भएका कुनै पनि संवेदना म होइन। यसैगरी अन्य संवेदनाहरुमा पनि यहीं तर्क प्रयोग हुन्छ

परीणाम: म संवेदना होइन अथवा संवेदनाहरू मध्ये कुनैपनि संवेदना म होइन।

भावना

अपरोक्ष अनुभव र तर्कको आधारमा भावनासँग मेरो के सम्बन्ध छ?

रिस, डर, खुशी आदि भावनाहरू हुन्।

के रिस उठ्छ अनि शान्त हुन्छ?

2 नियमको प्रयोग गरौं र जाँचौ की म रिस हूँ वा होइन।

यदि अपरोक्ष अनुभवको आधारमा यो उत्तर आउछ कि कुनैपनि रिस अथवा क्रोध म होइन तब तर्क को उपयोग गरी म यो भन्न सक्छु कि भावनाहरु मध्ये कुनै पनि भावना म होइन।

परीणाम: भावना म होइन, भावनाहरू मध्ये कुनै पनि भावना म होइन।

विचार

अपरोक्ष अनुभव र तर्फको आधारमा विचारसँग मेरो के सम्बन्ध छ?

के मैले विचारको अनुभव गर्छु, अथवा विचारले मेरो अनुभव गर्छ?

के “ म यो हूँ वा त्यो हुँ “जस्तो खालको सोच पनि एक विचार होइन?

हो यो विशेष किसिमको विचार हो। जसले कुनै पनि चिजलाई म भनेर घोषणा गर्छ, अथवा त्यसमा आफ्नो स्वामित्व स्थापित गर्छ । यसलाई नै अहम वृत्ती भनिन्छ। त्यही अहम वृत्तिको कारणले “ म” विभिन्न अनुभवहरु सँग जोडिन्छ। जस्तै म शरीर हुँ, मलाई भोक लागेको छ, यो वस्तु मेरो हो। यी सब अहम वृत्ति हुन् र यो विचार की म यो हूँ अथवा त्यो हूँ आउने अनि जाने गर्दछ।

के विचार आउने अनि जाने गर्छन्?

के यसमा कुनै परिवर्तन हुन्छ?

२ नियमको प्रयोग गरेर जाँच्नुहोस् की के विचार म हूँ? यहाँसम्म की जुन यो सोच छ म यो हुँ अथवा त्यो हूँ, यो पनि म होइन। यो केवल एक विचार मात्र हो।

परीणाम: म विचार होइन, विचारहरु मध्ये कुनैपनि विचार म होइन।

इच्छा

अपरोक्ष अनुभव र तर्कको आधारमा इच्छा सँग मेरो के सम्बन्ध छ?

के म इच्छाहरुको अनुभव गरिरहेको छु वा इच्छाले मेरो अनुभव गरिरहेको छ?

के इच्छाहरु आउने अनि जाने गर्छन्?

२ नियमको प्रयोग गर्नुहोस र जाँच्नुहोसकी इच्छा म हुँ?

परीणाम: म इच्छा होइन, इच्छाहरु मध्ये कुनै पनि इच्छा म होइन।

स्मृति

अपरोक्ष अनुभव र तर्कको आधारमा स्मृति सँग मेरो के सम्बन्ध छ?

म स्मृतिको अनुभव गरिरहेको छु? अथवा स्मृतिले मेरो अनुभव गरिरहेको छ?

के स्मृति आउनेजाने गर्छ? के स्मृतिमा परिवर्तन भइरहन्छ? जब स्मृति परिवर्तन हुन्छ के म पनि परिवर्तन हुन्छ?

जब म केही बिर्सन्छु तेतिबेला के म यो भन्छु कि म छैन? अथवा यो भन्छु कि मैले मलाई बिर्सिए?

के मलाई यो सम्झना छ, एक वर्षअगाडि मैले कस्तो खालको लुगा लगाएको थिएँ? के म यसो भन्छु कि म एक वर्ष पहिले थिइन अथवा मैले बिर्सिएँ ? मैले बिर्सिएको हुनसक्छ, तर यो होइनकि म त्यहाँ थिइन । स्मृतिमा के छ? मेरो नाम के हो?

कसैले मलाई मेरो नाम दियो जुन नाम मेरो स्मृतिमा अंकित छ जसलाई म याद गर्नसक्छ तर त्यो केवल स्मृति मात्र हो

यदि स्मृति म होइन भने म मेरो नाम पनि होइन यो त केवल नाम मात्र हो।

यसैगरी शिक्षाको बारेमा तपाइ के सोच्नुहुन्छ के शिक्षा एक स्मृति होइन? के शिक्षा सधै रहिरहन्छ? यदि स्मृति नहुने हो भने शिक्षा पनि हुँदैन।

मेरो पेशा अथवा सीप पनि म होइन, यो पनि एक स्मृति मात्र हो। मलाई मेरो परिवार, आफन्त, आमा, बुवा, पति अथवा पत्नी, पुत्र आदिको बारेमा कसरी थाहा हुन्छ? के मेरो परिवार तथा आफन्त मेरो स्मृतिमा भएको जानकारी होइन? यदि स्मृति मेटाइ दिने हो भने के म मेरो आफन्तहरुलाई चिन्न सक्छु? स्मृति नहुने हो भने आफन्तहरु कहाँ छन? के म यो भन्न सक्छुकी म नै छैन अथवा म यो भन्छकि मलाई मेरो आफन्तको बारेमा थाहा छैन वा याद छैन?

यदि स्मृति नहुने हो भने सबै आफन्त तथा पारिवारिक सम्बन्ध रहँदैनन्।

जाति, धर्म, राष्ट्रियता आदिको जानकारी कहाँबाट आउँछ? के यी बालक मनमा अरूद्वारा लगाइएका आरोप होइन? जब म सानो थिए तब मलाई यी जानकारीहरु दिएको थियो जुन केवल स्मृति मात्र हो। तर म यीमध्ये कुनैपनि होइन।

परीणाम: स्मृति म होइन, जे पनि स्मृतिमा छ म त्यो होइन।

लिंग

म महिला हुँ अथवा पुरुष हूँ? मलाई यो कसरी थाहा हुन्छ, स्वाभाविक छ कि आफ्नो शरीरको कारणले किनकि शरीर दुई किसिमको हुन्छ- महिला र पुरुष।

तर हामीले पहिले नै यो जानि सक्यौं कि शरीर म होइन। शरीरको आधारमा मलाई पुरुष अथवा महिला भनिन्छ। यदि यो मतारोपण हटाइदिने हो भने मलाई कुनै पनि किसिमको लिङ्ग भेदको आवश्यकता छैन।

सबै लिङ्गभेद अथवा महिला र पुरुषको भेद एक काल्पनिक मतारोपण हो। जसलाई हामीले अपरोक्ष अनुभव तर्क को आधारमा हटाइसकेका छौं। यो सब केवल स्मृति मात्र हो।

के अझै पनि केही बचेको छ जसलाई मैले भन्न सकु की यो म हूँ ?

मैले जे पनि सोचेको थिए त्यो सबै स्मृतिको भाग हो। र दुई नियमको प्रयोग गरी म थाहा पाउँछु कि, न कुनै पनि स्मृति होइन। जसले तार्किक रूपमा मलाई यो जान्नको लागि प्रेरित गर्छ कि म कुनै पनि अनुभव होइन। सबै अनुभवहरु स्मृतिमा संग्रहित छन् र यदि स्मृति म होइन भने जसलाई मैले अनुभव गर्न सक्छु त्यो म होइन।

परीणाम: म कुनै अनुभव होइन, अनुभव मध्ये कुनैपनि अनुभव म होइन।

अनुभवकर्ता

अब प्रश्न गर्नुहोस् कि, यदि म संसारको कुनैपनि बस्तु होइन । न शरीर हुँ, न संवेदना, न भावना, न बिचार, न इच्छा, न स्मृति,र न कुनै अनुभव , के अझै पनि म छु?

यदि कोही छैन भने यी सब अनुभवहरुलाई कसले देखिरहेको छ?

म त अझै पनि छु, मैले नै यी सब अनुभव गरिरहेको छु। म नै अनुभवकर्ता हूँ । म नै साक्षी हूँ। अनुभवकर्तालाई केवल अनुभवकर्ता भएर जान्न सकिन्छ, अनुभव गरेर होइन। म कुनै अनुभव होइन। के म यो भन्न सक्छु की म अनुभवकर्ता होइन?

आकार

आउनुहोस साक्षी (अनुभवकर्ता) को बारेमा जानौ। के म साक्षीमा कुनै प्रकारको आकार, रूप, रंग, सामाग्री, पदार्थ आदि अनुभव गर्न सक्छु? यदि त्यसको कुनै रूप हुन्थ्यो भने मेरो आँखाले त्यसलाई देख्ने थियो। यदि कुनै चीजको रूप छ भने पनि त्यो रूप म होइन किनकि म कुनै अनुभव होइन।

साक्षी अहिले पनि छ तर खोज्ने हो भने त्यहा केही पनि भेटीदैन । साक्षी खाली छ शून्य छ । साक्षीको कुनै रंग, रूप, आकार, पदार्थ आदि छैन। तर त्यो अहिले छ र यही छ । के साक्षीको कुनै आयतन, ऊर्जा, अवस्था, विद्धुत, परमाणु आदि छ? साक्षीमा यी मध्ये कुनै पनि अनुभव गर्न सकिदैन।

परिणाम:म निराकार हूँ ।

परिवर्तन

जब कुनै परिवर्तन हुन्छ, हामी त्यसलाई देख्न सक्छौ तर नियम #२ मा हामीले थाहा पाइयोकी जे पनि परिवर्तन हुन्छ त्यो म होइन। जसमा परिवर्तन हुन्छ त्यो अनित्य हुन्छ र जसमा परिवर्तन हुदैन त्यो नित्य हुन्छ। म नै हु जून नित्य अनि अपरिवर्तनीय छ,बाकी सब परिवर्तनशील छ।

परिणाम:म अपरिवर्तनीय हूँ।

जन्म

मेरो जन्म कहिले भएको थियो?

जन्म सानो शरीरको निर्मण हो । यो एउटा शरीरको जन्म थियो र अब त्यो सानो शरीर कतै गयो। एक शरीरको जन्म भयो अनि भनियो की मेरो जन्म भयो वास्तव मा म त्यो शरीर होइन न म यो वयस्क शरीर नै हूँ। शरीर अंग,पदार्थ,आदिको संग्रह हो। म यो भन्न सक्दिन की मेरो जन्म भएको थियो तर पनि म छु।

जन्म परिवर्तन को एक प्रक्रिया मात्र हो,तर म अपरिवर्तनीय हूँ त्यसैले मेरो जन्म असंभव छ ।

कुनै पनि जन्म प्रमाण पत्र मलाई यो भन्न सक्दैनन की मेरो(साक्षिको) जन्म कहिले भएको थियो। साक्षीमा यस्तो केही छैन जसले कुनै रूप धारण गर्न सकोस । साक्षी त निराकार छ त्यसैले यसको जन्म हुन सक्दैन । जन्म केवल शरीर को हुन्छ, मेरो (साक्षीको)जन्म हुन सक्दैन।

त्यसैले मेरो (साक्षीको)जन्म असंभव छ।

परिणाम:म अजन्मा हूँ,म जन्महिन हूँ।

आयु र मृत्यु

के म बुढो भैरहेको छु?

यदि मेरो जन्म नै भएको छैन भने मेरो उमेर कसरी हुन सक्छ?

शरीर को उमेर बढ्नु परिवर्तन को एक प्रक्रिया हो तर म कहिल्यै परिवर्तन हुदैन। त्यसैले म कहिले बुढो हुदिन। साक्षिमा यस्तो केहि छैन जुन समयको साथ बुढो हुन्छ अथवा बिग्रदै जान्छ।

यदि केहि जन्मिएको छ भने के त्यो मर्नेछ ?

बोट बिरुवा,जीव आदि जन्म लिन्छन र मर्छन। माटो अन्त्यमा माटो मै मिल्छ। मनुष्य शरीर पनि जन्म लिई रहन्छन र मृत्यु भैरहन्छ।

वस्तुको निर्माण,संयोजन र बिघटन भैरहन्छ केहि पनि शेष बाँकी रहदैन। जसको जन्म हुन्छ त्यसको मृत्यु अवश्य हुन्छ। मृत्यु पनि एक रुपबाट अर्को रुपमा परिवर्तन मात्र हो।

यदि मेरो जन्म नै भएको छैन भने के मेरो मृत्यु सम्भव छ ?

मेरो जन्म कहिले भएन र मृत्यु पनि हुदैन। मृत्यु केवल एउटा घटना हो,जुन केवल एक रुपबाट अर्को रुपमा परिवर्तन मात्र हो।

परिणाम:म अविनाशी र अमर हुँ।

मुक्ति र पुनर्जन्म

यदि मेरो जन्म र मृत्यु हुदैन भने के मेरो पुनर्जन्म सम्भव छ?

न मेरो जन्म भयो न मेरो मृत्यु हुन्छ र न मेरो पुनर्जन्म नै हुनेछ। जो पटक पटक जन्म लिई रहन्छ त्यो म होइन।

परम्परागत रुपमा मुक्ति के हो ? यो एउटा मान्यता हो कि व्यक्तिलाई जन्म र मृत्युको चक्रबाट मुक्त हुनु आवश्यक छ। यहाँ र यही क्षण मेरो मुक्ति सम्भव छ। स्वतन्त्रता के हो ?

कुनै पनि किसिमको बन्धन नहुनु नै स्वतन्त्रता हो। यस्तो केहि छ जसले साक्षिलाई बाधेर राख्छ।

के मलाई खान खान,सुत्न,आराम आदि गर्न जरुरि छ? के मलाई कसैले जेलमा बन्द गर्न सक्छ?

यस तरिकाबाट जांच गर्नाले, म कुनै सिमा अथवा बन्धनमा छैन, म असिम छु।

परिणाम:म मुक्त,स्वतंत्र,असिम र अनन्त हुँ।

शांति र आनन्द

जव कुनै इच्छा छैन, कुनै विचार छैन, कुनै भावना छैन,केहि पनि गर्नु छैन भने के अब म शान्त छैन?के यस्तो केहि छ जो यस शान्तिलाई भंग गर्न सक्छ?यहा वास्तवमा केहि छैन पनि छैन। सुख र दुख दुवै को पूर्ण अभाव छ। यस अवस्थालाई परमानन्द भनिन्छ। यही मेरो वास्तविक स्वरूप हो।

परिणाम:म नित्य,शान्त र आनन्दमय हुँ। जुन कहिले मेटिदैन।

प्रेम

जुन प्रश्न तपाईले आफुलाई गर्नु भयो यदि त्यही प्रश्न मैले आफुलाई गरे भने के उत्तर आउछ होला “कि म के हुँ ?”

के तपाई र ममा मूल रुपमा कुनै अन्तर छ?

के बोतलमा भएको पानी गिलासको पानी भन्दा अलग छ?यदि बोतल र गिलासलाई फुटाउने हो भने के अब पानीलाई अलग गर्न सकिन्छ? जल नै सार हो। केवल पात्र भिन्न हो जल त एउटै हो। तपाई जे हो म पनि त्यही हुँ। तपाईमा र ममा कुनै अन्तर छैन। म अनुभवकर्ता हुँ र तपाई पनि त्यही हो।

कल्पना गर्नुहोस कि सागर दुई लहर,एक भन्छ म पानी हो र अर्को लहर पनि भन्छ कि म पनि पानी हुँ। के तिनीहरु समान हुन्? वा भिन्न हुन्? रुप अलग हो तर दुवै एक हुन्।

रुप भिन्न भिन्न हुन सक्छ,जो कि म होइन। अन्तिममा केवल सार मात्र बाँकि रहन्छ। जब कुनै रुप हुदैन त्यतिखेर म अनि तपाई एक हुन्छौ। म तपाई बन्छु अनि तपाई म बन्नु हुन्छ। के एक हुनु भन्दा अन्य कुनै राम्रो नाता हुन सक्छ?के यो भन्दा बढी निकटता हुन्छ ? जब दुइ एक हुन्छ त्यही प्रेम हो। यहाँ कुनै अलगाव छैन,हामी वास्तवमा एक साक्षि हौं।

त्यसो भए संक्षेपमा म हुँ;

  • अजन्मा
  • अमर
  • अविनाशी
  • निराकार
  • निरन्तर
  • खाली/शुन्य
  • शुद्ध
  • शाश्वत
  • स्वतंत्र/मुक्त
  • शान्ति
  • परमानन्द
  • प्रेम

यहि मेरो अस्तित्व हो;यही म हुँ।

यही आत्म साक्षत्कर वा आत्मज्ञान हो।

दिवस २: माया को ज्ञान

हामी फेरी ति २ साधन, अपरोक्ष अनुभव र तर्क को प्रयोग गरेर हेर्ने छौ कि जे पनि अनुभवमा आउछ त्यो सबै मिथ्या हो। अथवा यो पनि भन्न सकिन्छ कि सबै अनुभव असत्य हुन्।

अपरोक्ष अनुभव

अब क्रम संग एक पछि अर्को प्रश्न गर्दै जानुहोस।

म अहिले कहाँ छु ? वा मेरो शरीर अहिले कहाँ छ ?

मेरो अगाडी के छ?त्यसको नाम के हो ?

अब केवल यो एक वस्तु मा ध्यान केन्द्रित गर्नुहोस। के म यो वस्तुलाई देखिरहेको छु अथवा के यो वस्तु को अपरोक्ष अनुभव गरिरहेको छु? म केवल त्यी जानीरहेको छु जुन संकेत त्यस वस्तु को बारेमा मेरो आँखा को माध्यम बाट आइरहेको छ। तपाई यसलाई राम्रो संग जान्न सक्नु हुन्छ कि म केवल तिनै संकेत को अनुभव गरिरहेको छु जुन संकेत मेरो आँखाको माध्यम बाट आइरहेको छ।

यसमा कुनै शंका त छैन ?

उदाहरण को लागि कल्पना गर्नुहोस कि तपाई को अगाडी एउटा रातो टमाटर छ। कसैले तपाईलाई सोध्यो कि यो टमाटर को रंग कस्तो छ ?सायद तपाई भन्नु हुन्छ कि तो रातो रंग को छ। यदि त्यस टमाटर मा निलो रंग लो प्रकाश पर्ने हो भने अब त्यसको रंग कस्तो हुन्छ ?

अब त्यो कालो रंग को प्रतित हुन्छ। टमाटर किन रातो थियो भने त्यसले सुर्यको प्रकाश बाट आइरहेको सबै रंग लाई सोख्यो र केवल रातो रंग लाई प्रतिबिम्वित गर्यो। जब त्यसमा निलो रंग पर्यो ,अनि त्यसले सबै रंग सोख्यो र कालो रंग प्रतित भयो। ल अब भन्नुहोस टमाटर को असली रंग कुन हो ?

कतिले भन्नुहुनेछ कि जुन रंग सुर्यको प्रकाशमा देखिएको थियो त्यही असली हो र कतिले भन्नुहुनेछ कि असली रंग त्यो हो जुन सुन्तला रंग को प्रकाशमा देखिन्छ न कि सुर्य को प्रकाश र निलो रंग को प्रकाश मा देखिन्छ। यसरि अलग अलग व्याक्तिहरु भिन्न भिन्न रंग को प्रकाशमा टमाटर देख्छन भने अब टमाटर को असली रंग के होला ?

असली मा त्यहा कुनै पनि रंग वास्तविक होइन। यो केवल मनमानी कल्पना मात्र हो। अधिक मानिस हरुले भन्ने छन् कि टमाटर को असली रंग रातो नै हो ,तर यदि सुर्य को प्रकाश सेतो नभएर निलो भइदिने हो भने टमाटर को असली रंग कालो हुन्छ,र त्यसलाई नै सत्य मानिने छ।

हामी त्यही रुप,आकार,र रंग को अनुभव गर्न सक्छौ जुन हाम्रा इन्द्रियहरुले हामीलाई संकेत दिन्छन। जो वास्तविक हो त्यसलाई कसैले पनि जान्न सक्दैन। यसबाट यो स्पष्ट बुझ्न सकिन्छ कि असली मा कुनै पनि रंग वास्तविक होइनन। यो मनमानी कल्पना मात्र हो।

यदि कसैको आँखामा दोष छ जसले गर्दा उसले जे पनि दुइ वटा देख्छ र उसले भन्छ यहा एउटा होइन दुइ वटा टमाटर छन्। के वास्तवमा त्यहा दुइ वटा टमाटर छन् ?

यदि यस्तो समस्या सबैलाई हुने हो भने सबैले कति वटा टमाटर देखिने छन् ? उत्तर - दुइ।

त्यसैले सत्य केवल एक सहमति वा सम्झौता मात्र हो।

कति व्यातिहरु ट्राफिक बत्तिको रंग देख्न सक्दैनन्। एउटा जन्मजात आँखा नदेख्ने व्यक्तिको लागि चन्द्रमा र तारा को कुनै अस्तित्व छैन। सारा जगत केवल इन्द्रिय हरुको कारणले प्रतित हुन्छ। अलग अलग जीव मा भिन्न भिन्न इन्द्रिय हरु हुन्छन। कुनै कुनै जीव मा मनुष्य को भन्दा पनि बिकशित इन्द्रिय हरु हुन्छन।

कल्पना गर्नुहोस कि तपाइको स्पर्श को इन्द्रिय मा पनि दोष छ। त्यस कारण ले गर्दा तपाई जे पनि छुनु हुन्छ त्यो एक नभएर दुइ प्रतित हुन्छ। अब भने तपाइलाई कुनै शंका हुन्दैन कि त्यहा दुई वटा टमाटर छन्।

टमाटर को भ्रम इन्द्रिय द्वारा बनाइएको हो। इन्द्रिय को मध्यम द्वारा थाहा हुन्छ कि जगत मस के छ,तर वास्तव मा जगतमा के छ कसैले पनि जान्न सक्दैन।

ज्वरो आएको बेला सबै खानेकुरा स्वादहिन प्रतित हुन्छ। वास्तव मा खाना मा कुनै स्वाद हुदैन। यो त जिब्रो हो जसले गर्दा हामीलाई स्वादको आभाष हुन्छ। वास्तव मा कुनै पनि वस्तुमा स्वाद हुदैन।

अझै अर्को उदाहरण बाट यसलाई बुझ्ने कोसिस गरौ। मानौ, तीनवटा कपमा क्रमश:तातो पानी,साधारण पानी,र चिसो पानी राखिएको छ।

अब तपाई आफ्नो हातलाई तातो पानी मा एकछिन राखेर तुरुन्त साधारण पानी को कप मा राख्नु हुन्छ भने त्यो साधारण पनि चिसो अनुभव हुन्छ। त्यसैगरी चिसो पानी मा हातलाई राखेर पुन:साधारण पानीमा राख्नु हुन्छ भने त्यो तातो प्रतित हुन्छ। ल अब भन्नुहोस बीच को कप को पानी तातो छ अथवा चिसो छ ?

एक कप को तुलनामा पानी चिसो छ र अर्को कपको तुलना मा पनि तातो छ।

अर्को एउटा उदाहरण हेरौ।

यदि तपाइले कुनै भिखारी लाई बासी रोटि को टुक्रा दिनुभयो भने उसलाई कस्तो लाग्छ होला ?र यदि तपाइले उसलाई दश रुपैया दिनु हुन्छ भने उसले अब खुशी मान्नेछ। तर अब त्यही रोटि को टुक्रा र दश रुपैया कुनै धनि व्याक्ति लाई दिनुभयो भने उसलाई कस्तो लाग्ला ?ऊ अपमानित र क्रोधित हुनेछ। यो कसरि सम्भव छ कि एउटै वस्तु एक व्याक्तिलाई खुशी दिन्छ र त्यही अर्कालाई दुख ?यो पूर्णतया व्याक्तिनिष्ठ हुन्छ। त्यहा सुख अथवा दुख छैनन् ,यदि छन् भने पनि कसैमा निर्भर हुदैनन्। दुवै भ्रम अथवा मिथ्या हुन।

यो हाम्रो अपरोक्ष अनुभव हो। अब तर्क तर्फ दृष्टि लैजाऊ।

तर्क

यदि मैले मेरो नाम विजय भन्छु र प्रत्येक दिन म मेरो नाम त्यही भन्छु अब मेरो नाम के होला ?

तर एक दिन म मेरो नाम राजीव भन्छु अर्को दिन अशोक अर्को दिन गणेश यसरि म मेरो नाम प्रत्येक दिन बदल्छु भने मेरो नाम के होला ?अब यो भन्न सकिन्छ कि मेरो कुनै सही नाम छैन किनकी यो परिवर्तन भईरहेको छ। तपाई देख्न सक्नु हुन्छ कि सबै नाम असत्य हुन्।

तपाई केहि खरिद गर्न चाहनु हुन्छ। पसलको साहुले कुनै चिज को मूल्य एक दिन रु ५० भन्छ दोस्रो दिन रु ७० भन्छ तेस्रो दिन रु ३०। हरेक दिन मूल्य परिवर्तन गरिरहन्छ। त्यसोभए त्यस चिज को सही मूल्य के होला ? त्यसको कुनै वास्तविक मूल्य छैन किनकी त्यो परिवर्तन भईरहेको छ।

यदि मलाई कुनै सम्पति खरिद गर्नु छ र कसैले मलाई त्यसको कुनै विवरण दिन्छ ,तर जब म त्यस सम्पति सम्बधि कागज पत्र हेर्छु तब म देख्छु कि अघिको विवरण संग कुनै मेल खादैन। के म अब त्यो सम्पति खरिद गर्छु? गर्दैन,किनकि जानकारी फरक पर्न गयो।

मैले एक असल मानिस लाई भेट्छु। तर केहि महिना पछि मलाई थाहा हुन्छ कि त्यो मानिस झुठ बोल्छ,हेरफेर गर्छ,गलत काम गर्छ,अब मलाई उस माथि कुनै बिश्वास हुँदैन। हामी भन्छौ कि ऊ विश्वाशिलो छैन। के अब म उसलाई विश्वास गर्छु ? गर्दैन,किनकी ऊ बदली रहन्छ।

एउटा सामान्य तरिका ,सत्य असत्य के हो जान्नको लागि हामी यो हेर्छौ कि त्यो परिवर्तन भईरहेको छ कि छैन।

जब म समुन्द्रलाई देख्छु,तब म लहर पनि देख्छु। तर के म समुन्द्र लाई छोडेर केवल लहरलाई आफ्नो साथमा लैजान सक्छु ?परिवर्तन के को भैरहेको छ पानी मा ?वा लहर मा ? उत्तर -लहर। किनकि लहर को आफ्नो कुनै स्वतंत्र अस्तित्व छैन,त्यसैले त्यो सत्य होइन। त्यो पानी द्वारा बनेको एउटा आकार हो। एक धारणा मात्र हो। हामी पानी को आकृति लाई नै लहर भन्छौ। तर केवल आकार परिवर्तन भैरहन्छ,पानी होइन।

अर्को उदाहरण हेरौ ,माटो र घैटो को। के म माटोलाई छोडेर केवल घैटो लाई साथमा लिएर जान सक्छु ?यहा के परिवर्तन भैरहेको छ,आकार या माटो ?त्यही माटो अन्य कयौ रुप लिन सक्छ -घैटो,दियो,मुर्ति,ईट आदि तर माटोमा कुनै परिवर्तन हुँदैन। अर्को एउटा उदाहरण हेरौ। सुन र आभूषण को।

आभूषण को आकार परिवर्तन भईरहन्छ। तर सुन उस्तै हुन्छ। विना सुन आभूषण को कुनै अस्तित्व छैन। आकार बदलिरहन्छ तत्व उस्तै हुन्छ,तत्व कहिल्यै बदलिदैन।

ज्ञान मार्ग मा हामी भन्छौ जो परिवर्तन भईरहेको छ,त्यो छैन। त्यो मिथ्या हो। एक विचार मात्र हो। केवल तत्व अपरिवर्तनीय छ। त्यसैलाई सत्य मान्न सकिन्छ।

अब हामी हाम्रा विभिन्न अनुभव लाई हेरौ। के तपाई को अनुभव मा यस्तो केहि छ ,जसमा कुनै परिवर्तन हुँदैन।

सबै अनुभव मा परिवर्तन भईरहेको छ, त्यसैले सबै अनुभव असत्य हुन्। मिथ्या हुन्। केहि पनि सत्य छैन किनकी सबै परिवर्तनशील छ,त्यसैले सबै असत्य हो। केवल एक चिज छ जसमा कहिल्यै परिवर्तन हुँदैन र त्यो तपाई हो।

इन्द्रिय हरुको माध्यमबाट अनुभव त अवश्य हुन्छ तर हामी यो जान्न सक्दैनौ कि त्यसको तत्व के हो। हामी कुनै दृश्य लै वास्तविक मान्छौ किनकि सबैलाई एउटै दृश्य देखिन्छ। यदि कसैलाई हामीलाई भन्दा भिन्न केहि देखियो भने हामी भन्छौ उसमा कुनै दोष छ,हामीमा होइन।

चित्रकारले कुनै चित्र बनाउछ। त्यस चित्र मार्फत उसले धरै कुरा दर्शाउछ । तर एक ग्रामीण गाउँको केही थाहा नभएको व्यक्तिले त्यसमा केवल रङहरु बाहेक अरु केहि पनि बुझ्न सक्दैन। त्यसोभए चित्र सुन्दर छ कि कुरुप? सबै मानसिक धारणा हो। यो यसमा निर्भर हुन्छ कि कसले चित्र हेरिरहेको छ। सुन्दरता पनि एक भ्रम होकिनकि सबैको सहमति हुँदैन। त्यसैले यो भन्न सकिँदैन कि त्यो सुन्दर चित्र हो की कुरूप ।

नश्वरता

आउनुहोस् टमटर को अर्को उदाहरण हेरौँ। यदि हामीले एउटा टमाटरलाई लिएर त्यसलाई पाँच दिनको लागि टेबलमाथि राखिदियौ भने के होला? त्यो चारदेखि पाँच दिनमा सड़छ । त्यसको केही भाग पानी हुन्छ अनि केही भाग माटो हुन्छ र पूरै गायब हुन्छ।

यहाँ हामी सबै कुरालाई जस्ताको त्यस्तै छेडेर मतलब इन्द्रियहरू लाई जुन अवस्थामा छन् त्यही अवस्थामा छोडेर ,जगतको नियम जस्तो छ त्यस्तै छाडेर, यहाँसम्मकी मन र बुद्धि पनि जस्तो छ त्यस्तै छाडेर केवल कल्पना गरौँ र समयको गतिलाई तेज गरिदिउँ। जसरी हामी कुनै चलचित्रलाई छिटो-छिटो अगाडि बढाउँछौं त्यसै तरिकाले हामी समयको गतिलाई अगाडि बढेको कल्पना गरौं। अब मान्नुहोस्, समयको गति यति छिटो भएको छ कि त्यो टमाटर ५ दिनको बदलामा केवल पाँच घण्टामा सड़छ र त्यो रहँदैन। अब टमाटर को बारेमा तपाईंको सोच के छ के यो वास्तविक हो?

अब हामी समयको गतिलाई अझै बढाऊ र अब टमाटर ५ सेकेन्डमा सड़छ। तपाई टमाटरलाई काट्नको लागि टेबलमाथि राख्नुहुन्छ र चक्कु उठाउनु हुन्छ,अनि ५ सेकेन्डमा त्यो गायब हुन्छ । अब तपाई टमाटरको बारेमा के सोच्नु हुन्छ? तपाईं सोच्न सक्नुहुन्छ सायद तपाई सपना देख्दै हुनुहुन्छ। तपाईलाई शंका लाग्न सक्छ कि तपाईंसँग वास्तविकमा टमटर थियो वा थिएन ।

अब समयलाई अझ तेज गरिदिउ र अब टमाटर एक पलमा गायब हुन्छ। अब के कुनै टमाटर छ?

तपाई समयको गतिलाई यति छिटो गर्न सक्नुहुन्छ कि टमाटर मा हुने परिवर्तन न आँखाले देख्न सकोस् न बुद्धि ले नै बुझ्न सकोस् तपाईंले टमाटर देख्नु भन्दा पहिले नै त्यो गायब हुन्छ। के त्यो हुनुमा कुनै सत्य छ? के त्यो उपयोगी हुन्छ?

समयको गतिलाई बढाएर हामी यो जान्न सक्छौं जुन वस्तु वास्तविक र उपयोगी लाग्छ त्यो पूरै नक्कली र निरर्थक छ। यदि समय बहुत तेज गतिले बढ़ने हो भने त्यहाँ केही पनि छैन। यो केवल एउटा परिवर्तन हो। के यो विचारमा तपाई सहमत हुनु हुन्न?

वस्तुहरूको स्मृति र तिनमा ढिलो गतिमा हुने परिवर्तनको कारणले गर्दा हामीलाई वस्तुहरु पनि स्थायी र वास्तविक लाग्छन्। टमाटरको परिवर्तन काल मा, (उदाहरणको लागि पाँचदिनसम्म) त्यो हाम्रो स्मृतिमा हुन्छ। केवल उत्तरजीविता को लागि यो उपयोगी हुन्छ त्यसैले यो वास्तविक लाग्छ।

सबै यस्तै छ जब हामी समयको गति बढाउँछ तब हामीलाई यो सब सपना जस्तो लाग्छ। एक सपना तेज गतिले अगाडि बढ्छ रजसको कुनै अर्थ पनि हुँदैन। हामी भन्न सक्छौं के सपना सबै असत्य झुठो र अर्थहीन थियो।

स्मृति

केहि मानिसहरु भन्न सक्छन कि, सबै घटनाहरु र चीजहरुमा परिर्वतन छ , तिनीहरु वास्तविक हुन, किनकी वस्तु र तिनमा हुने परिवर्तन हाम्रो स्मृतीमा संग्रहित छ ।

यदि तपाईको स्मृतिमा टमाटर छ, भने के तपाई यसलाई अहिले खान सक्नु हुन्छ ? यदि खान सक्नु हुन्न भने के त्यो वास्तविक हो ?

स्मृतिमा जे पनि संग्रहित छ केवल छाया मात्रहो। तपाईको स्मृतिमा केहि पनि वास्तविक छैन. तपाईको पुरै जिवन एउटा छाया हो । उसमा कुनै व्यक्ति छैन, कुनै जिवन छैन । सम्पूर्ण जिवन पूरै अवास्तविक हो, मिथ्या हो ।

तपाई भन्न सक्नुहुन्छ कि तपाई चिकित्सक वा अभियान्ता वा बौज्ञानिक वा लेखक आदी हो, कसैको छोरा अथवा पति हो, तपाईले जिवनमा धेरै काम गर्नु भएको छ । तपाई एक महान्देश र श्रेष्ठ जातिको हुनुहुन्छ। यो सबै स्मृतिमा संग्रहित छ, जो केवल छाया मात्र हो ।

स्मृति वास्तविक होइन ।स्मृतिमा संग्रहित केही पनि वास्तविक होइन , तर स्मृति उत्तरजिविताको लागी उपयोगी छ ।यदि तपाई जिवित रहनको लागि यसको आवश्कता छैन भने यसलाई त्याग्न सक्नुहुन्छ। तपाईले यो बुझ्नु भयो होला कि तपाई (साझी) लाई उत्तरजिविता को आवश्कता छैन,तर यो शरीरलाई आवश्यकता छ । तर शरीर तपाई होइन्।

तपाईलाई स्मृतिको कुनै आवश्यकता छैन । तपाइलाइ जगतको पनि आवश्यक छैन । तपाइले जगतलाइ वास्तविक मान्नु हुन्छ किनकि तपाई स्मृतिलाई त्याग्न सक्नुहुन्न् ।

हाम्रो जिवन स्मृति द्धारा बुनिएको छ एउटा मायाजाल हो र हामीहरु यसलाई सत्य मानेर आफ्नो पूरा जिविन अज्ञान मा नै व्यतीत गर्छौ ।

जब हामी साक्षी भावमा हुन्छौ तब हामी सत्य जिवन जिउछौ । यही ज्ञान हो । साक्षी भावमा रहेर हामी सहि झूठको बिचमा अन्तर गर्न सक्छौ ।

यहि मिथ्याको ज्ञान हो, यही मायाको ज्ञान हो ।

साक्षी बाहेक सबै माया हो ।

दिवस ३: ब्रह्मज्ञान

यहाँ हामी अन्वेषण गर्ने छौ

  • सबै एक कसरी ?
  • कसरी त्यहाँ दुई छैन ?
  • अस्तित्व कसरी अद्वैत ?

अस्तित्व

पहिले हामी अस्तित्व को ब्याख्या गरौ। जे छ अस्तित्व नै छ। यहाँ के छ त ? जहाँ गए पनि जे देखे पनि , त्यहाँ केवल अनुभव र अनुभवकार्ता । यी दुवै सधै साथ हुन्छन्। यी दुवै मौलिक हुन् र दुवै अस्तित्व हुन। हामी देख्छौ कि यी दुवै एक हुन् र हामी यसलाई अस्तित्व भन्छौ ।

के तपाईले अनुभव र अनुभवकर्ता बाहेक अरु केहि देख्नुभएको छ? तपाईले अस्तित्वमा केहि छ भन्ने बित्तिकै, तपाइलाई त्यसको अनुभव हुनु पर्छ। त्यसको प्रमाण चाहिन्छ तपाइलाई र त्यसको प्रमाण सधै अनुभव रहनेछ। हैन, तपाई भन्नुहुन्छ कि त्यसको अनुभव हुन सकिंन, भनेपछि त्यो अनुभवकर्ता भयॊ। यो सदा यस्तै रहनेछ। तसर्थ अनिवार्य रुपमा अनुभव माया हो र अनुभवकर्ता सत्य हो वा सार हो।

यदि अस्तित्व अनुभव हो र अनुभवकर्ता हो भने, अस्तित्वको सार के हो त ? यथार्थ मा अस्तित्व के हो त ? अनुभव र अनिभवकर्ता हो अस्तित्व। र अनुभवकर्ता स्वतः म हु। त्यसैले अस्तित्व को सार म नै हु।

म यो सारा अस्तित्व हु।

यसमा केहि शंका छ ?

संगै संगै

यस बिषयलाई हामी फेरि हेरौ र प्रमाड को अन्वेसना गरौ।

के तपाईले कहिले अनुभवकर्ता बिना को अनुभव देख्नु भएको छ ?

यी दुवै सधै साथ हुन्छन्। किन त? केहि चिज सधै साथमा भएको अवस्थालाई हामी एक भएको भनि भन्छौ। जस्तै माटोको भाडा माटोबाट बन्चित छैन, सुन गहनबाट बन्चित छै, त्यस्तै लहर पनीबाट बन्चित छैन। सुनमा परिवर्तनशिल गहना हो , माटोमा परिवर्तनशिल भाडा हो , पानीमा परिवर्तनशिल लहर हो।

अनिभव र अनुभव कर्तामा परिवर्तनशिल अनुभव हो भने अपरिवर्तनशील अनुभवकर्ता हो र यी दुई एक हुन्। त्यसैले हरेक बस्तु को आकार म द्वारा लिएको हो। त्यसैले म बिना कुनै आकार देखिन सकिन्न। मनले अनुभव र अनुभवकर्तालाई विभाजित गर्दछ। किन्तु मननै एक अनुभव हो। त्यसकारण यो माया हो र माया ले भन्छ यी दुई हुन।

बिभाजन

अब हामी दुई हुनु को प्रमाण खोजौ। के अनुभव र अनुभवकर्तामा बिभाजन छ? अब हामी आफ्नो प्रत्यक्ष्य अनुभवमा जाऊ।

तल दिएका प्रश्नहरुलाई क्रमबध्ह रुपमा आफुलाई सोध्नु होल।

तपाई कहाँ हुनुहुन्छ?

तपाई को अगाडी के छ ?

त्यो बस्तु अनुभवकर्ताबाट कति टाढा छ ?

कुनै नाप लिने बस्तु ले नाप लिनु होला। यसको दुरी शरीरबाट हुन हुन्न , दुरी अनुभवकर्ताबाट हुनु पर्छ। मन ले भन्छ कि बस्तु बाहिर छ। मनले भन्छ कि शरीर मा हु , मन ले सदा यहि भन्छ। मनले कहिलै यो भन्दैन के शरीर म होइन। अनुभवकर्ता जहाँ छ अनुभव त्यहि छ। यी दुवै यहाँ र अहिले छन्। बाकी अरु सब मनक कुरा हुन्। जब तपाई जाह हुनुहुन्छ, बस्तु त्यहि छ भने सारा संसार त्यहाँ छ जहाँ तपाई हुनुहुन्छ। माया को उत्पति इन्द्रिय द्वारा भएको हो , त्यहाँ बाहिर केहि छैन। जे इन्द्रिय ले भन्छ त्यो सबै मानसिक स्तिथि हुन्। तपाइको अनुभव मैले देख्दिन र मेरो अनुभव तपाइले देख्नुहुन्न। त्यसो भए सबै मेरै भित्र छ, यो कविता जस्तै सुनिन्छ। केहि मबाट भिभाजित छैन। सबै मेरै भित्र छन्। म सारा अस्तित्व हु र सारा मेरै भित्र छ। यो हाम्रो प्रत्यक्ष्य अनुभव हो।

अर्को एउटा उधाहरण लिऊ।

के अनुभव पहिला हुन्छ अनि अनिभवकर्ता पछि आउछ?

के अनुभवकर्ता पहिला आउछ अनि अनुभव पछि आउछ?

अनुभव र अनुभवकर्ता दुवै ठाउँ र समयमा सगै हुन्छन्। यिनीहरुमा कुनै भिभाजन छैन। यी दुईको अवधारणा बिभाजित लाग्दछ तर यसको बिभाजन हुन सक्दैन। अनुभव परिवर्तनशिल छ , तर बिभाजित छैन। लहर परिवर्तनशिल छ तर के पानीबाट विभाजित छ ? माटो परिवर्तन हुन्छ तर के भाडा र माटो मा बिभाजन छ? बिभाजन मन ले गर्छ र भन्छ त्यहाँ दुईटा छ।

सिमा

सबै चिज कहाँ छ त ? यो पत्ता लगाउने अर्को उपाय छ।

बस्तु र म बिचको सिमा के छ?

केहि गरि बस्तु बाहिर छ भने त्यसको सिमा कहाँ सम्म छ र अनुभव कर्ता को सिमा कहाँबाट सुरु हुन्छ, अनि अनुभव कहाँ समाप्त हुन्छ? अनुभवकर्ता कहाँ समाप्त हुन्छ र अनुभव कहाँ सुरु हुन्छ ? सामजिक आस्था को कारण हामी बस्तुहरु शरीर को बाहिर देख्छौ तर शरीर कहाँ छ त? भन्नुहोला कि शरीर मन बाहिर छ। तर फेरि मन कहाँ छ त ? कोहि के भन्ला मन मबाट भाहिर छ। मन म होइन। त्यसो भए म र मन को सिमा कहाँ छ त ? वस्तु तपाईले भन्नु होला कि मबाट बाहिर छ तर विचार नि ?

बास्तवमा सिमा नै छैन। अज्ञानको कारण यस्तो प्रतित हुन्छ , भ्रम हुन्छ।अनुभव र अनुभवकर्ता एक अवस्थाको दुई पाटो हुन, र म त्यो हु सारा अस्तित्व।

यी सबै मानिस को हुन् त ? तिनीहरुले पनि यहि भानुहोला ? त्यसो भए अनेक अनुभव र अनुभवकर्ता हुनु आवश्यक छ ? त्यो हुन सक्दैन। केवल एक अनुभवकर्ता छ जसले अनन्त अनुभव द्वारा अनुभव गर्दै गरेको अवस्था छ। अनुभवकर्ता कुन चिजले बनेको छ ? शुन्य , खाली। अस्तित्व कुन चीजले बनेको छ त ? खाली, शुन्यले। त्यहाँ केहि छैन तर हामीले अनुभव र अनुभवकर्ता सदा देखछौ। अस्तित्व शुन्य हो , जस्ते आफुले आफुलाई विभिन्न वस्तु द्वारा आफुलाई जानी लहेको छ। यो ज्ञान एकताको ज्ञान ह। अद्वैत।

अद्वैत

व्यक्तिलाई एकता को अनुभव कसरी हुन्छ ?

एकता अनुभव होइन। किनकि अनुभव हुने बित्तिकै अनुभव कर्ता त्यहाँ हुन्छ। केवल हुनु हो। जे छ त्यो हुनु नै एक हुनु हो। तपाई त्यहि हुनुहुन्छ अहिल। मनले भिभाजन गर्दछ किन्तु फेरि मनकै प्रयोग गरि हामीले बिभाजनको समाप्त गर्न सक्छौ। मनको प्रकृति नै बिभाजन गर्नु हो र बुद्धि द्वारा हामीले हेर्न सक्छौ कि यी दुई एक हुन। यस कारण हामी भन्छौ यी दुइटा होइनन। हामी भन्छौ अद्वैत। त्यसैले हामी भन्छौ अनुभव गरिरहेको अवस्था। केवल अनुभव गरिरहेको। तपाइको वर्तमान अनुभव गरिरहेको अवस्था हो । यो हो अद्वैत अवस्थ। केवल यहि एक अवस्था सम्भव छ। यो अस्तित्व को अवस्था हो ।

के यो अनुभव भैरहेको अवस्थाबाट असंगलित हुन सम्भव छ? केवल बस्नुस र ध्यान संग आफ्नो शरीर , विचार, इत्च्या र म छु भन्ने भावलाई असंगलित भएर हेर्नुस, अनि सबैलाई आफ्नो ध्यान मा ल्याउनुस। तपाईले देख्नु हुनेछ कि यो सबै अनुभव हो। यो हो समाधि। हामीहरु सधैँ समाधिमानै छौ तर मानसिक गतिबिधिले यसलाई ढाक्छ। सब कुरालाई हामी जागृत अवस्थाको पछाडी राख्छौ तर हामीले नियालेर हॆर्यौउ भने हामीले सबै शुन्य पाउछौ। त्यहाँ म छैन। यहि हो शुन्यता , एक हुनु, अस्तित्व हुनु। सबै सपना जस्तै प्रतित छ अस्तित्व को सम्मुन्य।तपाईलाई समाधिमा स्तिथ हुनुछ भने यहि तपाइको अगाडी छ।

तपाई एक अद्वैत अस्तित्व हो, जो अनुभव गरिरहेको छ यो माया को सपना मा।

खोजि को अन्त्य , अध्यात्म को अन्त्य , घ्यान को अन्त्य।

अन्य संकरण

मानव अनुवाद यी भाषाहरु मआ उपलब्ध छन्:

  1. अंग्रेजी
  1. मराठी
  2. गुजराती
  3. हिन्दी
  4. फ़ारसी
  5. जर्मन
  6. मैथिली

अडियो संस्करण अंग्रजीमा

  1. भाग # १
  2. भाग # २
  3. भाग # ३

अडियो संस्करण हिन्दिमा

  1. भाग #१
  2. भाग #२
  3. भाग #३
  1. भाग # १ युटीउबमा
  2. भाग # २ युटीउबमा
  3. भाग # ३ युटीउबमा

सहयोग

यधपी बहुमत अनुसार सधखारुले ज्ञानक प्राप्ति पछि सुख, हल्कापन, आनन्द र सकारात्मक भएको अनुभव गरेका छन् तर कोहि साधकहरुलाई सहयोगको आवश्यकता चाहिन सक्दछ।

यसका केहि गुण अभिव्यक्त हुन सक्दछ। चरम भावनाहरु प्रकट हुन सक्छन्। रुन मन लग्नु वा असंग्लानता अनुभव हुन सक्छ। यी सबै केहि दिनमा जान्छन्। यस्ता सधखारुले एक पटक स्वाथ जाच गर्नु पर्दछ त्यसपछि समर्पित भावमा रहनु पर्दछ। गुरुको सम्पर्कमा निरन्तर रहनु आवस्यक छ।